IMG-LOGO

कुरु क्षेत्र चितवन

 मंगल, कार्तिक १६, २०७८  – पातले कान्छो

       ओली सरकार मात्र होइन ओलीका सातै प्रदेशका सरकारहरु बार्दलीमा पुगेका छन् ।  आफैंले बुटवलमा गर्ने भनिएको एमालेको दशौँ महाधिवेशन प्रचण्डको चुनावी क्षेत्रमा गएर गर्ने भनेर केपी ओली बादलका सिङ्ग हालेर प्रचण्डसंग सिगौरी खेल्न चितवन पुगेका छन् । यसबाट प्रष्ट हुन्छ आगामी चुनावमा चितवन जिल्ला शान्त हुनेछैन । कुरुक्षेत्र बन्छ बन्छ । देशका अन्य क्षेत्रहरु– खड्ग ओलीको झापा, गोकुल बास्कोटाको काभ्रे, महेश बस्नेतको भक्त्तापुर, इश्वर पोखरेलको काठमाडौँ, शंकर पोखरेलको दाङ्ग मात्र होइन सबै पार्टीका ठुला नेताको चुनावी क्षेत्रमा देशी बिदेशी लगानीबाट को कहाँ पाखा लाग्छन् त्यो कुरा  भन्न नसकिने र नजर अन्दाज गर्न सकिने अवस्था छैन  ।         किन चितवन मै एमालेले आफ्नो दशौ महाधिवेशन गर्न खोज्यो ?  कुरो स्पष्ट छ  देशमा दुई नेताको टसल छ । मलाई प्रधानमन्त्रीबाट हटाउने प्रचण्ड हुन् भन्ने निष्कर्ष खड्ग ओलीको छ । ओली माधवकुमार नेपालसँग भन्दा पनि प्रचण्डसंग रिसले चुर चुर छन् । सपना जपना सबै प्रचण्डलाई सिध्याउने , चुनावबाट जसरी पनि हराउने योजना ओलीको छ । त्यसैले एमालेको पुरा शक्तिलाई आक्रोशित बनाउने र आपूm मरे पछि पनि प्रचण्डसँग पार्टी एकता नहोस भन्ने इगो खड्ग ओलीमा देखियो नत्र बुटवलमा गर्न लागेको महाधिवेशन किन  चितवनमा सार्नु प¥यो ? एमाले जनले पनि बुझेर भिडन्तको राजनीति भन्दा पनि लोकतान्त्रिक हुनु पर्दैन थियो ? मेरो मतलब चितवनमा महाधिवेशन गर्न नै नहुने भनेको होइन पहिला नै चितवनमा महाधिवेशन गर्ने भनेर भनेको भए के हुन्थ्यो र ? यो त् सबैले बुझ्ने कुरा हो  – चितवनमा २ नेताको भाले जुधाई बाहेक केही हुँदै होइन ।          ओलीको साथमा  रहेका पूर्व माओवादी नेता रामबहादुर थापा बादल प्रचण्डका कक्षागत साथी हुन् ।  जनयुद्धमा उनको अथक योगदान रहयो तर पनि बादल  नैतिकवान नेता होइनन् ।  जनयुद्ध कालमा यौन काण्डमा मुछिएका नेता हुन् । प्रचण्डले बाबुरामलाई काखी च्यापेको भनेर बारम्बार प्रचण्डको आरिस गर्ने नेता बादल हुन् ।  उनी सफल र लोकप्रिय छंदै छैनन् । उनकै सल्लाहमा ओलीले यो निर्णय गरेको भए पनि ओली जस्तो राजनेता भनेर पÞmुर्काईएका नेताले चितवनमा महाधिवेशन गर्न हुँदैनथ्यो । बादलको भर पर्दा ओली डुब्ने पक्का छन् ।  चितवन कुरू क्षेत्र बन्दैछ ।  चितवनवासी त्रसित छन् ।  कुरू क्षेत्रमा भोलि जे पनि हुन सक्छ  ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्