IMG-LOGO

हाइकिङ्गको स्मरण

 मंगल, मंसिर २८, २०७८  – हर्षनारायण कर्माचार्य (चण्डेश्वरी)

       २०७८ सालको मंसिर ४ गते शनिबार पूर्व योजनानुसार विहान ६ बज्दै बनेपा गणेश स्थानबाट “बनोपा लाँकुरी भन्ज्याङ्ग फूलचोकी” हाइकिङ्गमा उत्साहकासाथ लागेको हो । ३ वटा ब्द्यऋ नम्बर भई लागियो । यो हाईकिङ्ग पनौतीको रुटबाट भएको हो । बनेपा, पनौती कुशादेवी, रयाले मानेदोभान हुँदै ललितपुरको अति नै रमाइलो वनभोज स्थल चौर लाँकुरी भन्ज्याङ्गमा हाम्रो हाइकिङ्ग समूह विहान ८ बजे मात्र पुग्यौँ । रमणिय स्थल, बनभोजको स्थल, पूmलचोकी वनको नजिकै पूmलचोकी वनको काखमा अवस्थित थियो । लाँकुरी भन्ज्याङ्गमा हाम्रो विहानको नास्ताको समय र हामी हाइकिङ्गका सहभागीहरु सबैजना हात समाई गोलभई बस्यौँ, कति रमाईलो देखियो, रमाइलो भयो । ३ समूहका अग्रजहरु टोलीनाइकेहरु कुमार मानन्धर, पुकार कारंजित र नवराजलाई वनको बाटो हुँदै जानु पर्ने हुँदा संजय र इन्द्रनारायणले समयकासाथ जानु पर्ने र दिन भरिका कार्यक्रम बारेमा आफ्ना धारणा व्यक्त भएको थियो । हाइकिङ्गका सबै सहभाहिरु टोली नाइकेका अडानमा अदपका साथ जानु पर्ने समेत पनी बोल्नु भएको थियो । त्यस चउरमा राष्ट्रको नाउँमा राष्ट्रिय भावनामा राष्ट्रिय गाना गाएर नास्ता लिई, ९ बजे पैदल सुरु भएको थियो । ब्द्यऋ ग्रुपमा हामी ८ ग्रुपमा परेका थियौँ ।        लाँकुरी भन्ज्याङ्ग बारे बताउँदा एक उच्च पहाडि भाग फूलचोकीको बन भन्दा होचो, यस्को पश्चिम तर्फ ललिपतुर शहर, शहर भन्दा बाहिरका बुङ्गमती, खोकना,हरिशिद्धि,लुभुथसी (सानागाउँ) आदि त्यस्तै काठमाडौँका चन्द्रागिरीमा लेखर डाँडा, त्यस्तै भस्मासुर डाँडा, थानकोट, बलंकु मच्छेगाउँ आदि र उत्तरी भेगका गाउँ बस्ति र पहाडहरु हिमालयका श्रृंखलाहरु, दक्षिण तर्फ भने पूmलचोकी वन नै भयो ।  यस लाँकुरी भन्ज्याङ्गका गाउँ बस्ती जोडिएको  देखिने रमणिय स्थल लाँकुरी भन्ज्याङ्गको परिचय यति मात्रले अपूर्ण नै होला, यस बनभोज स्थल लाँकुरी भन्ज्याङ्ग पुग्न काभ्रे जिल्ला मानेदोभान काटेपछि कच्चि साँधुरा, जिल्लाको विकास तर्फबाट हेलिट क्षेत्र हो कि जस्तो अनुमान गर्न सकिन्छ । किनभने ललिपुर उपमहानगरपालिका भए पनि सडक कच्चि र साँघुरो भएको अवस्था विद्देमान छ । सडक कालो पत्रे नहुनुको कारणले त्यस स्थानका गाउँलेहरु विकट बस्तिमा झैँ अवस्थामा दुःख गरिरहेका देखिन्छन् ।        हाम्रो हाइकिङ्गका सहभागिहरु र ग्रुप समूहमा ३ रंगका झण्डा रोतो, निलो र पहेलो झण्डा पछि पछि विभक्त भई समुहगत छुट्टिइ फूलचोकि पुग्ने भई हिँडाइमा लाग्यौँ । सबै सहभागिहरुमा हाँसी,खुसी देखिन्थ्यो । बाटो बारे भन्नु पर्दा सल्लाघारी, गाउँघरको गोरेटो बाटो, वनको बाटो साँघुरो , (भिरालो) उकालो, भिरालो बाटो नारायण जोशी र अरुहरु पनि आफ्नो क्यामेरामा सकृयता साथ फोटाहरु