IMG-LOGO

आजाद माध्यमिक विद्यालय, बनेपा (२००७÷२०१८) एक सिंहालोकन

 मंगल, असोज १९, २०७८  प्राध्यापक डा. उत्तमकृष्ण कर्माचार्य

वि. सं. २०१८ साल एस. एल. सी उत्तीर्ण विद्यार्थी      आजाद माध्यमिक विद्यालय स्थापना काल २००७ सालमा मैंले कक्षा एकमा भर्ना पाएको थिँए । मलाई भर्ना गर्नको लागि मेरी आमा बनेपाको दछुटोलको विद्यालय (राजदास वादे श्रेष्ठको घरमा) आपैm पुग्नुभएको थियो । मलाई सम्झना भएअनुसार त्यो दिन २००७ सालको फागुन ७ गते नै हुनुपर्दछ । २००७ सालताका हामीले विद्यालय पढेको बेलामा कापी, कलम जस्ता साधारण कुराहरुको पनि व्यवस्था भएको थिएन । कक्षा एक र दुई सम्म पढेको बेलामा हामीले किताव कलमको रुपमा गोरङ्ग मै प्रारम्भिक क, ख, ग.....÷अ, आ, इ....बाट नेपाली भाषा र १ ,२ , ३.... गरि गणितका साधारण हिसावहरु सिकेका थियौं । पछि हामीले चार÷पाँच कक्षामा साधारण कापी, कलमको प्रयोग गरी आधारभूत पुस्तक ठूलो वर्णमाला पढ्ने मौका पाएका थियौं । मलाई सम्झना भए अनुसार पाँच कक्षासम्म ठूलो वर्णमालामा भएकै नेपाली भाषाका आधरभूत ह«स्व–दीर्घका कुराहरु, वर्णमालामा भएको एक देखि हजार सम्मको पाहडी पढ्को थिएँ । कक्षा पाँच पछि अरु साधारण नेपाली र गणितको पुस्तकहरु पढ्ने मौका मिल्यो । शिक्षकहरुको सन्दर्भमा हाम्रो संस्थापक प्रधानाध्यापक भरतराज श्रेष्ठ हुनुहुन्थ्यो र उँहा सँगै अरु दुई–चार जना एस.एल.सी योग्यता भएका शिक्षकहरु हुनुहुन्थ्यो ।त्यो बेलामा योग्यता भन्दा अनुभवकै कदर हुन्थ्यो । हाम्रो बेलाका शिक्षकहरुले कक्षा ७÷८ काठमाडौं र पाटन बाटै पास गर्नुभएका थिएं । मलाई अरु शिक्षकहरुको सम्झना भएन तर हाम्रो ३००७ साल देखि २०१२ सालसम्मको प्राथमिक कक्षामा राजेन्द्र गोविन्द जोशी नै मुख्य शिक्षकको रुपमा हुनुहुन्थ्यो । उहाँले पनि पाटनमा केहि वर्ष अध्ययन गरी बनेपामा आउनु भई विद्यालयमा काम गर्नुभएका रहेछन् ।      मलाई सम्झना भए अनुसार २००७ साल देखि २०१८ सालसम्मको अवधिमा आजाद माध्यमिक विद्यालय सुरुका करीव ५ वर्ष ‘राजदास वादे श्रेष्ठ’ कै घरमा संचालन भएको थियो । त्यसपछि केहि वर्ष बनेपा दछुटोलको भग्वानवहालमा संचालन भएको थियो । मैंले प्राथमिक शिक्षा पछि ६÷७ कक्षा सम्म उक्त वहालकै स्कूलको रुपमा अध्ययन गरेको थिँए । केहि वर्ष पछि ठाँउको अभावले गर्दा मैंले ८–१० कक्षा सम्म चण्डेश्वरी मन्दिरको सतलमा अध्ययन गरेको थिँए । यँहा अध्ययन गरेको करिव ३ वर्ष पछि मैंले एस. एल. सीको टेष्ट् परिक्षा उत्तीर्ण गरें। हाम्रो समूहले यस परीक्षा दिने बेलामा आजाद माध्यमिक विद्यालयको प्रधानाध्यापक स्व. हरिभक्त प्रधान हुनुहुन्थ्यो । हामीले एस. एल. सी दिने बेलामा हामीले ग्¥याजुएट शिक्षकहरुबाट अध्ययन गर्ने मौका पाएका थियौं । २०१५ साल देखि हामीले स्नातक शिक्षकहरुबाट अध्ययन