IMG-LOGO

हिन्दुअधिराज्य र राजतन्त्र आजको आवश्यकता

 मंगल, असोज ५, २०७८  –आरजु कुमार केसी

     मैले पुर्व प्रधानमन्त्री आदरणीय स्वर्गीय मरिचमान सिंह दाईलाई सम्झिरहेको छु।   दाईले पनि स्वर्गबाट नेपाललाई हेरी रहनु भएको छ भन्ने मेरो विश्वास छ ।  हिन्दु र राजतन्त्र बिनाको यो देश आज देश कहाँ बाट कहाँ पुग्यो ? बिकटको एउटा जनताको छोरो तपाइले सम्हाल्नु भएको स्वाभिमान, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता आज धुजा धुजा भयो मरिचमान दाइ । शिक्षा स्वास्थ्य र रोजगारी – राज्यको दायित्व । गाँस बास र कपास  –  राज्यको दायित्व । समृद्ध शान्तिक्षेत्र नेपाल – राज्य प्रणालीको अंगिकृत मार्ग निर्देशक । यहि त बिस्तापित भयो दाइ, देशमा राजनीतिक प्रणाली परिवर्तनको नाउँमा । म सम्झन्छु हरेक सनिवार हजुरसँग पलपल चुरोटको धुवाँ उडाउँदै दाजुभाईले गरेका देशको चिन्तन र हजुरको प्रेरणादायी बिचारहरुको सम्झना भित्र अझै नेपाल आमालाई पुनर्जिवन दिने प्रयासमा छौ हामी जस्ता थुप्रै हजुरका भाइहरु लागि परेका छौ ।“ ०४६ साल, दरवार हत्याकाण्ड र राजाबाट संसद पुनर्स्थापना हुनु सम्मको बिषयमा चर्चा हुदा हजुरले भन्नु हुन्थ्यो ः  “ यो हाम्रो आस्था र राष्ट्रिय अस्तित्व माथि भारतिय काँग्रेस आइ र साम्राज्यवादीहरुको प्रहार हो“ ।      नेपाललाई भारतमा गाभ्ने काँग्रेस आइ र “ र “ को निरन्तरको गुरुयोजना । र नेपाललाई आफ्नो उपनिवेश बनाइ चिन र भारतलाई सिध्याउने अमेरिकी “ सि आइ ए “ को दिर्घकालिन रणनीतिको उपज हो “ । “ समय आए पछि उनिहरुको परिक्षण डिसमिस हुन्छ त्यसैले म निस्क्रिय बसेको “ भन्नुहुन्थ्यो ।  देशको यो अवस्था देखेर दिक्क लाग्छ दाई ।  तपाइको तस्बिर हेर्दा पनि हामीलाई उर्जा मिल्छ – देशाभाक्त्ति र स्वाभिमानको ।  जय हिन्दु धर्म जय देश , जय जनता जय राजतन्त्र ।               – पनौती मल्पी , काभ्रे (लेखकका निजि विचार हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्