IMG-LOGO

माक्र्सको अन्त्येष्टिमा फ्रेडरिक एंगेल्सको ऐतिहासिक भाषण

 मंगल, कार्तिक ९, २०७८                अनुवाद  प्रज्ञान शर्मा

  माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सको निधन सन् १८८३ मार्च १४ मा भएको थियो । माक्र्सको निधनपछि १७ मार्चमा उनको अन्त्येष्टी गरिएको थियो । अन्तेष्टीका क्रममा अनन्य मित्र फ्रेडरिक एंगेल्सले कार्ल माक्र्सका योगदानहरुबारे गहन मन्तव्य प्रस्तुत गरेका थिए । पाठकहरुलाई जानकारीका लागि उक्त भाषणको नेपाली अनुवाद प्रस्तुत गरेका छौं– सम्पादक १. १४ मार्च, दिउँसो २ः४५ बजे, जीवित महान् विचारकले अब विचार गर्ने कुराको अन्त्य भएको थियो । उहाँलाई मुस्किलले दुई मिनेटको लागि एक्लै छोडिएको थियो । फर्किदा हामीले उहाँलाई आफ्नो आराम कुर्सीमा शान्तिपूर्वक निदाइरहेको देखेका थियौँ तर सदाको लागि । यो मानिसको मृत्युले युरोप तथा अमेरिकामा रहेका सम्पूर्ण सर्वहारा क्रान्तिकारीहरूमा र ऐतिहासिक विज्ञान, दुवै पक्षमा अकल्पनीय क्षति भएको छ । उहाँको मृत्युले यी क्षेत्रहरूमा उत्पन्न भएको अभाव छिट्टै सबैलाई महसुस हुने गरी देखिनेछ । २. जसरी डार्विनले जैविक विकासका नियमहरूका आविष्कार गर्नुभएको थियो, त्यसै गरी माक्र्सले मानव इतिहासको मार्ग निर्देशक सिद्धान्तको खोजी गर्नुभएको थियो । विचारधाराहरूले अतिशयोक्तिपूर्ण जञ्जालमार्फत दबाइएका यो सिधा तथ्यको राजनीति, विज्ञान, कला, धर्म आदिको उपभोगले पूर्व मानव सभ्यता भोजन, पानी, कपडा र घर प्राप्त गरी जीवन धारणाको तत्कालीन भौतिक संसाधनको उत्पादन र यो प्रक्रियामा एक युगद्वारा आर्जित आर्थिक विकासको जगमा राज्यसत्ताको विभिन्न संस्थाहरू न्याय बोध, कला र यतिसम्म कि धर्म विचारको जन्म भएको हो। यही सत्यको प्रकाशमा नै माक्र्सलाई बुझ्नुपर्छ, न कि त्यसको विपरीत तरिकाले, जसरी अहिलेसम्म बुझी राखिएको छ । ३. यति मात्र होइन, माक्र्सले छोटो समयमा यस्तो एउटा नियमको आविष्कार गर्नुभएको थियो, जुन विद्यमान पूँजीवादी उत्पादन प्रणाली र त्यसको उपज बुर्जुवा समाजलाई सञ्चालित गरिराखेको छ। अतिरिक्त मुल्य ९कगचउगिक खबगिभ० को खोजले एकाएक ती समस्यालाई उजागर गरिदियो, जसको समाधानका लागि जुटिरहेका बुर्जुवा अर्थशास्त्री तथा समाजवादी आलोचक दुवैको पूर्ववर्ती खोज अँध्यारोमै रुमल्लिइ रहेको थियो । एक मानिसको जीवनका लागि यही दुवै खोज पर्याप्त थियो । आफ्नो जीवनमा एउटा मात्र आविष्कार गर्नु पनि ठूलो उपलब्धी मानिन्छ । तर माक्र्सले धेरै क्षेत्रहरूमा प्रवेश गर्नुभएको थियो । ४. ती क्षेत्रहरूमा उहाँ सतहमा मात्र सीमित नभई, गहिराइसम्म खोज गर्नुभएको थियो। यतिसम्म कि गणितीय विधामा पनि उहाँले मौलिक आविष्कार गर्नुभएको थियो । यस्तो हुनुहुन्थ्यो उहाँ विज्ञान मानव परन्तु यी यहाँका व्यक्तित्वको आधा परिचय पनि