ऐतिहासिक नगर पनौती काठमाण्डौँबाट ३२ कि.मी. दक्षिण–पूर्वमा अवस्थित छ । प्राचीन मन्दिरहरुको यो नगर काभ्रेपलाञ्चोक जिल्लामा पर्दछ । यो नगर सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधताले भरिएको छ । यहाँका बाटा र पुराना गल्लीहरुमा काष्ठकला तथा प्रस्तरकला स्पष्ट देख्न पाईन्छ । यहाँको प्रकृति पनि उत्तिकै मनमोहक छ । पर्यटनको प्रवल सम्भावना भएको पनौतीमा मनोरम पहाड, खेत तथा हिमश्रृंखलाको दृष्यले आगन्तुलाई आनन्द प्रदान गर्दछन् । पनौती नगरले इतिहासदेखि नै आफ्नो एक विशिष्ट पहिचान बनाएको छ र यहाँ आउने पर्यटकलाई यस नगरपालिका सदैव स्वागत गर्दछ । नेपालका ऐतिहासिक नगरहरु मध्ये एक पनौती नगर ई.पू. १२७४–१३१० मा आनन्द देव मल्लद्वारा स्थापना गरिएको हो । सुन्दर र प्राचित मन्दिरहरुले भरिएको यो नगर काठमाण्डौँबाट ३२ कि.मी. पर दक्षिण–पूर्व दिशामा अवस्थित छ । विभिन्न पेशामा आबद्ध भए पनि यहाँका नगरबासीहरुको मुख्य कृषि उपज भनेको आलु, धान, सुन्तला र दुध हुन् । पनौती नगरपालिकाले कुल ११८ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ । यो नगरपालिकामा मुख्य रुपमा नेवार अनी क्षेत्री, ब्राह्मण, तामाङ्ग, मिजार तथा अन्य जातजाती बसोबास गर्दछन् र उनीहरुका विभिन्न पर्व तथा जात्रा–उत्सवले पनौतीलाई सधै एक सास्कृतिक नगरको रुप्मा परिचित गराएको छ । पनौती कसरी पुग्ने ? काठमाण्डौँको रत्नपार्कमा पनौती जाने सार्वजनिक बस पाइन्छ । प्रत्येक ५ मिनेटमा छुट्ने बस करिब डेढ घण्टामा पनौती पुग्दछ । काठमाण्डौँबाट अरनीको राजमार्ग हुँदै पहिले बनेपा पुग्नु पर्दछ । अनि बनेपाबाट ६ कि.मी. दक्षिण गएपछि पनौती नगरमा पुगिन्छ । पनौतीमा घुम्नै पर्ने महत्वपूर्ण स्थानहरु वडा नं १ फूल्चोकी मन्दिर, रानीकोट गढी बाघभैरव मन्दिर, शहीद पार्क, सन्सरी डाँडा तल्लो फूल्चोकी, धारापानी चैतन्य गुम्बा मुरली खोला, माने दोभान प्रस्तावित जीवन–विज्ञान प्रतिष्ठान, होमस्टे े मुरलेश्वर महादेव, खानीखोला ट्राउट उत्पादन क्षेत्र बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्टे वडा नं २ फूल्चोकी मन्दिर, नागी डाँडा कुशादेवी मन्दिर, कृष्ण मन्दिर गुर्दुम््–महाभारत ट्रेल, फूल्चोकी हाइक कृषि पर्यटन, होमस्टे, साहसिक गतिविधि बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्टे वडा नं ३ पशुपति मन्दिर आर्यघाट बाउसेको बन काले साहुको पार्टी बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्टे वडा नं ४ ज्यालापाटी, ९ तले पाटी गणेश मन्दिर, सन्सरी बन चम्कर डाँडा, गोठ देवि मन्दिर मनोरम हाइकिङ्ग तथा टे«किङ्ग बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्टे वडा नं ५ मुण्ड गढी, बतासे डाँडा गणेश मन्दिर, काभ्राकोट महाकाली मन्दिर धनेश्वर महादेव बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्टे वडा नं ६ शारदा देवि मन्दिर, पृथ्वी गढी, ब्रह्मायणी मन्दिर गोरखनाथ मन्दिर, मनोरम हाइकिङ्ग स्थाल बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्टे वडा नं ७ इन्द्रेश्वर