नेपाली काँग्रेस १४ महाधिवेशन चुनावी मिति तय सँगै काभ्रेमा काँग्रेसी माहौल तातिएको छ । काभ्रे जिल्ला प्रदेश क्षेत्र नं. २ “ख” सभापति पदको लागी अहिले दुई खेमामा दुवै तिर युवा उमेरदारको नाम सार्वजनिक भएका छन् । प्रतिनिधि छनौट नजिकिए सँगै अब कुन खेमा, गुट र ग्रुपबाट आफ्नो उमेरदारिता दिने ? प्रत्याशी नेताहरू भाग बन्दी पदमा चुनाव लड्न तल्लीन भएर लाग्ने भएका छन् । नगर चुनावको परिणामले जिल्लामा आफ्नो पकड बढी भएको निर्णायक भूमिकामा रहेका शिव हुमागाईँ तीर्थ लामा सँग तालमेल नभएर छुट्टिए पछि काभ्रेमा मधु आचार्य र शिव हुमागाईँको नेतृत्व सँगै तीर्थ लामा र गणेश लामाको सहमतिमा कन्चनवादेको नेतृत्वमा अर्को बलियो खेमा जन्माएको छ । अधिवेशनमा दुई पाईनल बिच प्रतिस्पर्धाको चुनाव हुने गर्दछ । कसले कसलाई समेट्न सक्यो । जुन गुटले बलिया प्रभावशाली व्यक्तिहरू समेट्न सक्यो त्यही आधारमा चुनावको परिणाम आउने हुन्छ । त्यसैले कुन व्यक्तिहरूलाई चुनावको प्रभावशाली पदमा उमेरदारिता घोषणा गर्ने भन्ने रणनीतिमा लागेका शीर्ष नेताहरूले महाअधिवेशनबाट कार्यकर्ताहरूलाई समेटेर आफ्नो पकड बनाउने चलखेल गर्न सक्ने हुनाले नेताहरूको स्वार्थले काँग्रेस भित्र भित्र कार्यकर्ता विभाजित हुने गरेका छन् । आफ्नै पार्टी भित्र अधिवेशन प्रतिनिधि छनौट प्रक्रियाले गुटबन्दी चुनावी प्रक्रियालाई समयमा नै सहज रूपमा स्वीकार गरी व्यवस्थापन गर्न सकिएन भने भोलि हुने स्थानीय निर्वाचन देखी संसदीय चुनावमा समेत असहयोग गरी घात प्रतिघातको बदलाको भावना पैदा हुने गर्दछ । त्यसैले चुनावी माहौलको यो समस्याले सिर्जना भएको उमेदारहरु गुट उपगुटबाट चुनाव जितेर एउटै सगठनमा विपक्षी धारमा रहनु पक्कै पनि राम्रो होइन भनेर सबैले भन्ने गर्दछ तर खेमा छुट्टिएकाहरू एकले अर्कोलाई सिध्याउने रणनीतिले अगाडी बढेका हुन्छन् यसको असर वडा ,नगर हुँदै प्रदेश देखी केन्द्र सम्म रहेको यो घृणित खेलबाट पार्टी, सङ्गठनलाई कमजोर बनाएको हुन्छ । चुनाव अगाडी देखी सक्रिय भएर लागी परी रहेका शिव हुमागाईँ तीर्थ लामा सँग समन्वय हुन नसकेर छुट्टिए पछि हुमागाईँ समर्थक पाईनलको तर्फबाट काभ्रेमा चर्चित उदयमान युवा नेता भगवान अधिकारीलाई प्रदेश छेत्र २ ख सभापति पदमा उमेरदारिता घोषणा गरेका छन् भने उता तीर्थ लामा र गणेश लामाको गोलबन्दीमा कन्चन वादेको ग्रुपबाट नेपाली काँग्रेस काभ्रे सङ्गठन विभाग प्रमुख युवा उमेरदार रामहरि श्रेष्ठलाई सोही क्षेत्रमा सभापति पदमा उमेरदारिता घोषणा गरेका गरेका छन् । दुई खेमाको प्रस्ट सभापतिको उमेरदारिता सँगै अब दुई खेमा वा त्यो भन्दा बढी उमेदारीताले प्रतिनीति छनौट महाधिवेशन चुनावी प्रक्रियामा जाने निश्चित भएको छ । दुई तर्फको सभापतिको घोषणा सँगै अब अर्का जिल्ला कमान्डर नेता मधु आचार्य भूमिका कस्तो रहने हो कौतूहल पूर्ण रहेको छ । मधु आचार्यले रामहरि श्रेष्ठलाई आफ्नो स्थानीय क्षेत्र साँगाको १३ र १४ को दुई आफ्नो दुई वडा जसरी भए पनि सहमति जुटाएमा आफ्नो तर्फबाट सभापति पदमा आश्वासन दिएका थिए । अहिले रामहरि श्रेष्ठको सभापतिमा घोषणा भए पछि मधु आचार्यले अब कस्तो रणनीतिबाट आफ्नो भूमिका निभाउने छ । अब मधु कता तिर लाग्ने हो चासोको विषय बनेको छ । कसको ग्रुपबाट कस कसले चुनावमा भाग लिने हो ? चुनावको अन्तिम समयमा आएर मात्र सबैले थाहा पाउने छन् । चुनाव किन र कसको लागी ? आफ्नो पाईनल बलियो बनाउन हरदम सक्रिय रहने शिर्षनेताहरुको चलखेलमा राम्रो मान्छेलाई चुनाव जिताउन भन्दा आफ्नो मान्छेलाई चुनाव जिताउन सधैँ अग्रसर भएको पाउँछौ । मानवीय कमी कमजोरी जो कोही सँग पनि हुन्छ । राम्रोलाई हाम्रो बनाउने हो । सक्षम र योग्य व्यक्तिहरूको जितले भोलिको नेतृत्व पार्टी गठन देखी जिल्ला बिकाश हुने छन् ।आखिर जो जिते पनि हारे पनि अहिलेको अधिवेशन चुनाव काँग्रेस भित्र कै आफ्नै समूह भित्र नै हो । सत्य निष्ठा प्रतिष्ठामा आँच नआउने गरी भोट गरौँ । नेपाली काँग्रेसको सिद्धान्त र मर्यादामा रहेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको रक्षा गरौँ । जित र हार एउटा चुनावी प्रक्रिया मात्र हो । चुनावको बिधिबिधान र परिणामलाई आत्मसाथ गरी कुनै रिस रागको अनुभूति नगरी चुनाव अगाडी पछाडि पनि सबै जनामा पार्टी भित्र र बाहिर पनि सहकार्य हुन वातावरण हुनु पर्दछ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्रजातान्त्रिक पद्धतिमाबाट नेता प्रतिनिधिहरू छान्ने अवसर हो । यसलाई हामी सबै मनन गरी काँग्रेस पार्टी सधैँ एक ढिका हुने अठोट गर्न सकौँ । जय नेपाल !
