IMG-LOGO

मृत्यु जीवनको निर्मम समीक्षा हो

 मंगल, फागुन २४, २०७८  – नरेन्द्रजंग पिटर

       हरेक मान्छेका फरक–फरक कथा हुन्छन् । ती मध्य कतिपय प्रेरणा हुन्छन् भने कतिपयक शिक्षा बन्छन् । कथा नबनेका मान्छेका कथा र व्यथाहरु त अझ कति हुन्छन, कति ! ती सवै विस्मृतिका गर्भमा बिलाएर जान्छन ्।  कतिपयका जीवन गाथा ह? अ?ले अनुसरण गर्दैजाँदा पुस्तान्तरण हुँदै पनि जान्छ । आज म स्मृतिशेष हुनु भएका उपरसेठ उदयप्रकाश बनिँया मार्फत उनको समयको हाम्रो समाज, चिन्तन, उनलाई सम्झनाका कारण, उहाँका जीवनले दिएका सार्वजनिक सन्देशबारे केही कहन जाँदैछु । अर्थात उहाँमार्फत मेरो गाउँभमरकोट, मेरो समय र  एउटा अदृष्य नायक जस्ले चर्चा वेगर समाजलाई अनौठो प्रभाव छोड्यो । नायक स्मृति शेष दाइ.... अव तपाई हाम्रा सम्झनामा मात्र रहनुहुन्छ । सकभर समवेदना नलेखौँ जस्तो लाग्छ । संवेदना औपचारिकता, कर्मकाण्ड हैनन् न विज्ञापन नै । दुईहप्ता पहिलेमात्रै अन्तिमपटक उहाँलाइ भेट्न जर्नेल (अवकासप्राप्त) तेजप्रकाश बानिया, समाजशास्त्री रामशरण लुँइटेल सहितै पुग्या थियौँ । बनिया कुलखलकका सवै मूली काफ्लेडिही पुगेका थिए । मैले चिनेको उपरसेठबारे लेख्ने वचन उहाँलाई दिएको थिँए । आफ्ना मलामी देख्न नपाएझै अव उहाँले यो लेख पनि पढ्न पाँउनु हुँनेछैन् ।      उहाँको मृत्युको समाचारले चसक्क छोयो । हामी,म र भमरकोटेका मात्रै उहाँ पाँचखाल उपत्यकाले दिएको नक्षत्र हुँनु हुँदैनथ्यो, जस्ले अरनिको राजमार्ग बन्दा उहाँको भूमिका नियालेको,सुनेको अनभूत गरेको थियो ।  उस्ले उदय प्रकाश बानिया उपरसेठका नाममा कथा बनाएको हुँनुपर्छ,नायक बनाएको हुँनुपर्छ । त्यस वेला हाम्रा गाँउमा पितवर्णका होचा कद र चिम्से आँखाका अनौठा मान्छेहरु आए । उनीहरुका भाषा, पहिरन, स्वभाव फरक थिए । हामी उनलाई बुझदैनथ्यौ, उनीहरु हामीलाई । इसाराको भाषाले काम चल्थ्यो । गम्भीर समस्या र कुरा परे वानीयाँ उपरसेठ हाजिर हुन्थे । ति घन, पिकर सावेल बोकेर आएका पाहुनामान्छे अरु विदेशीभन्दा फरक थिए, साहेव नवनी आफैँ कामगर्थे । हामीले जिन्दताग ठण्डा गोलीखान र राताकिताव उनीहरुसँग पढन सिक्यौँ  । तव हाम्रो गाँउले ठूला मान्छेले पनि काम गर्नपर्छ र हुन्छ भन्ने सिक्यो ।        अरनिको राजमार्गको डोवँंगै राजधानीको छेवैमा रहेका हाम्रा गाँउमा आधुनिकता,नयाँ सोच,सास्कृतिक उथलपुथल र सुन्दरताका नयाँ शब्द र परिभाषा पनि पुगे । बाटो बनाउने कालमा उपरसेठ दाइ साँस्कृतिक क्राँन्तिता चिनियाँहरुका नेपाली सम्र्पक अधिकृत थिए । आठवर्षमै  मेरो हात भाँचिँदाका चिनियाँ डाक्टरसंगका कथाले मेरा जिन्दगीको नयाँमोड पनि बन्यो । मैले दाजुको सामु काफ्लेडिही क्याम्पमा पहिलो पटर्क म्लेक्षले’दिएको, छोएको पाउरोटी र चियाखाएर बाहुनको जात हराएको थिँए । त्यसपछि कहिल्यै फर्काईन । एक्सरे र अप्रेसनबीच छुट्याउन नसक्ने समाजमा हुर्केको पुरातन समाजमा विज्ञानका भाषा हामीले बुझ्न नसक्दा त्यसका खत अझै लिईरहेको छु । पाँचखाल उपत्यकामा कथाकार कथा रच्थे र उपरसेठको नाम जोडथे ।      