IMG-LOGO

स्मृतिमा रामभक्त कोख श्रेष्ठ

 मंगल, चैत २९, २०७८  प्राध्यापक डा. उत्तमकृष्ण कर्माचार्य

स्व. रामभक्त कोख श्रेष्ठको परिचय      काभ्रे जिल्लाको बनेपामा जन्मिएर आफ्नै जन्मभूमिलाई कर्मभूमि बनाई राष्ट्रमा शिक्षासेवा, समाजसेवा, प्रजातान्त्रिक राजनीति, लेखन र प्रकाशनकार्यमा निरन्तर लाग्नु भएका रामभक्त कोख श्रेष्ठ दृढ निडर कर्मठ इमान्दार सहयोगी स्वाभिमानी, संवेदनशील, मृदुभाषी, संघर्षशील र बहुआयामिक व्यक्तित्वका अथक राष्ट्रसेवी हुनुहुन्थ्यो । उहाँ बनेपास्थित आजाद माध्यमिक विद्यालका पूर्वप्रधानाध्यापक, विभिन्न सामाजिक र शैक्षिक संघ संस्थाहरूमा संस्थापक, सञ्चालक, सल्लाकार र सहयोग एवं बनेपा नगरपालिकाका पूर्व नगरप्रमुख  र नेपाली कांग्रेस केन्द्रीय नीति तथा कार्यक्रम विभागका सदस्य हुनुहुन्थ्यो । उहाँको आदर्श चरित्र र उदार दृष्टिकोण सबैका लागि अनुकरणीय, महनीय र वन्दनीय थियो ।      रामभक्त कोख श्रेष्ठ काभ्रे जिल्लाका परिचित व्यक्तित्व हुनुहुन्थ्यो । राजनीतिक, समााजिक, शैक्षिक समाजसेवाको क्षेत्रमा लागेका काभ्रे जिल्ला अधिकांश व्यक्तिहरू उहाँसँग सुपरिचित हुनुहुन्छ । उहाँले आफ्नो जीवनको धेरै समय शिक्षाक्षेत्रमा बिताउनु भयो । समाज विकासको मुल आधार शिक्षा नै हो भन्ने भएकोले गर्दा शिक्षाविकाका लाग उहाँ नतमनले लाग्नुभएको थियो । विभिन्न शैक्षिक संस्थाहरूको स्थापना र विकासमा उहाँकोे सहयोग उल्लेख्य योगदान रह्यो । बहिरा र सुस्तमनस्थिति भएका विद्यार्थीका लागि विद्यालय खोल्न पानि उहाँले सहयोग गर्नुभएको थियो । शिक्षाको गुणस्तर बृद्धिका लागि पनि उहाँ प्रयत्नशिल हुनुहुन्थ्यो । बनेपा नगरपालिकाको प्रमुख भएपछि उहाँ शिक्षा विकासमा झन् लाग्नुभयो । फलस्वरुप नगरपालिकाक्षेत्रको जनसंख्यामा ७४ प्रतिशत मात्र साक्षर भएकोमा उहाँकै प्रयासले ९४ प्रतिशत जनता साक्षर भए र नेपालको शतप्रतिशत जनसंख्या साक्षर भएको पहिलो नगरपालिकाका रुपमा बनेपा सुपरिचित भयो ।       रामभक्त कोख श्रेष्ठ भद्र राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । नेपाली कांग्रेससँग आवद्ध हुनुभए तापनि सबै विचाचरधाराका व्यक्तिहरूसंग उहाँको सुमधुर सम्बन्ध कायम थियो । वि.सं. २०१७ सालपछि उहाँ केही समयसम्म कैदमा पनि पर्नुभएको थियो ।      मिलनसारिता सहृदयता तथा तथ्यपरक र वजनदार तर्क र प्रमाणले गर्दा भिन्नै विचारका व्यक्तिहरू पनि रामभक्त कोख श्रेष्ठको आदर सम्मान गर्दथे । उहाँले कहिल्यै सकैको विरोध गर्नुभएन र कहिल्यै कसै प्रति गुनासो पनि गर्नुभएन । राजनीतिमा लागे पनि पदको इच्छा उहाँले कहिल्यै व्यक्त गर्नुभएन तर जिम्मेवारी दिँदा पनि नाई चाहिँ भन्नुभएन चाहे त्यो जिम्मेवारी बनेपा नगरपालिकाको प्रमुखको होस् चाहे नेपाल कांग्रेस केन्द्रीय नीति तथा कार्यक्रम विभागको सदस्यको ।      रामभक्त कोख श्रेष्ठ हँसिला र मिलनसार हुनुहुन्थो । जुनसुकै उमेरका व्यक्तिसँग पनि उहाँको हेलमेल र मित्रवत व्यवहार हुन्थ्यो । उहाँ व्यक्तिगत सम्बन्धका लागि जति क्षेत्र शिक्षा र उमेर बाधक बस्नु हुँदैन भन्ने विचारका हुनुहुन्थ्यो । अरुको समस्या उहाँ धैर्यपूर्वक सुन्नुहुन्थ्यो र त्यसबाट निष्कर्ष निकालेर राम्रो सल्लाह दिनुहुन्थ्यो । उहाँ आफू पनि आशावादी हुनुुहन्थ्यो कहिल्यै निराशा व्यक्त गर्नुहुन्थ्यो र निराश भएको मान्छेहरूलाई पनि आशा जगाइदिनुहुन्थ्यो ।      