नेपाली काँग्रेस १૪औँ महाअधिवेशन बनेपा नगर समितिका नव निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना कार्यक्रममा पद एवं कार्यभार हस्तान्तरण औपचारिक कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न भयो । अग्रज मान्यवर नेताहरूले पूर्व कार्य समितिलाई धन्यवाद ज्ञापन, नयाँ कार्य समितिलाई बधाई एवं कार्य सफलताको शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले दिनु भएको मन्तव्य बिचारलाई मैले यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठानेको छु । प्रमुख अतिथि आफ्नो मन्तव्यको क्रममा निकै सुस्तताका साथ अगाडि बढ्नु भएको थियो । उहाँले बोल्ने क्रममा घाँटीमा समस्या रहेको हुँदा आफ्नो आवाज कमजोर भएको छ यसलाई बोलेर नै ठिक पार्नु पर्छ भनेर आफ्नो भनाइहरू राख्नु भएको थियो । नेपाली काँग्रेसको १૪औँ महाअधिवेशनको बारेमा भए गरेका गतिविधि समग्र रूपमा नेपाली काँग्रेसको माथिल्लो तह केन्द्र देखि साधारण सदस्यहरूको जिम्मेवारी के हो ? हाल नवीकरण भएका क्रियाशील सदस्य र थप नयाँ सदस्यहरूको काम कर्तव्यको बारेमा चर्चा गर्नु भयो । उहाँले आफ्नो जिम्मेवारी देखि नेपाली काग्रेसहरुमा हुनु पर्ने वाञ्छनीय योग्यता र नैतिक जिम्मेवारीको कुरा उठाउनु भयो । पार्टीको बारेको विगत देखि हालसम्मको यथास्थिति वर्णन गरे । नेता देखी कार्यकर्ताहरू शिल स्वभाव र नेपाली काँग्रेस भन्नेहरूको चरित्रको बारेमा पनि टिप्पणी भयो । आफूले गर्दै आएको भूमिका र अहिले पार्टी नगर कमिटी कार्यकर्ताले बेहोर्नु परेको यथास्थितिको बारेमा चर्चा परिचर्चा समग्र नेपाली काँग्रेसको जिल्ला देखी केन्द्र सम्मको आफ्नो अनुभव उक्त कार्यक्रममा राखिएको थियो । नेताहरूको भाषण सुन्दा बुझ्न जति सजिलो र सरल हुन्छ । तर तिनीहरूको दाउपेच रणनीति बुझ्न त्यति सरल र सजिलो भने हुँदैन । आफ्नो भित्र आफ्नैलाई जुधाएर सिँढी चढ्न जान्नेहरू नै नेता बन्ने हुन् । मैले गल्ती गरेको छैन । एउटै मञ्चमा बसेर आमुन्ने सामुन्ने आरोप र प्रत्यारोप भाषण गर्न सक्ने नेताहरूले वास्तवमा गल्ती कस्को थियो ? कमजोरी पत्ता लगाएर समस्या समाधान खोज्दैनन् । गुट र उपगुटको राजनीति भित्र आफूलाई फाइदा हुने कुरामा सधैँ आफ्ना कार्यकर्ताहरूलाई उक्साई रहेको हुन्छ । नेपाली काँग्रेसको इतिहासमा नेपाली काँग्रेस कमजोर छैन तर आफ्नै कार्यकर्ता नेताहरू बिच समन्वय हुन नसक्नुले काँग्रेस कमजोर भएको हो । हाम्रो यही विडम्बनाले देशमा अन्य पार्टीहरूको उदय भएको मान्न सकिन्छ । नेपाली काँग्रेसको बाहुल्यता भएको क्षेत्रमा अन्य पार्टीहरूले चुनाव जित्नु अनि नेपाली काँग्रेस भित्र घात प्रतिघात अन्तरघातको कुरा उठाएर रिस फेर्नु नेताहरूको चरित्र सबैले देखेका छन् । पार्टी भित्र गुट, उप–गुट सिर्जना हुनुको कारणले गर्दा समग्र काँग्रेस कमजोर भएको हो । कार्यक्रम सभामा प्रमुख अतिथि हुमागाईँले भर्खरै चुनावका विजयी सभापति महेश कर्माचार्य र शान्तिरत्न शाक्यलाई सबैको सामु दुई प्रतिस्पर्धी उमेरदार दुवैको हात मिलाउन लगाएर दुवैको हात उहाँले समाएर मञ्चबाट उचाल्न लगाउँदै नै हामी एक साथ छौ भन्ने सन्देश आम काँग्रेसहरुमा दिलाउन सफल भए । तर उहाँले आफ्नै मन्तव्यको क्रममा यस काभ्रेको चुनावमा म आफू जहाँ जहाँ सक्रिय रहे त्यहाँ त्यहाँ कार्यकर्ता मिलाएको जहाँ जहाँ वहाँलाई उपेक्षा गरियो त्यहाँ त्यहाँ चुनाव भएको प्रसङ्ग उल्लेख गर्नु भयो । बनेपा नगर चुनाव अगाडी निभाउन नसकिएको भूमिका चुनाव सकिए पछि पनि निभाउनु भएको छ । कार्य एकतामा हामी एक हुनु पर्दछ भन्ने सन्देशले गर्दा वहाँ एक विशेष र कुशल नेता हो भन्ने प्रमाणित भएको छ । चुनाव योग्य व्यक्ति छनौटको लागि हो । मेरो व्यक्ति चुन्न पक्कै पनि होइन । नेपाली काँग्रेस भित्र आफ्नो मान्छे विशेष र अरू भए निषेध हुनु हुँदैन । जितेको व्यक्तिलाई भोट दिए अर्थ ! हारेकोलाई दिए व्यर्थ पक्कै होइन । नेताहरूले तलका नेता कार्यकर्ताहरूलाई चुनावी रिस राग मेटाएर अगाडी बढेन प्रेरणा दिन सक्छन् तर आफ्नो लेबलका नेता आफूहरू भने किन मिल्न सक्दैनन् ? काभ्रेको शीर्ष नेता मधु आचार्य र शिव प्रसाद हुमागाईँ किन मिल्न सकेनन् ? सबर्त्र यही नै चर्चा छ । यी दुईको लडाई मा अब तेस्रो पक्ष नेताको उदय नहोला भन्न सकिँदैन । आफ्नो समर्थकको बढी सित लिएर वहाँहरूको लाइनमा लामा उभिएको छ । आफू भन्दा अलि तलका नेताहरूको स्वार्थ अबको स्थानीय चुनावमा देखिने स्पष्ट संकेट देखिने छ । मैले तोड्न पनि सक्छु जोडन पनि सक्छु भन्ने हाम्रा नेताले हामी लड्न लडाउन मात्र हैन हामी पनि मिल्न सक्छु भनेर किन भन्न सक्दैनन् ? जिल्ला देखि केन्द्र सम्म हातेमालो एकता नेपाली काँग्रेसमा हुन सकेको भए गुट र उप गुटको राजनीति बन्द गरी नेपाली काँग्रेस केन्द्र देखी वडा सम्म एक ढिकाको पार्टी हुन सकेको खण्डमा काँग्रेसको विकल्प यो देशमा कुनै पनि राजनीतिक पार्टी अगाडि आउन सक्दैन ।