एउटा मान्छेका कथा त्यस युगको इतिहास हुन्छ, माहा आख्यान बन्छ । यस छोटकरी लेखनमा समेटन नसक्नु स्वभाविकै हो ।      बाटो र जीवनःकाम गरे नगद पैसा पाँईने अवस्थामा उपरसेठ दाइ भनेका हामीले देखेका नेपाली ठूला हाकिम । गाँउ वस्ती सवै कुल्ली काम गर्ने । फोरमिन, नाइके र कुल्लीमा समाज बाडिँएको थियो । बाटोले सहरलाई गाँउमा पु¥यायो । सहरका राम्रा र नराम्रा कुरा पनि भित्र्यायो  ।  बाटोले सामान्यजनको जीवनका परिभाषा, अर्थ, महत्व र विश्वास फेरिदियो । दृष्टिमा दृष्टिकोण दियो, भगवान भरोसेको ठाँउमा पौरखको अर्थ लगायो । उपरसेठ दाइसंग जहिलेपनि एउटा कालो सुटकेस हुन्थ्यो । त्यससुटकेस भरी पैसा हुन्छरे भनेर चारैतर्फ कथा हालिन्थे । उहाँ चाइनिज बीचको पत्याएको एक्लो नेपाली । कुल्ली काम गर्न जिल्ला मात्रै हैन देशै पाँचखाल उपत्यकामा ओइरिँदा जातपातको परिचयकम हुँदै सास्कृतिकअन्तरघुलन कुल्ली जातिको एउटा फरक समाज फेरिँदैथियो । श्रमिक र धनाढयलाई जातपात र  धर्मको कुनै अर्थ रहँदैन् । तव क्रमशःमान्छेका विश्वास पनि फेरिँदै गए ।त्यसवेला सम्म ध्यू वेचिए पनि दुध, दही बेचिने वा दलितलाई दिने चलन थिएन । फलफूल र तरकारी पनि बेचिनु पाप सोचिन्थ्यो । धर्मको रजाँई जगजगी थियो र पूर्वजन्मका प्रतापले मान्छे ठूला र भाग्यशाली हुन्छन् भन्ने मान्यता अव चेतनमनमा व्याप्त थियो । पुराना चेतना र विश्वासमाथी घन वर्षिय पछि पौरख गरे  ठूलो मान्छे बन्न सकिन्छ भन्ने नयाँ चेत फैलिदैं गयो ।      कथालामा छन् । उपरसेठदाईको वाहानामा हाम्रा युग, गाँउ, पाखा र पखेरासंग धेरै वात मार्नाछन् ।  एउटा मौन नायकले बुढो र थिलथिलो समाजमा व्लास्टिग पडकाईरहेका कुरा युगका कथा बन्न ेवाला थिए । कथा झिगु र डाँपेmँ खोलाका सुस्केरा बनेर चौतर्फी अझै छाईरहेको छ । हाम्रा सोच,संवेदना, विश्वास र कर्मवारे पाँचखाल उपत्यका, मेरा कथा र मेरा प्रत्यक्ष परोक्ष गुरुवारे धेरै लेख्या छु ।      अव भने जीवन र मृत्युवारे छोटो चर्चा गरौँः– मृत्यु  हरेक मान्छेको जीवनको समग्र समीक्षा हो । चश्माका पावर अनुसार मान्छेले मान्छेलाई पढ्छ । मान्छे भन्दा ठूलो माहा काव्य हुँदैन । जीवन र मृत्युको अर्थ खोज्न परापूर्व काल देखी नै संसार भरका ज्ञानीजन र दार्शनिकहले आप्mना मस्तिक र उर्जा खर्चिदै रहे । जिँउदै रहनु र प्राणधारणा गर्नुमात्र जीवनका अर्थ हुँदैनन् भनेर आ–आफ्नै तरिकाले अथ्र्याए । आप्mनै चिन्तनको सत्य मान्दै जिन्दगी गुजारे पनि । सामान्यजनले  त्यसलाई पछ्याए भने अन्यलाई जीवन र मृत्युको अर्थ महत्व त्यति रहेन । धाने,ताने र लतारे । जीवन धान्ने क्रममा भोग विलास, अतृप्त चाहाना, महत्वकाक्षाले मित्र र पराई बन्दै जाँदा आ–आफ्नै तरिकाले जिन्दगीलाई भोगेर अन्तमा घाटमा विसाए ।      