IMG-LOGO

ठोकाठोक

 मंगल, चैत २९, २०७८  – पातले कान्छो

     २०७४ सालको स्थानिय निर्वाचन भन्दा २०७९ को निर्वाचन बेग्लै रौनक छ । २०७४ मा २० वर्ष पछि स्थानिय निर्वाचन भएको थियो । २०५४ सालमा निर्वाचन भएपछि देशमा सशास्त्र द्वन्दका कारण स्थानिय निकायमा जनप्रतिनिधि विहिन थिए । गाउँ विकास समितिमा सचिवले र नगरपालिकाहरुमा कार्यकारी अधिकृतले स्थानिय निकाय सञ्चालन गरेका थिए । २० वर्षको अवधिमा कर्मचारीले स्थानिय निकायलाई दुहुनु गाई बनाएका थिए । रातारात कर्मचारीका महल सदरमुकाम र राजधानीमा  बनेका तथ्य कसैबाट छिपेको छैन  ।        २०६२÷०६३ को जनआन्दोलनपछि दलिय संयन्त्रमा पुगेका नेताहरुले भाग शान्ति जयनेपाल गरेका थिए । ०७२ मा नेपलाको संविधान जारी भएपछि २०७४ मा पहिलो पल्ट स्थानिय चुनाव हुँदा नेकपा एमाले पहिलो पार्टी बनेको थियो । नेपाली कांग्रेस दोश्रो, माओवादी केन्द्र  तेश्रो शक्ति बनेको थियो । यहि आधारमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर २०७४ असोजमा वाम गठवन्धन गरे । संविधान जारी गरे पछिको पहिलो आम चुनावमा वाम गठवन्धनले भारी वहुमत ल्यायो । ०७४ फागुनमा मधेसी जनअधिकार फोरम समेत मिलेर दुई तिहाईको सरकार बन्यो । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर एकता गरेपछि नेकपा बन्यो । नेकपाका शक्तिशाली प्रधानमन्त्री खड्गप्रसाद ओली बने । गफाडि केपी शर्माले पानी जाहाज र रेल तुरुन्त आउँछ जसरी गफ दिए । ओलीका गफले देश झिलिमिली भो । कम्यूनिष्ट नेताहरुले अबका ५० वर्ष नेपाली कांग्रेसले चियाउनुनै नपर्ने भनेर कांग्रेसलाई खिसिट्यूरी गरे । त्यो बेला संसदमा गगन थापा र बाहिर विश्वप्रकाश शर्माले कांग्रेस  जोगाएर राखे जस्तो देखिन्थ्यो ।      कम्युनिस्टहरु मिलेको ३ वर्ष नवित्दै  नेकपा फ्ट्यो फुटेको केही महिना पछि  ओली बालुवाटरबाट बालकोटको बार्दलीमा पुगे । प्रदेश सरकारहरु एउटै रहेनन् । एमाले पनि ओलीका कारण फुट्यो । एकातीर ओली अर्कातीर माधव कुमार नेपाल भएर एमाले बिभाजन भो । माओवादी केन्द्रका वादल लेखराज भट्ट मणि थापा टोपबहादुर रायमाझी र प्रभु साह ओलीसंग टासिए । ओली, नेपाल र प्रचण्डको भारी गोली वर्षा भो । २०७९ बैशाख ३० गते २०७२ को संविधान अनुसार दोश्रो स्थानीय चुनाव हुँदैछ । यो चुनावमा गाली शिरोमणीद्वय केपी ओली र प्रचण्ड भए । भोलि मिल्नै नसक्ने गरी दुबैले मुखभरीका गाली गर्दै छन् । गाली सुनेर नेपाली जनता वाक्क भएका छन् ।  कांग्रेस मुर्छा पर्ने गरी हाँसेको छ । चुनाव आउँन भण्डै ३२ दिन बाँकी रहेकोबेला चुनाव अघि यो गाली वर्षा उकालो चढिरहेको छ । दुबै कम्युनिष्ट नेता हँसिया र हथौडा लिएर मैदानमा ठोकाठोक गरिरहेका छन् । दुबैले आफू असल कम्युनिष्ट भएको भनेर हँसिया हथौडाको हुर्मत लिइरहेका छन् । यो तमासा हेरिरहेका मतदाताले यतिवेला के सोचिरहेका होलान । बैशाख ३० गते पछि थाहा होला ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्