खिच्न तल्लीन नै भइकन तँछाड मछाड सम्म पनि नभएको होइन । त्यस्तै आफू आफूमा भउको मोबाइलबाट आफु खुसी झुण्डझुण्डमा त्यस्तै सेल्फीमा भए, आफूलाई मनखुुसी लागेका उकाली, भिरालो, ओरालो चउर, गल्सी घाँटी खोल्सी, दोभान, चौतारी आदि इत्यादि स्थानहरुमा रुखको फेदमा वनमा दाउराको स्याउलाको भारी बोकि पनि फोटाहरु खिच्न चुकेनन् बाँकी नयनमा नयाँ लागेको जस्तो वनको बाटो बुट्यानहरुको सिनमा अनि विभिन्न पोज दिएर हाँसेर, ठुस्सपरेर समेत फोटाहरु खिचेका थिए । यसरी फोटाहरु खिचे  खिचाए बनको अप्ठेरो बाटोमा पनि रम्दै रमाउँदै वन भित्रको बाटो हिँडे । कोहिलाई रमाइलो कोहिलाई सरल लाग्यो भने कोहिलाई गाह्रो भएको महशुस पनि ति वन भित्रै भन्न बाँकी राखेनन् । यसरी रम्दैगम्दै थकित हुँदै ९ बजे हिडेका ३ घण्टामा फूलचोकी माइकँहा पुग्न पाउने आश्वासन फेल भयो । अतः समय दिन छिप्दै जान्छ भोकको अत्यासलाई ख्याल गर्दै दिनको मध्य १२ बजे नागिसकेपछि वनको मध्य भाग हुनुपर्छ सायद त्यस स्थानमा फूलचोकी माईको दर्शन पछि खाने कार्यक्रमलाई बदली समय वजी खाने भनि यसकुमार दम्पती सरस्वती नकर्मी दम्पती, शुस्मा विशोका दम्पतीहरुबाट समय बजी तर्जुमा गरी लगेका रहेछन् । यस समयबजीका व्यवस्थापनका सहभागि व्यक्तिहरुका नाम पुरै सबैको थाहा नहुँदा नाम लेख्न नसकेकोमा क्षेमा माग्नु पर्ने नै भयो । क्षेमा माग्छु । किनकि यहाँ उल्लेखित नाम भन्दा बढि व्यक्ति सक्रिय सहभागि भएको अवस्था हुनसक्छ । समय बजीमा बजी, आलु, बोडी, छुयाला, जँलाबाला, मुस्या लाभापालु लगायत सबै आवश्यक आयटमहरु छुट्टिएका छैनन् । अझ भनौ भने धेर थोर  इच्छा गर्नेहरुको लागि एककमारले लुकाएर लगिएको पनि त्यहाँ देखाए, त्यो हो, हटड्रिक्स भट्टितेल। आयोजक वर्ग जतिजना छन्, ती सबैजना धन्यवादका पात्रहरु हुन । ती व्यक्तिहरु सबैलाई यस हाइकिङ्गका सहभागिहरु बाट धन्यवाद दिनै पर्छ ।  आधा घण्टा भन्दा बढी समय सम्म भोक लागेको बेला र मिठो समय बजी आन पाएकोमा सबै सहभागिहरु खुशी भएको पाएँ । त्यहाँ ३ समूहका लगभग वनबाटो लाग्ने, उकालो, ओरालोको अनुभवमा  हिडेका १ सयको नजिकै संख्या होला । समय बजी खाई सके पछि पुनः तीन वटा समूहका व्यक्तिहरु विभिन्न समूहगत भई ब्द्यऋ मान ै भै हिड्न लागे । हामी ऋ ग्रुपका समूहमध्यका एक जना कल्पना कर्माचार्य ब् ग्रुपमा लाग्दा हाजिर गरी ऋ ग्रुपमा नै बोलाइ सँगै लाग्यौँ । उक्त समूहका गायत्री बयदारले मेरो बारे एउटा मिस अन्डरस्टाण्ड बुझेछिन् । फूलचोकी वन गोदावरी वनमा केहि वर्ष पहिले यस्तै हामीहरु हिडे झै हिडेकोमा वनभोजमा गयका सहभागि मध्यबाट १ जना वनमा हराई वेपत्ता भई ४÷५ दिन सम्म वेहाल डछम मच्चियको र पछि भेटीएको कहानी भनेको थियो । त्यसैले टोली नाइकेहरुलाई जिम्मेवारी दिइ सोही मुताविक हाजिर गर्ने गरेका थिए । बाटो वनको अप्ठेरो उकालो हुँदा थकान पनि अनि ३÷४ घण्टा भनेको  समय भन्दा निकै बढी समय लागेको र हाम्रो हाइकिङ्गका ४ जना सहभागिहरु वनको विच बाटोबाट गई अर्कै बाटो बाट  लागि समूहमा नहुँदा छुटिदा तिनीहरुको बारे केही समय अस्त व्यस्त पनि भय बल्ल मोबाइलमा सम्पर्क भई मात्र ४ बजे बल्ल वनको उकालो अप्ठेरो बाटो टुंगियो र फूलचोकी माइको स्थानमा पुग्याँै ।        