चोर नेताको प्रशंगले देश मात्र होइन बिदेशमा भएका नेपालीमा पनि तरंग्ग ल्यायो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले अचेल गाउँमा जाँदा “नेतालाई कुन चाहिँ चोर आएछ भन्छन्“ भनेर दिएको अभिव्यक्तिले निकै चर्चा पाएको छ । आम जनताको नजरमा नेताहरूले विश्वास गुमाएको अवस्था आएको बताएका छन्। यो अभिव्यक्तिले चर्चा मात्र पाएन उक्त समारोहमै उनीपछि बोलेका अन्य दलका नेताहरूले लिङ्देनको अभिव्यक्तिको प्रतिवाद गरेका थिए भने सामाजिक सञ्जालमा पनि त्यसबारे आजसम्म पनि चर्चा भइरहेको छ । त्यो दिन लिङ्देनपछि बोलेका माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीप्रचण्डले लिङ्देनको भनाइ सत्य नभएको बताए। उनले “तानाशाही जन्माउन“का लागि लोकतान्त्रिक दल र नेताहरूलाई बदनाम गराउन खोजिएको दाबी पनि गरेका थिए। एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको भनाइको प्रतिवाद गरे । हाम्रो देशमा यस्ता धेरै बिषयहरु एकदम चर्चामा छन् केही चोर,जनता ५÷५ बर्षमा आफ्नो मत चोराउन दिने , त्यहि मतले नेताले मनलाग्दी गर्ने । सिंङ्गो देश सम्म बेच्न पछि नपर्ने । देश टुक्रा टुक्रा बनाउन छाल चाल्ने । मिलेर बसेको नेपाली समाजलाई भाँड्ने । बिदेशीको पैसा खाने । देश दोहन गर्ने । हजारौ होइन लाखौ नेपालीहरुलाई देशमा रोजगारी नदिएर विदेश जान बाध्य पार्ने । यो सबै काम नेताहरुले गरेका हुन् ।