महादेव, ब्रह्मायणी मन्दिर, काथ गणेश कृष्ण मन्दिर, त्रिवेणी घाट, योमरी स्तम्भ, भद्रकाली पनौती पीस ग्यालरी, भित्तेचित्र भएको सत्तल, मानेश्वर वंश गोपाल मन्दिर, पनौती संग्राहाल, कपालकोट सङ्गटा मन्दिर, पनौती दरबार प्राङ्गण, सरस्वती पोखरी बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्टे वडा नं ८ सेतीदेवी पिकनकि स्थल, लामाडोल शहीद पार्क, राधाकृष्ण मनिदर बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्ट वडा नं ९ सारदा देवि मन्दिर, भिमसेन मन्दिर संंकटा मन्दिर, टे«ेकिङ्ग रुटका मनोरम संगमस्थल सुन्दर दृश्यावलोकनका स्थल महाभारत पर्वतश्रृंखलाका दृश्य बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्ट वडा नं १० दौपद देवी मन्दिर, नरसिंह मठ गोधा–रङ्गनाथ मन्दिर, फड्केश्वर मन्दिर डोलेश्वर महादेव, दङ्गटेश्वर महादेव सल्मीटार, कालीका डाँडा, सत्याल डाँडा फूल्चोकी डाँडा, कमलादेवि मन्दिर बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्ट वडा नं ११ बल्थली पर्यावरणीय ट्रेक, गुफा लड्केश्वर महादेव, यज्ञचौर पर्यावरणीय रिसोर्ट, पनौती हाइड्रोपावर कमलादेवि मन्दिर, कृष्ण मन्दिर बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्ट वडा नं १२ भालेश्वर महादेव त्रिवेणी गन्धर्व घाट ईन्द्रादेवि मन्दिर, अमिलिचौर शायकम्पल गुफा चिनु डाँडा, दुम्सी डाँडा बस्ने व्यवस्थाः होटल, रिसोर्ट, होमस्ट पनोतीमा पर्यटनको महत्व छँदै छ । त्यसमा पनि साहसिक पर्यटनका लागिड अति उपयुक्त ठाउँ हो पनौती । प्याराग्लाइडिङ्ग, रक क्लाइम्बिङ्ग जस्ता खेल यहाँ गर्न सकिन्छ । कृषि तथा पर्यावरणीय पर्यटनमा पनौती चिनीएकै नाम हो । चरा, सिन–सिनारी, हिमालय पर्वतश्रृंखला आदिको दृश्यावलोकन यहाँबाट गर्न सकिन्छ । आगन्तुकहरु खोला, पहाड, वनजङ्गलमा लिप्त हुन पाउनु प्राकृतिक रुपमा सुन्दर पनौतीको विशेषता हो । पनौतीमा गर्नै पर्ने गतिविधहरु – पनौती–नमोबुद्ध हाइक – बल्थली इको–टे«क (लोल्याण्ड टे«क) – साँगा–पनौती हाइक (कम्युनिटी हाइक) – गुर्दुम्–महाभारत पदयात्रा – माउण्टेन बाइक (फूल्चोकी वरिपरि) – बर्ड वाचिङ्ग (चराको दृश्यावलोकन) – योग रिट्रीट – सामुदायिक र निजी होमस्टे – तामाङ्ग साँस्कृतिक पदयात्रा मार्ग –जात्रा–मेला अवलोकन भ्रमण पनौतीका केही तथ्यहरु – नेपालमा अत्यन्तै प्रचलित पर्व– योमरी पूर्णे यहीँबाट सुरु भएको मानिन्छ । – यहाँको त्रिवेणीमा ३ नदीहरु मिसिन्छन्–रोशी, पुण्यमाता र सबैले देख्नु नसक्ने रुद्रावती – १६ औँ सताब्दीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देविका रुपमा रहेको छ । पनौतीका केही जात्राहरु – ज्या पुन्ही (पनौती जात्रा) ः जष्ठ महिनामा पर्ने यो जात्रा ३ दिन सम्म मनाइन्छ – मकर मेला ः प्रत्येक १२ वर्षमा आयोजना हुने यो मेला एक महिना सम्म चल्दछ – योमरी पुन्ही ः यस पूर्णिमाको रातमा केटाकेटीहरु घर–दैलोमा गई योमरी माग्दछन्, अनि पछि यसलाई चढाई खाँदछन् – देवी नाच ः यो एक मुकुण्डो नाच हो, जसमा देवदेवी, दानव तथा जनावरहरु देखाइन्छ ।
