IMG-LOGO

बौद्धिक वर्गले खेल्नुपर्ने भुमिका

 मंगल, बैशाख १३, २०७९  पवन गौतम

      नेपालमा बौद्धिक समूदाय धेरै छन् तर देश , समाजप्रतिको दायित्व र चिन्तनमा धेरै कमी छ । जसले समाज र राष्ट्रका हरेक क्षेत्रमा चिन्तन मनन गर्छ। देशका हरेक क्षेत्रमा देखिएको विकृति र विसंगतिको बारेमा आफ्नो व्यक्तिगत जीवन भन्दा माथि उठेर समाज र राष्ट्रका लागि मैले केही गर्नुपर्छ र मैले केही दिनुपर्छ भन्ने सोच राख्ने , अग्रता देखाउने व्यक्तिहरु नै बौद्धिक वर्ग भन्न सकिन्छ । ती चाहे जुनसुकै पेशामा आवद्ध समूदायहरु किन नहुन् जसले मूलुक र मूलुकबासीप्रति सदा अग्रसरता र मूलुक बासीहरुको हित प्रति कटिपद्धता हुन पर्दछ । तर , हाम्रो देशमा वौद्धिक समुदायहरुको भूमिका न्यून छ र वौद्धिक समुदायहरुले देश र समाजप्रति बफादारी देखिदैन केवल आफ्नो व्यक्तिगत लाभका लागि मात्रै लागि परेको देखिन्छ । नेपालमा बौद्धिक वर्गहरु विशेषत व्याचलर देखि पि एच डि गरेका व्यक्तिहरुलाई भन्ने गरेको पाइन्छ । मलाई लाग्छ त्यो भनाई गलत छ , कसैले पिएचडि गरेको हुनसक्छ र उसले नितान्त व्यक्तिगत पेशामा मात्र सिमित छ भने त्यो समाज भन्दा माथि उठ्न सकेको हुँदैन त्यसैले  त्यसलाई बुद्धिजीवी हो भन्ने ठम्याई गलत छ । आज हाम्रो देशमा धेरै ड्राक्टर , इन्जिनियर अर्थविद , शिक्षाविद आदि इत्यादि थुप्रै छन् तर देश प्रति लगाम भन्ने शून्य छ, किनभने मेडिकल डाक्टरहरु सरकारी पेशामा आवद्ध हुादा पनि प्राइभेट क्लीनिक खोलेर पैशा कमाउनेधन्दामा छन् र आफ्नो व्यक्तिगत स्वार्थमा मात्रमा सिमित छन् ।       इन्जीनयहरु पनि सरकारी पेशामा आवद्ध हुँदा पनि प्राइभेट कन्सल्टेन्सी गरेर वसेका छन् , शिक्षाविद्ध नेपालको सरकारी क्याम्पस र स्कूलमा पढाउँदा पनि बोडिङ्ग स्कूल कलेज खोलेर व्यक्तिगत काम सिमित छन् भने अर्थविद्धहरु विदेशी कन्सलटेन्सीमा सिमित छन् , ती सबै वर्गहरु केवल आफ्नोवृद्धि र विवेकलाई व्यपारमा परिणत गरेका अ छन् । त्यसैले बोद्धिक जगत भनेको समग्र ति समाज प्रतिको पात्र हो तर हाम्रो देशमा जे ब जति बौदिक वर्गहरु छन् उनीहरु आफ्नो प्र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेका छैनन् । ह नेपालको फेरियस्त हेर्दा विगत देखि हाल सम्म अध्ययनको सिल्सिलामा विशष्ट श्रेणीमा उत्तीर्ण छ हुनेहरुले प्रायः डक्टर, पाइलट, इन्जीजियर, भन्दा अरु रोजेको पाइएको छैन । तर विशिष्ट दे श्रेणीमा उत्तिर्ण हुने विद्यार्थीहरु किन प्रशासन, राजनीतिज्ञ, पत्रकार र वकिल बन्न चाहदैनन् र । वास्तवमा देश चलाउने यी पेशामा किन अगाल्न चाहदैनन् । यो ठूलो दुभाग्य भन्नुपर्दछ । भने अर्कोतर्फ नेपालका बुद्धिजीवीहरु नितान्त आफ्नो व्यक्तिगत स्वार्थमा मात्र किन सिमित छन् त ? समाजको अध्ययन गर्न नसक्ने समाजमा घटेको घटनाहरुको ज्ञान नहुने, राष्ट्रको बारेमा चिन्तीत नहुन, यो सबै प्रत्यूत्पादक शैक्षिक प्रणालीको असर हो । विशेष गरेर तेस्रो विश्वका गरिब मुलुकका मान्छेहरु सामाजिक विभेद र गरीवी लगायत समस्याले र गर्दा शिक्षाको अवसरमा अधिकांस जनताहरु बञ्चित छन् ।       