पहिला केन्द्रीय नेता बन्न साह्रै गाह्रो थियो । अहिले केन्द्रीय सदस्य बन्न धेरै सजिलो छ किनभने पार्टीको केन्द्रीय समिति नै ३ सय जना भन्दा बढिको हुन्छ । २ सय जनाको हुलमा म पार्टीको केन्द्रमा आफ्नै बलबुँताले पुगेको हँु । मलाई अब पार्टीका सबैले चिन्छन् । यहि पाराले मेरो फलिफाप हुने हो भने भोली पार्टीको महासचिव वा महामन्त्री, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै पार्टीकैँ अध्यक्ष हुन बेर छैन् । सोच्दा पनि जीउमा क्या उमंग भएर आउँछ । पार्टीको एउटा केन्द्रीय सदस्यको ढोका खुल्ला हुँदा क्या रमाइलो आहा ! वयान गरी के साध्य । मेरो अगाडि पछाडि कार्यकर्ताको लवालस्कर, सबैले नेता ज्यू, नमस्कार, जय नेपाल, लालसलामको अभिवादन गर्दा मेरा एउटा मात्र होइन दुवै हातलाई फुर्सद छैन । विहान विम्झिए देखि राती ओछ्यानमा ननिदाए सम्म मोवाइलमा घण्टी बजेको छ । माथि केन्द्रीय अध्यक्ष देखि तल वडा र इकाईका अध्यक्ष सम्मको मैले एक एक सँग डिल गर्नुपर्छ । अचेल म कतिपय फोनहरु आउँदा चाहिँ आफ्नो सेक्रेटरीलाई अठाउन दिन्छु । किनभने त्यस्ता वाहियात फोनले मलाई डिष्टर्भ नगरोस् । विहान घरमा चिया पार्टी हुन्छ म मेचमा बस्छु । मेरा कर्यकर्ता मेरो बैठक कोठामा मलाई साथ दिन्छन् । विहान कुन अखबारले के लेख्यो, कस्का बारेमा चर्चा ग¥यो , बढि चर्चा कस्को भयो ? त्यसपछि मेरो सामाजिक सञ्जाल फेसबुक वा टुइटरमा चर्चितलाई रन्का छुट्ने गरी अनेक शन्दमा लेखेर पोष्ट गर्छु । मेरा आज्ञाकारी पत्रकार भाइहरु त्यसलाई मरमसला ठानेर समाचार ठोकी दिन्छन् र मेरो म्यासेज बक्समा हेर्नु भो कि भएन भनेर फोन गर्छन । कतिले त ट्याग नै गरिदिन्छन् । मैले पार्टी अध्यक्ष वा आफू भन्दा माथिका वाहेकलाई ट्याग सार्वजनीक गरेको छैन् । मेरो दैनिक प्रोग्राम बारेमा सेक्रेटरीले जानकारी गराउँदा गाडी रेडि भइसक्छ । विहान म घरमा खाना खान्न खाना प्राय मिल्ने साथी वा जिल्लाको कार्यक्रम वा व्यापारिक घरानामा हुन्छ । पाँच तारे होटल मेरा लागि सामान्य भई सकेको छ । सबै कामको जिम्मा अरु विश्वासीला २ भाईलाई दिएको छु । तिनीहरुले उठ्ती पूठ्ती गर्ने देखि नाफाका लागि कहाँ, कस्ले, कसरी तिरो तारो मिलाउने, कहाँ कति शुभलाभ हुने त्यो सबै जानकारी गोप्य प्राइभेट मोवाइलबाट गराइहाल्छन् । अचेल पहिला जस्तो आफै डिल गर्दिन । हाई सञ्चो छ किनभने मेरै स्वास्थ्य चेकअप गर्ने डाक्टरले पनि धेरै तनाव नलिनु भनेका छन् । म पार्टीमा दिन दुगुना रात चौगुनाले उदय भएको छु । सबैको ध्यान म प्रति छ । नजिकै चुनाव आउँदैछ । चुनावकाल भित्र सबैले टिकट भनेका छन् । यो पटक म संघिय संसद जितेर मन्त्री हुने छु ठुलो पावरदार मन्त्री । यसरी म आफ्नो मनलाई बुझाएको छु । राती विम्झदा पनि बुझाउँने गर्छु । म कन्द्रीय नेता हुँ नी त । केन्द्रीय सदस्य पछि म अर्को ठूलो पदमा पुग्नु पर्छ । जनतालाई जस्तो सुकै झुठा आश्वासन वादेर भएपनि म संसद हुुनुपर्छ । संसद र मन्त्री नबन्ने हो भने म केन्द्रिय नेता भएको के महत्व ?