गर्ने मौका पाएका थियौं । मलाई सम्झना भए अनुसार उहाँहरु स्व. हरिभक्त प्रधान, स्व. आसाकाजी सेवक, स्व. रामभक्त कोख श्रेष्ठ र श्री ज्ञानकाजी मानन्धर हुनुहुन्थ्यो । हामीले परिक्षा दिएको बेलामा उहाँहरुले अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र अरु विषयहरु अध्ययन गर्नुको लागि धेरै सहयोग गर्नुभएको थियो । उहाँहरु कै सहयोगबाट आजाद माध्यमिक विद्यालयबाट एस. एल. सी दिएका पाँचौ समूह २०१८ सालमा सत प्रतिशत सफल भएका थियौं । हाम्रो सफलतामा सो बेलाका शिक्षकहरु प्रति हामी निकै कृतज्ञ र आभारी छौं । आजाद माध्यमिक विद्यालयबाट पहिलो पटक २०१४सालमा एस. एल. सी उत्तीर्ण गर्नुहुनेमा स्व. विष्णुप्रसाद सेवाचार्य, स्व. गंगा बहादुर चौधरी हुनुहुन्थ्यो । त्यसपछि ः २०१५ सालमा – स्व. यादबलाल सिकु श्रेष्ठ, स्व. पुष्प राज कायस्थ २०१६ सालमा – गंगा सागर श्रेष्ठ २०१७ सालमा – हरिराज श्रेष्ठ, जुजुभाई पोटे श्रेष्ठ २०१८ सालमा – स्व. केदारनाथ प्रधान, ज्वाहरलाल पलाञ्चोेके, म आपैm उत्तम कृष्ण कर्माचार्य, पदम दयाल वादे, गोविन्द लाल प्रधानाङ्ग, स्व. कृष्णगोपाल श्रेष्ठ, हरिभक्त भोछिभोया, नारायण प्रसाद तौजले, स्व. मणिराज कायष्ठ । ऐतिहासिक पृष्ठभूमि    वि. स. १९९४ सालमा महावीर स्कूलको शाखाको रुपमा सहिद धर्मभक्त माथेमाले उद्घाटन गर्नुभएको तथा सहिद शुक्रराज शास्त्रीले समेत अध्यापन गराउनु भएको चण्डेश्वरी विद्या मन्दिरले नेपाली र संस्कृत भाषाको पढाई सुरु भएको थियो । त्यस समयमा आजाद माध्यमिक विद्यालयमा अङ्ग्रेजी भाषाको पठनपाठन शुरु गरी शिक्षाको विकास गर्न महत्वपूर्ण योगदान दिएको थियो ।    वि. सं. १९९५ सालमा शिक्षक श्री खड्गलाल श्रेष्ठको नेतृत्वमा एक गाँउमा एक वर्ष बस्ने गरी सञ्चालित टेक्निकल घुम्तिफिर्ती स्कूलले चण्डेश्वरी स्कूल र दलानकाजी (पूर्णकाजी राजवंशी)को घरमा गरी दुई ठाँउमा स्कूलको सञ्चालन ग¥यो ।    वि. सं. १९९७ सालको काण्डपछि सबै किसिमका अङ्ग्रेजी शिक्षा बन्द भएपछि सो स्कूल पनि बन्द भयो ।    वि. सं. १९९८ सालमा साहेबज्यू श्री हरिविक्रमको स्मृतिमा बनेपामा श्री हरि अमृत धारा’ स्थापना गरेपछि बनेपामा महिलाहरुले पनि शिक्षा हासिल गर्ने मौका पाएका थिएं ।    वि. सं. २००१ सालमा तान चलाउन, सीप सिकाउन र अङ्ग्रेजी तथा गणित पढाउन थालिएको थियो ।    वि. सं. २००३ सालमा चण्डेश्वरी आधार स्कूल खोलियो र गोविन्दलाल श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, हरिबहादुर श्रेष्ठ आदि शिक्षाप्रेमीहरुद्वारा आ–आÏना घरमा अङ्ग्रेजी पढाउने काम भयो ।    वि. सं. २००६ सालमा भरतराज श्रेष्ठले आÏनो मामाघरमा अङ्ग्रेजी पढाउन सुरु गर्नुभएको थियो ।    