तर, जो वर्गहरुले उच्च शिक्षा हासिल गरे ती वर्गहरु उच्च घरानियाले मात्र पाए र तिनीहरु कहिले पनि दुःख कष्ठ र अभाव भोगेका छैनन् त्यस्तो परिवेशमा हुर्केर आएका वौद्धिक वर्गहरुमा देश समाज प् ति भन्दा आफ्नो व्यक्तिगत जीवनशैलीको बढी मोह जागेकाले सत्य तथ्य र जनता प्रति जिम्मेवारमा कमी भएको हो । नेपालको हाल देखिएको वौद्धिक वर्गहरुको ठूलो संजाल एन.जि.ओ. र आइ.एन.जि.ओ. ले कब्जा गरेको छ । नेपाल सरकारको तलब भन्दा पनि धेरै तलब र सुविधाहरु दिएको छ । त्यो वर्गले पनि देश र जनताको निम्ति सोच्न र काम गर्न सक्दैन , त्यहाँ विदेशीहरुले बनाएका योजना र कामहरु सेट भएका हुन्छन् । त्यहाँ ५ ÷ १० वर्षे कामको योजना नीति बनाएको हुन्छ । त्यो क्षेत्रमा काम गर्ने वौद्धिक वर्गहरुले हाम्रो देशको एजेण्डालाई भन्दा पनि विदेशीहरु कै एजेण्डा तथा कार्यहरुलाई नै कार्यान्वयन गर्न गइरहेका छन् । यसले हाम्रो देश र समाजलाई कुनै उपलब्धी हुने गरेको छैन भने अर्को वर्ग केही वौद्धिक वर्गहरु राजनीति पार्टीमा देखिएका छन् । तिनीहरुमा पनि आफ्नो पार्टीले गलत गरेर पनि आँखा चिम्लेर ताली बजाउने र समर्थन गरेको देखिन्छ । किन भने उहाँमा पनि व्यक्तिगत वार्थ लुकेको छ, विभिन्न राजनैतिक निकायमा नियुक्ति भएर आफ्नो स्वार्थ प्राप्ति गर्न त्यो वर्गहरुको उद्देश्य रहेको देखिन्छ । चाहे राजदूत होस्, राष्ट्रिय योजना आयोग, लगायत थुप्रै राजनैतिक वौद्धिक नियुक्तिका लागि हरुहात चाकडीमा व्यस्त देखिन्छन् ।       नेपालको सबै खाले वौद्धिक वर्ग जसले ऐना जस्तै छलङ्गै अनुहार देखिएको हुन्छ , त्यो वर्ग विशेष गरेर नितान्त आफ्नो व्यक्तिगत स्वार्थका लागि हिड्नेले नेपालको समग्र क्षेत्रमा विकृति र विशंगति छाएको हो । जुन वर्ग सत्य , तथ्य र देश र जनताप्रति इमान्दारीका लेख्न , बोल्न र अभियन चलाउनु पर्ने हो त्यो वर्ग नै सबै भन्दा धुमिएको र कुनै न कुनै देशहरुको एजेण्डाको रुपमा काम गरिरहेकोले नेपालको हालत खराब भएको हो । नेपालको काम गरिरहेकोले नेपालमा जे जस्ता राजनैतिक परिवर्तन भए पनि जुन वर्गहरु नीति निर्माण देखि विदेशी नियोगमा कार्यरत छ । त्यो वर्गले आफ्नो देश र समाजको उत्थानका लागि काम गर्दैन तब सम्म मूलुकको प्रगति हुँदैन । अहिले नेपालको कुनै क्षेत्रमा पनि प्रगति हुनुको साटो भन् तल खस्कदै जानुमा नेपालका जुनसुकै क्षेत्रका पेशाका वौद्धिक वर्गहरु हुन् , उनीहरुको बुद्धिलाई राष्ट्र र समाजको समृद्धिका लागि आफ्नो वौद्धिक विवेक प्रयोग गर्न नितान्त आवश्यक छ । साथै आफूलाई वौद्धिक व्यापारीबाट मुक्त गराई समाज रुपान्तरणका लागि अग्रसर देखाउनु नितान्त जरुरी छ । तर , विडम्बना यहाँका लेखक हुन् , डाक्टर हुन् , इन्जीनियरहुन् , प्रोफेसर हुन् या सरकारी पेशामा आवद्ध सबैखाले वौद्धिक व्यक्तिहरु हुन् आफ्नो व्यक्तिगत स्वार्थलाई मात्रै सर्वोपरि ठानेर लाग्ने हो भने देशको भविष्य योजनालाई कसले बनाउने हो भन्ने विषयमा – आजैबाट सबै बौद्धिक वर्गमा जागरण हुन आवश्यक छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्