IMG-LOGO

पार्टी प्रवेशको भद्दा रमिता

 मंगल, पौष १३, २०७८  पातले कान्छाे

       देशमा  मै ठूलो, मै राम्रो, मेरो पार्टी झनै राम्रो, म नै सर्वेसर्वा भनेर कोकोहोलो गरेर रमिता चलेकोे एक वर्ष भन्दा बढि भो । २०७७ पुष ५ गते आफूसँग भएको सत्ताको मातले उन्मुक्त भएर ताण्डव नृत्य देखाउने पहिला सम्माननीय भएका अहिले सबैलाई दुर्वचन हाननीय श्रीमान खड्गप्रसाद ओली हुन् । आफ्ना विरोधी प्रति र्दुवचन ओकल्ने, उखाने, महा–गफाडी, नेता ओलीको बालुवाटारबाट बार्दलीमा अवतरण हुँदा पनि फूँइ उही को उही छ । चुनाव, चुनावको रटान छ । सपना जपना सबै तीर ओलीमय चुनाव भएको उनको साउने आँखा हेर्दा छक्क परिन्छ । अरु सबै पार्टी नेताको औताली परे जस्तो । स्थानिय चूनाव आउँदैछ त किन मैमक्त साँडेले झैँ संसदमा संसदिय मर्यादा कायम गर भनेर कूर्लिनु ? संसदलाई बन्धक बनाएर घोर अलोकतान्त्रीक अभ्यास गरिरहेका ओली एण्ड मण्डलीको देशव्यापी नाटक छ । एमालेमा पार्टी प्रवेशको लर्को ? यो जति दुनियामा भद्दा मजाक अरु के छ र ? पार्टीमा प्रवेश गर्ने मान्छेहरु कस्ता छन् ? .......लाई भन्दा देख्नेलाई लाज । आफ्ना विपक्षीको हुर्मत लिने, अशिष्ट ओलीको दम्भ हेर्दा लाग्छ कि उनको पछि पछि साह्रा देश छ । यो सामन्तवादी मानशिकता हो । अर्काको सम्मान गर्न नसक्ने, सधै इर्षा गर्ने ओलीका कारण नेपाली जनताको आकाँक्षा एउटै कम्युनिष्ट पार्टी होस भन्ने चाहानालाई लत्याउने खड्ग ओलि नै हुन् । ओली भने पछि उनको मयल पनि प्रसाद ठान्ने हुल हुज्जत ओलीको पार्टीमा छ । किनभने माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरु एमालेमा छैनन् । राधाकृष्ण मैनाली, सिपी मैनाली, मोहनचन्द्र अधिकारीहरु पहिल्यै त्यो पार्टी छोडिसके ।        अब त एमालेमा पूर्व माओवादीका लाल गधारहरु, मोती दुगड र टुप्पाबाट पलाएका दुर्गा प्रसाँइहरु ओली एण्ड कम्पनीमा छन् । ओलीलाई साथ दिने गोकूल बास्कोटा, महेश बस्नेत, सूर्य थापा, विष्णु रिमालहरुको भात भान्सा टिम छ । साइबर स्यालहरु सामाजिक सञ्जालमा हुहुहुु गर्छन । उल्लेखित नाम गरेका मान्छेहरु सैद्धान्तिक भन्दा असैद्धान्तिक । मेल भन्दा विमेल, सकारात्मक भन्दा नकारात्मक टिप्पणी गर्ने ओली प्रवृतीलाई आत्मसाथ गर्ने मान्छेहरु हुन । उनीहरुमा ‘सुपरेटिभ कम्पेक्स’ यति बढि ज्यादा छ  की लेखि साध्ये छैन । त्यसैले यस्ता मनुवाहरु ओली भन्दा पनि चर्का छन् ।        प्रशंग नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रको कुरा हो त्यहाँ प्रचण्डले ग्रेट डिवेट शुरु भएको कुरा गरेछन् । महामहिम गोकूल बास्कोटाले बढो जान्ने भएर फेसबुकमा स्टाटस ठोकी हाले– निकीता खुर्स्चेव र माओ नै ठानेछन सुप्रिमोले आफुलाई आज । ग्रेटडिवेटको हावादारी गफ दिएछन –कहां चुक्यौ भनेर । नौ पल्ट सरकारमा पुगेको माओवादी पार्टी समाजवादी वाटोमै चुकेको कस्लाई थाहा छैन र ? त्यही भएर त ऊ कांग्रेस पथमा छ । र, मज्जाको कुरा छ । गोकुल बास्कोटाको हुन ? उनको कम्यूनिष्ट आन्दोलनमा योगदान कति ? नेपाल सरकारको प्रवक्ता भइसकेको व्यक्तिले यस्ता कुरा गर्न सुहाँउछ ? आखिरमा गोकुल कामरेडले सुहाउने कुरा के चाँहि गरेका छन् र ? उनले वामदेव गौतमले ११ गते जारी गरेको बक्तव्य पनि हेरुन ।के वामदेव भन्दा गोकुल ठूला नेता हुन ?        पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमाले एक विज्ञप्ति जारी गर्दै माओवादी (केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’को प्रशंसा गरेका छन् । माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन प्रारम्भको उद्घाटन सकिए लगत्तै गौतमले अध्यक्ष प्रचण्डको प्रशंसा गर्नसमेत भ्याएका हुन् ।उनले अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटनमा सुभकाना दिने सबै अथितिहरुको मुक्त कण्ठले धन्यवाद दिएको उल्लेख गरेका छन् । अहिले एमालेमा पार्टी प्रवेशको यो रमितालाई सबैले बुझेका छन् । नाङलो ठटाएर हात्ती तर्सदैन । यहाँ जेठो पार्टी नेपाली कांग्रेस छ । उसको इतिहास आफ्नै छ । एमालेको भोट काँट्ने माधव नेपालको एकीकृत समाजवादी पार्टी छ । ग्रेट डिवेट “महान वहस” छेड्ने माओवादी केन्द्रले नयाँ विचार नयाँ नेतृत्व ल्याउँदैछ । तराईमा मधेशवादी दल छन् । उत्पिडित शोषित, पिछडिएका क्षेत्र आम जनजाती, आदिवासीले ओली र ओलीको पार्टीलाई बुझेका छन् । बरु छिटो  स्थानिय चूनाव सम्पन्न गर्नुपर्छ । त्यतिवेला सम्म एमालेको पाङग्रे पानीका थोपा देखिने वाल छ । कि हैन झिल्के कमरेड ??  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्