होइन। माक्र्सको लागि विज्ञान, एक ऐतिहासिक रूपबाट गतिशील क्रान्तिकारी शक्ति बन्यो। यहाँलाई कति धेरै आनन्द आयो होला, जब उहाँले सैद्धान्तिक विज्ञानको क्षेत्रमा नयाँ खोजको स्वागत गर्नुभयो। जुन व्यवहारिक कार्यको बुझाई सायद आजसम्म असम्भव रहेको थियो। उद्योग र अरू सामान्य ऐतिहासिक विकासको आविष्कारले जब त्यसको लक्ष्य निर्धारण गर्छ, तब उहाँलाई असीमित आनन्द आउने गथ्र्यो । ५. उदाहरण स्वरूप, उहाँले विद्युतीय क्षेत्रको हालैका खोज र मार्शेल दर्पेजको सिद्धान्तबारे गहन अध्ययन गर्नुभएको थियो । माक्र्स सबैभन्दा पहिले क्रान्तिकारी हुनुभएकोले, उहाँको जीवनको वास्तविक मिसन भनेकै, कुनै न कुनै रूपमा रहेको पूँजीवादी समाज तथा ऊद्वारा निर्मित राज्यसत्ताका संस्थाहरूको विनाश गरी आधुनिक सर्वहाराको मुक्तिमा योगदान गर्नु थियो । उहाँ पहिलो मानव हो, जसलाई सामाजिक स्थिति र जरुरतको ज्ञान थियो र त्यसबाट मुक्त गर्न सकिने परिस्थितिबारे पनि सजग हुनुहुन्थ्यो । संघर्ष नै यसको उपयुक्त विधि हो। उहाँ असीमित जुनून, ताकत तथा कामयाबीको साथ लड्नुभयो, जोसँग बहुत कम मानिस मुकाबिला गर्न सक्छन् । ६. उहाँको कामबारे राइन समाचारपत्र ९१८४२०, पेरिस वोरर्कष ९१८४४०, ड्योच ब्रुजेर समाचार पत्र ९१८४७०, नयाँ राइन समाचार पत्र ९१८४८–४९०, न्यू योर्क द्रिब्यून ९१८५२–६१० जस्ता कृर्तिमार्फत र विद्रोही पोष्टरहरुको पूरै शृंखला निकाली पेरिसको संगठनमा निरन्तर योगदान र अन्ततः यी सबै विषयलाई उचाइमा पुर्याउँदै मजदूरको अन्तर्राष्ट्रिय संगठन ९क्ष्लतभचलबतष्यलब िधयचपष्लन ःभल’क ब्ककयअष्बतष्यल० गठन एक यस्तो उपलब्धि भयो, जसको संस्थापकले यदि जीवनमा यो बाहेक अरू कुनै काम नगरेको भए पनि उसको गर्वको सीमा हुने थिएन । यसकारण माक्र्स आफ्नो समयमा सर्वाधिक घृणित र छोडिएको मानिस थिए । निरंकुश र गणतान्त्रिक दुवै सत्ताले, उनीलाई आफ्नो क्षेत्रमा निर्वासित गरेको थियो । ७. उहाँमाथि निरन्तर हमलाको दौरान कन्जरभेटिभ ९ऋयलकभचखबतष्खभ० र अति जनवादी बुर्जुवा सहयोद्धा बने। उहाँले यो कुराको कहिल्यै पर्वाह गर्नु भएन  र यसलाई निरर्थक सम्झिँदै नजरअ अन्दाज गर्नुहुन्थ्यो। र अत्यावश्यक पर्दा मात्र जवाफ दिन उचित ठान्नुहुन्थ्यो। उहाँको मृत्यु साइबेरियाबाट क्यालिफोर्निया ९अबषियलष्ब० सम्मको खानी यूरोप ९भ्गचयउभ० अमेरिकाका सबै हिस्सामा रहेका लाखौँ सहयोगी क्रान्तिकारी योद्धाको लागि शोकको क्षणमा परिणत भयो। किनकि माक्र्स उहाँहरू सबैको हृदयमा बास गरी प्रेरणाको श्रोत हुनुहुन्थ्यो। अर्र्को कुरा दुस्साहसपूर्वक के भन्न सक्छु भने, उहाँका विरोधीको संख्या धेरै भएता पनि उहाँका व्यक्तिगत शत्रु एउटा पनि थिएनन् । ८. उनको नाम युगौँसम्म भुल्न सकिने छैन र यसै गरी उनको काम पनि ।        

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्