हाम्रा अर्वौ पुर्खाहरु विते । मान्छेलाई “जीवनको अर्थ के हो ?“ भन्ने प्रश्नले भने सधैँ लघारि रहयो । जिज्ञाशाले चैनमा रहन ँिददैन । जिँउनुको अर्थ सामान्य अर्थमा अस्तित्वसंग जोडिएको हुन्छ । खाना र वच्चा कोरल्नु नै अस्तित्व हैन् । त्यो त हरेक जीवात्मा पशुपक्षीहरु बोटविरुवाहरुको पनि जीवनलिला हुन्छ । मान्छे अझ मानव बनेपछि जीवन र अस्तित्वको प्रश्न उठछन् । सुख र खुशी,आफन्त र पराईका अर्थ पनि फरकफरक लाग्छन् । अर्थमय जीवनका परिभाषामा जीवन जीवात्माको संर्घषका गाथा हुँन् । जस्ले संर्घष गर्न सक्दैन् उस्ले त मात्यृ कोखमै इहलिला समाप्त पार्छ, तुहिन्छ । जन्मदेखी मृत्यूसंम्म आफैंसंग,परिवेशसँग,प्रकृतिसँग, चेतनासँग,अवस्था र परिस्थितिसँग जीवनकै लागि मान्छेले भिडन्त गरिरहेको हुन्छ  । जीवनले संर्घषसँग हारेपछि मात्रै मृत्यु ह्ुन्छ ।      सुनलाई आगोमा पोले पछि निख्खरता आँउछ भने फलामलाई पनि आरनमा गलाएपछि मन चाँहिदो आकार दिदैँ औजार बनाउन सकिन्छ । त्यस्तै हण्डर र घुस्सा खाएर खारिएका जिन्दगीले जीवनका परिभाषा लगाएर  उस्का जीवनगाथा हुन्छन् ।      उपनिषद भन्छ–चरैवेति, चरैवेति अर्थात् हिँडदै रह,चलते रहो । चलते रहने कानामजीवन  । हर स्थिति र परिस्थितिमा अगाडि बढदै रहँनु नै जीवनको अर्को नाम हो । रचनात्मकता र आत्म–अभिव्यक्तिमार्फत दुनियाँलाई केही फिर्ता दिनु र कस्तै स्थिति, परिस्थितिको सामना गर्दै त्यसका निचोडले दृष्टिकोण फेरेर समग्र नव–जीवनको अभ्यास हुँन जान्छ ।      जीवनको आन्तरिक चालक शक्ति के हो ? सार्वभौम परिभाषा अझै छैन् । के कारण र उर्जाले मान्छे चरवेति,चरवेति हुन्छ भन्न सकिँदैन । प्राणी जगतमा सवभन्दा उन्नत पशु भएकाले मान्छेभित्र एकैपटक असंख्य मान्छे हुन्छन् । समय, परिस्थिति अनुसार भिन्नभिन्न अवस्थामा मानव र दानवमा कुन सक्रिय हुन्छ किटान गर्न सकिँदैन् ।  एक समयको मानवी रुप अर्को समयमा दानवी भएर पनि सकृय हुँनसक्छ । जुन पक्ष हावी हुन्छ, कालान्तरमा त्यहीँ उस्को परिचय बन्दै जगतमा चिनिन्छन् । हरेक जीवात्मासँंग सवै भन्दा नजिक रहने आफन्त भनेको छाँया हो । तर, छाँयाको पनि अस्तित्व प्रकाश रहिन्जेल मात्रै हो । जन्मदेखी मृत्युसम्मसंगै रहने माहा आफन्त भनेको त काल नै हो । कालले घुष खाँँदैन, न माया र दया गर्छ, मान्छेले स्मृति मात्रै छोडेर जान्छ ।      स्मृति शेष उपरसेठ उदयप्रकाश बानिया दाइ..... अलविदा।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्