IMG-LOGO

दिए खाने, नदिए हेरेर थुक निल्ने

 मंगल, मंसिर ७, २०७८  -

       घरमा आफ्ना बाउ हुँदा हुँदै पनि ‘गोपी कृष्ण काउ को भाकामा ओली हाम्रा बाउ भन्ने जमात हो अहिलेको नेकपा एमाले । एमाले पार्टीको महाधिवेशन शुक्रबार देखि प्रचण्डको चुनावी क्षेत्र चितवनमा हुँदैछ ।  हुन्  त  चितवन बादलको पनि जिल्ला हो । बादल, टोपबहादुर, मणि, प्रभु लगायत २३ माओवादीका केन्द्रीय नेता एमाले उहिल्यै प्रवेश गरेका हुन् । पहिला  एमालेमा छिर्नासाथ भाले भएको ठान्ने रामबहादुर थापा मगर जस्लाई बादल भनेर पनि धेरैले चिन्छन  ।  उनी यतिबेला के सोचिरहेका होलान ? पद पाउने ठुलो नेता हुने महत्वकांक्षाले एमाले छिरेकाहरुको यतिबेला हरिबिजोग भएको छ ।  छि छि आफैले बनाएको त्यत्रो व्यक्तित्त्व कसरी चढाउन सकेका होलान ओलीका पाउमा आफ्नो टाउको ? बाबा केलाई भन्दा देख्नेलाई लाज भने झैँ भएको छ यतिबेला ।  ओलीले दिन्छन र खाउला भनेर बसेका छन् बादलहरु कठैबरा  ।         मान्छेको जात नै बिद्रोही हो ।  अधिकार मागेर पाईदैन खोसेर लिनुपर्छ भनेर घोकेका बादलहरु यति लाचार किन भए ? यो सबै प्रचण्डको रिसले हो ।  बादलहरुको अवस्था  झुक्दा झुक्दा धनुस्टनकार भईसके  बिचरा । हामीले देख्दा युद्धका कमाण्डर बादल यतिबेला ओलीले दिए खाने नदिए हेरेर थुक निल्ने अवस्थामा पुगेको देख्दा माया लाग्छ । जनयुद्धका बेला अधिकार खोसेर लिनुपर्छ भन्दै जिहाद छेडेका बादलको राजनीतिक भबिश्य पत्तासाफ हुने भयो नै अब उनि चितवनमा गएर, राजनीति छोडेर सुँगुर पालेर बसे बेस हुन्छ  ।          आफ्नो बर्कतीले यी नेता भएका होइन रहेछन भन्ने कुरा २३ भाइको हविगत अबका १० दिनमा देखिन्छ । डाङडाङडुङ्ग्डुङ्ग गर्जनेलाई पो बादल भनिन्छ । आफ्नो टाउको ओलीको पाउमा चढाउने रामबहादुर थापा मगरलाई  स्याकुने स्वरमा बस्ने बराबरको लोकल भाले भन्दा के फरक भयो र ? कि हैन ?    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्