वि. सं २००७ साल फागुन २५ गते स्थानीय समाजसेवी श्री राजदास वादे श्रेष्ठको घरको उत्तरपट्टिको पेटीलाई मञ्चको रुपमा प्रयोग गरी भुतपूर्व वाणिज्यमन्त्री गणेशमान सिंहले उद्घाटन गर्नुभएको यस विद्यालयको तत्कालिन नाम ‘आजाद स्कूल’ थियो ।    वि. सं २००७ सालमा समाजसेवी श्री राजदास वादे श्रेष्ठको घरको छिँडीका ४ कोठामा सुरु गरिएको पाठशाला कक्षा थपिँदै गएपछि राजदासकै घरका अरु दुई कोठा पनि लिइएको र पछि गोपालदास वादेको दलान बैठक कोठा समेत लिई विद्यालय सञ्चालन गरिएकोमा वि. सं. २०११ सालमा सो विद्यालय चण्डेश्वरी मन्दिरको पाटीमा सारिएको थियो ।    स्थापना कालमा कक्षा एक देखि कक्ष्ाँ चार सम्मको पढाइ भएको र २००८ सालमा माध्यमिक विद्यालय स्तरको स्विकृती पाएको थियो । स्थापना काल देखि विद्यालय सञ्चालनमा कार्यरत रही सेवा पु¥याउनु हुने शिक्षाप्रेमी तथा समाजसेवीहरु स्व. राजदास वादे श्रेष्ठ, स्व. भरतराज श्रेष्ठ तथा स्व. गोविन्दलाल श्रेष्ठ हुनुहुन्थ्यो । शिक्षण सेवामा प्र.अ. श्री भरतराज श्रेष्ठ, स.प्र.अ. श्री गोविन्दलाल श्रेष्ठ, शिक्षक स्व. हरिकृष्ण श्रेष्ठ तथा शिक्षक श्री राजेन्द्र गोविन्द जोशी हुनुहुन्थ्यो ।    वि. सं. २०११ सालमा सो विद्यालय चण्डेश्वरी मन्दिरको पाटीमा विद्यालय सञ्चालन गर्दा मन्दिरको पूजा–आजा र भोजका बेलामा विद्यालय बन्द गर्नुपर्ने कठिनता आएपछि वि. सं. २०१५ सालमा यस विद्यालयलाई भोलखाटोल कुष्णभक्त कायस्थको घरमा सारियो । पछि यसलाई भोलखाटोलकै बहिलमा विद्यालयलाई सारियो ।    वि. सं. २०१७ सालमा विद्यालयका निम्ति जग्गा पर्याप्त नभएको कारण प्राथमिक तह हटाई पुन चण्डेश्वरी मै सारियो ।    वि. सं. २०१९ सालदेखि हाल अवस्थित स्थानमा विद्यालय आÏनै भवनमा सञ्चालन हुन थाल्यो । आपूmले १० वर्ष अध्ययन गरेको विद्यालयमा पढाउने शुभ अवसर नमिले पनि वि. सं. २०१९ सालमा स्थाई रुपमा अवस्थित विद्यालयको भवनमा मेरो स्नातकोत्तर अध्ययन पछि त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र अध्ययन संस्थाको नयाँ शिक्षा लागु भएपछि अन द स्पट शिक्षक तालिम केन्द्रको प्रमुखको रुपमा शिक्षक तालिम सञ्चालन गर्ने मौका पाएको थिए । तालिम कार्यक्रम सञ्चालन भईरखेको सिलसिलामा पाइलट योजनाका रुपमा सञ्चालन भएको राष्ट्रिय विकास सेवा ९ल्म्क्०कार्यक्रमको जिल्ला भरि सञ्चालन भएको १ वर्षीय कार्यक्रममा राष्ट्रिय विकास सेवा निर्देशनालय कित्र्तिपुरको काभे्र जिल्लाको सुपरभाइजरको रुपमा काम भने गर्ने मौका पाएको थिए । उपरोक्त कार्यक्रममा पहिलो पटक जिल्ला बाहिर एक वर्ष खटिएका विभिन्न स्नातकोत्तर विषयका महिला विद्यार्थीहरुलाई एक वर्षको लागि काभे्र जिल्लामा पहिलो पटक खटाइएको थियो । सो कार्यक्रम सम्बन्धीको जिल्लास्तरीय बैठक आजाद माध्यमिक विद्यालयमै सञ्चालन गर्ने मौका मिलेको थियो । गस कार्यक्रम अन्तरगत उक्त कार्यक्रममा महिलाहरुको सहभागिताको अवलकन तथा