रामभक्त कोख श्रेष्ठ लगनशील हुनुुहुथ्यो । आफु संलग्न रहेको संघ सदस्यहरूको उन्नति प्रगतिका लागि उहाँ सदैव अथक प्रयास गर्नुहुन्थ्यो । आजाद माध्यमिक विद्यालयको प्रधानाध्यपक हुँदा होस् या नेपाल शिक्षक संघको अध्यक्ष हुँदा होस बनेपा नगरपालिकाको प्रमुख हँुदा होस् या अन्य संघ संस्थाहरूमा अध्यक्ष सदस्य सल्लाहकार आदि हुँदा होस् उहाँ इमान्दार र निष्कलंङ्कित हुनुहुन्थ्यो । उहाँले संस्थाको सम्पति कहिल्यै दुरुपयोग गर्नुभएन । कतिसम्म भने नगरप्रमुख हँुँदा नगरपालिकाको कामबाहेक अन्य काममा नगरपालकाको गाडीसमेत उहाँले कहिल्यै प्रयोग गर्नुभएन । उहाँको जीवन सादा थियो आडम्बरयुक्त थिएन । झन् घमण्ड त उहाँमा छँदै थिएन । रिस र इख नभएका व्यक्तिका रुपमा उहाँ चिनिनुहुन्थ्यो ।      रामभक्त कोख श्रेष्ठ दूरदर्शी र प्रतिभाशाली पनि हुनुुहुन्थ्यो । सामाजिक काम दुरगामी महàवको हुनुपर्छ र राम्रो काम जोसुकैले गरे पनि त्यसको समर्थन र त्यसलाई सहयोग गर्नुपर्छ भन्नुहुथ्यो । आफूले हेरेर गरेको कामको प्रतिफल आफ्नै पालामा नआए पनि भविष्यमा त्यसको उच्च मूल्याङ्कन हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो । कुन चीज कहाँ राख्दा र कसरी व्यवस्थापन गर्दा नगरको शोभा बद्छ भनी उहाँ सोध्नुहुथ्यो । उहाँले ल्याउनुभएको ‘हरियाली क्षेत्र’ को सोच तत्काल असफल भए पनि बनेपा नगरपालिका त्यसलाई फेरि लागू गर्न खोज्दै छ । नगरपालिका भवनको छेउमा रहेको खाली जग्गामा ठूलो कम्पलेक्स बनाउने उहाँको सोच दूरगामी महत्वको सोच थियो । बनेपामा धार्मिक स्थलहरूको संरक्षण गर्ने चण्डेश्वरीस्थलको निर्माणमा सहयोग पु¥याउने चण्डेश्वरीस्थलमा ढुङ्गा छाप्ने कार्यमा अग्रसर हुने बनेपा नगरपालिका भित्रका ऐतिहासिक अभिलेखहरूको संलग्न र अध्ययन गराउने आदि कामहरू पनि उहाँबाट भएका थिए ।      रामभक्त कोख श्रेष्ठले पढ्न्भएको मूल विषय गणित भए पनि उहाँ सबै विषयमा दक्ष हुनुहुथ्यो । बनेपालीहरू उहाँलाई ‘थिंङ्ग ट्याङ्ग’ का रुपमा स्वीकार्थे । कुनै विषयमा कसैलाई शंका उत्पन्न हँुदा उहाँलाई सोध्थे र उहाँको उत्तर पाएपछि त्यसैलाई सही मानेर सन्तुष्ट हुन्थे ।      रामभक्त कोख श्रेष्ठ २०५६ साल चैत्र ३० गते उच्च रक्तचापबाट दिवङ्गत हुनुभयो । जन्मनु र मर्नु प्राकृतिक नियम भए पनि उहाँको निधनले बनेपाको तारा नै अस्ताएको अनुभव भएको छ । उहाँको अभावको अनुभव र उहाँको आवश्यकताको महशुस अहिलेसम्म पनि सबैलाई भइरहेको छ । उहाँले विभिन्न क्षेत्रमा गर्नुभएका योगदानहरू सबैका लागि मार्गदर्शन थिए । उहाँका कार्यहरू समाजका लागि उपयोगी र अनुकरणीय थिए । त्यसैले उहाँजस्ता कर्मयोगी व्यक्तिको स्मृतिलाई चिरस्थायी राख्न र उहाँमा सम्मान व्यक्त गर्नु आवश्यक ठानियो र २०५८ सालमा उहाँ स्मृतिमा काभ्रे जिल्लामा कम्तीमा एकजनाको सम्मान गर्ने र उहाँको कीर्ति राख्ने उदेद्दश्यले जनस्तरबाट रामभक्त कोख श्रेष्ठ स्मृति सिरपा प्रबन्ध समिति गठन गरियो । यो समितिबाट प्रत्येक वर्षको चैत्र मसान्तमा उहाँको स्मृति कार्यक्रमको आयोजना गरी सम्मान र पुरस्कार प्रदान गर्ने गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्