यस समूह हाइकिङ्गका मेन मुख्य व्यक्तिहरुमा संजय मानन्धर, इन्द्रनारायण भैल, विरठ सिकु, सुरेन्द्र कायस्थ, शेखर विमिला, कृष्ण गोपालका दाजूभाई हरिगोपाल बैद्य, सबै ३ नै समुहका चिनेका नचिनेका परिचित, अपरिचित  व्यक्तिहरु माथि उच्च फूलचोकि माईको दर्शन गरी फोटाहर खिच्ने तर्क लागे लगभग आधा घण्टा जति त्यस उच्च  भागबाट चारैतर्फका प्राकृतिक दृश्यहरु अवलोकन गरी मन मुग्द बनाए । त्यहाँ पनि चियाको व्यवस्थाको पसल हुँदा सबैले चिया पिए । उच्च वनको भाग हावाले  चिसो चिसो गरिदिए । त्यसमाथि त्यहि समयमा सिमसिम पानी पनि एकै छिन पर्नाले झनै जाडो भएको सबैले महशुस गरे। त्यहि मौका लुकाएर लगेको हट ड्रिक्स पनि देखा परे । एकान्तमा बोलाएर बस पछाडि राजकुमार शाकेल बोलाई अतिकति दिए । जाडो हुँदा नाई भन्न सकियन थोरै मात्र भए पनि लिए । साँझ ५ बजे सबै जना बसबाट तल गोदावरी आए । गोदावरी सम्म आइ पुग्दा १३÷१४ कि.मिको बाटो रहेछ । गोदावरी मावले कारखानामा खानाको व्यवस्थाको लागि जिम्मा दिएको रहेछ । सबै समूहका व्यक्तिहरु खानाको तयारी व्यवस्था गरुन्जेल नियोजित कार्यक्रमलाई छोट्याएर भए पनि संजय, इन्द्र, विरठबाट कार्य सञ्चलन गरे । त्यस समूहका उमेरमा जेष्ठ म रहेछु । त्यसैले मलाई नै प्रथममा मायाको चिनो दिनुभयो । मायाको चिनो मलाई दिएको भन्दा समयवजी व्यवस्थापक, खाना व्यवस्थापक पक्षहरुलाई नछुट्याइ मायाको चिनो दिएकोमा खुरी र गर्व लाग्यो । किनभने उमेर भने प्रकृतिले दिन वर्ष वित्दै हुने हुन्छ धन्यवादका पात्रहरु तिनीहरु नै हुन । त्यसपछि नाच्ने र रंगीन साँझ सुरु भयो । नाच्न जान्नेले नाचे । आफ्नो प्रतिभा सुन्दर ढंगले प्रस्तुत गरे (नाचे) । त्यस समुहमा नाचमा भन्नु पर्दा च्प् राइलाई मान्नुपर्छ । दुई शब्द बोल्ने क्रममा म  आफूलाई लागेको बारे थकाई लागेको ७० सालमा रसु्वा जिल्लामा पर्ने गोसाईकुण्डको उकालो चढ्दा भएको गाह्रो र गोसाईकुण्डमा नुहाउँदा सबै थकान मेटिएका कुरा र आजका थकाइ पनि फूलचोकी माइले दुर गरिदिए भनि दुई शब्द अन्त्य गरे । आना तयार भयो सबैले रमाएर खाए । खानाको व्यवस्थापक पि.के. मानन्धरलाई धन्यवाद दिए । निकट भविष्यमा यस्तै रमाइलो हाइकिङ्ग हुनुपर्छ भनेर सबैजना आफ्नो आफ्नो पूर्व सिटमा बसी बनेपा गणेश स्थानमा बस रोकी आफ्नो आफ्नो घर गए । यसरी यो बनेपा लाँकुरी भन्ज्याङ फूलचोकीको बृहत हाइकिङ समाप्त भयो ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्