निरिक्षणका लागि त्रि. वि. शिक्षाशास्त्रको पूर्व डिन स्व. पान्नलाल प्रधान र सहायक डिन म्याडम ऋजबलमचब पष्चबल बराम्बार भ्रमणमा पनि आउनुहुन्थ्यो । उक्त कार्यक्रमको वार्षिक मूल्याङ्कन तथा सहभागिताहरुलाई प्रशंसा पत्र वितरण कार्यक्रम धुलिखेल जिल्ला कार्यलयमा आयोजना गरिएको थियो । यस कार्यक्रममा पूर्ण उपकुलपति स्व. सूर्यबहादुर शाकय र मानविकीको पूर्व डिन प्रा. डा. प्राथिवेश्वर तिमिल्सिना पनि उपस्थित भई जिल्लामा स्नातकोत्तर छात्राहरुले एक वर्षसम्म गरेका कार्य÷उपलब्धिहरुका मूल्याङ्कन र प्रशंसा गरि प्रशंसा पत्र पनि वितरण गरिएको थियो । मलाई सम्झना छ वि. सं. २०१९ सालमा आजाद माध्यमिक विद्यालयको स्थाई नयाँ भवन निर्माणको क्रममा जगको निर्माण गर्ने बेलामा हामी विद्यार्थीहरु सबै मिलेर ढुङ्गा, इट्टा ओसारी सहयोग गरेका थियौं । तर यो भवन नेपालमा आएको विनाशकारी महाभूकम्पमा जगै देखि नै भत्किन पुगेको थियो । यस बारेमा बु¤न २÷३ पटकै जसो विद्यालय पनि पुगेको थिए । यसै सिलसिलामा भगनावेश विद्यालयलाई जापान सरकारको सहयोगमा पुननिर्माण गरिने भनिएपनि विभिन्न कारणहरुले यस विद्यालयको भवन पुननिर्माण हुन सकेको थिएन । पछि भारत सरकारको सहयोगमा यस विद्यालयको भवन पुननिर्माण पुरानै नक्सा अनुसार सम्भव भएको हो । हाल यस नवनिर्मित भवनको हस्तानतरण कार्यक्रम मात्रै बाँकी रहेको जानकारी प्राप्त गरेको छु । विद्यालयको अवलोकन तथा हालका गतिविधिहरु बारेमा जानकारी लिन विद्यालयमा पुग्दा हालका सहायक प्र. अ. श्री श्यामकृष्ण मानान्धर तथा व्यवस्थापन अध्यक्ष श्री मुकुन्द तिमिल्सिनासंग भेट भएको थियो । विभिन्न कारणवस प्र.अ. श्री रामनारायण श्रेष्ठसंग भेट हुन भने सकेन । तर सहायक प्र.अ., व्यवस्थापन अध्यक्ष तथा हाल कार्यरत शिक्षकहरुले भने विद्यालयको वर्तमान अवस्थाको बारेमा जानकारी दिनुभयो र वि. सं. २०६० सालमा विद्यालयको स्वर्ण महत्स्वको उपलक्ष्यमा प्रकाशित स्मारिका पनि मलाई प्रदान गर्नुभयो । यस स्मारिकामा स्थापनाकाल देखि वि. सं. २०६० सालसम्म यस विद्यालयबाट एस. एल. सी. परिक्षा उत्तीर्ण गर्नुभएका विद्यार्थीहरुको नामवली पनि प्रकाशन गरिएको थियो । यस प्रकाशन पढी मलाई यस विद्यालयबाट एस. एल. सी. परिक्षा उत्तीर्ण गर्नुभएका विद्यार्थीहरुको पुनमिलन तथा विद्यँलयको विकास र प्रर्बधनको लागि के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरिए उपयुक्त होला भनि मेरो मनमा लागेको यसको थियो । त्यसैले एस. एल. सी. उत्तीर्ण १०÷१० वर्ष विद्यार्थीहरुको ग्रुप बनाएर अघि बढ्ने प्रस्ताव मैंले सहायक प्र.अ. र व्यवस्थापन अध्यक्ष समेक्ष राखेको छु । यस्ता कार्यक्रमहरुले विद्यालयको निरन्तर विकासमा टेवा पुग्ने मैंले विश्वास लिएको छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्