IMG-LOGO

आज बाल दिवस, बाल अधिकारका कुरा

 मंगल, भदौ २९, २०७८  गंगा ढुङ्गाना

     आज भाद्र २९ (सेप्टेम्बर १४) अर्थात राष्ट्रिय बालदिवस “सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ मनाइदै छ । सामान्य अवस्थाको अलावा विपत, महामारी (हाल देखा परेको कोभिड) मा बालबालिका झनै पिडामा रहेका छन् । बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण हो । जब बालक जन्मन्छ तब ऊ आफ्नो अधिकारमा रमाउन चाहन्छ । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, अनुकूल वातावरण आदि उसका नैसर्गिक अधिकार हुन् । भनिन्छ बालबालिकाहरु भविष्यका कर्णधार हुन् । उनीहरुको सवाङ्गीण विकास बिना देश विकासको परिकल्पना गर्नु निर्रर्थक हुन्छ । बालबालिका देशका भावी निर्माता हुन् । देशका भावी निर्मातालाई उमेरका कारणले मात्र विभिन्न अधिकारबाट वञ्चित गरिनु न्यायोचित नहुने तथा स्वस्थ र शिक्षित देश निर्माणको लागि पनि राज्यले बालबालिकालाई अधिकार प्रदान गर्नु पर्दछ । तर मूल कुरा बाल दिवस कुन दिन मनाइन्छ भन्ने मात्र होइन । यस्ता दिवसहरूलाई वास्तविक रूपमा तमाम नेपाली बालबालिकाको प्रत्याभूत गराउन सकिएन भने विगत र वर्तमानको  खासै अन्तर हुनेछैन ।      बालदिवस कस्तो हुनुपर्दछ त वा भनौं बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रूपमा उठिरहेको विषय हो । तर पनि हामीले बालदिवसलाई बेसी औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्त्वपूर्ण दिवस हो । अहिलेको सन्दर्भमा बाल सहभागिताको कुरा सहज र सरल भाषामा उनीहरूबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो , प्रक्रिया के हो र उनीहरूलाई त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य रहेको छ । जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन । यसका लागि केन्द्र देखी स्थानिय तह सम्मका यस क्षेत्रमा क्रियाशिल बालअधिकारकर्मी, गैरसरकारी संस्थाहरू सरकारका विभिन्न निकायहरू ,मन्त्रालय लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ । लाखौं बालबालिका अझै पनि आफ्नो अधिकारबाट वञ्चित भएका छन् । जब प्रत्येक सरकार र प्रत्येक नागरिकले बाल अधिकार सम्बन्धित आफ्नो सम्पूर्ण कर्तव्यको पालना गर्दछ र प्रत्येक बालबालिकाले ती अधिकारहरू दावी गर्न सक्दछ तब मात्र बालअधिकारले पूर्ण रूपमा सुनिश्चित हुनेछन ।      नेपालको संविधान २०७२ मा बालबालिकाको हक धारा ११ को उपधारा ४ बमोजिम नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ । धारा ३९ बालबालिकाको हक १) प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक हुनेछ । २) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन, पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तीत्व विकासको हक हुनेछ । ३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ । ४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी व यस्तै अन्य जोखिमपुर्ण काममा लगाउन पाईने छैन । ५) कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाईने छैन । ६) कुनैपनी बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारले शोषण गर्न वा अनुचित प्रयोग गर्न पाईने छैन । ७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाईने छैन । ८) प्रत्येक बालबालिकालाई बाल अनुकुल न्यायको हक हुनेछ । ९) असाहाय, अनाथ, अपाङ्गता भएका, द्धन्दपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ । १०) उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ती पाउने हक हुनेछ । धारा ५१ राज्यका नितिहरू ः झ को उपधारा ३ मा भएको व्यवस्था बालश्रम लगायत श्रम शोषणका सबै रूपको अन्त्य गर्ने । राज्यका नितिहरू ः ञ को उपधारा ५ मा भएको व्यवस्था बालबालिकाको सर्वोत्तम हितलाई प्राथामिक रूपमा ध्यान दिने भनिएको छ । बेला बेलामा बालदिवसको औचित्य तथा सार्थकता माथि पनि प्रश्न नउठ्ने गरेको होइन ।       विशेष गरी बाल दिवस औपचारिकतामा मात्र सीमित रहेको र तमाम् बाल बालिकाको अधिकार प्रत्याभूतिमा असफल रहेको भनी आलोचना भएको पाइन्छ । सरकार र निजी क्षेत्र दुवै मिलेर बाल बालिकाको अधिकारको क्षेत्रमा काम गर्ने गरेता पनि बाल बालिकाको अवस्थामा अपेक्षित रुपमा सुधार आउन नसक्नुलाई मुख्य कमजोरीको रुपमा लिईएको छ। सवारी साधनमा, होटल तथा रेष्टुरेन्टमा, केही ठूला तथा साना उद्योगहरुमा बाल बालिका हरुले आफ्नो श्रम बेच्न बाध्य छन् साथ साथै दुव्र्यवहार भोग्न पनि । सडक बालबालिकाहरुको समस्या पनि धेरै बाल बालिकाहरुले दिन रात सडकमा नै बिताउछन् । बाल अधिकार बारे समकालीन विषयमा निकै चर्चा गर्ने गरिएको छ तर मानव अधिकारको क्षेत्र भित्र बाल अधिकारलाई समावेश गर्न धेरै वर्ष लागेको थियो । पश्चिममा औद्योगिक क्रान्तिको प्रारम्भिक समयमा बालकलाई एउटा सम्पत्तिको रुपमा लिइन्थ्यो ।      सन् १९२४ मा लिग अफ नेशनले पारित गरेको घोषणापत्रमा बालबालिकालाई चोटबाट मुक्ति र अरु भौतिक आवश्यकता बारे उल्लेख गरेको भएतापनि बालअधिकारलाई मानवअधिकारको रुपमा औपचारिक रुपमा सन् १९४८ को विश्व मानव अधिकार घोषणा पत्रले स्वीकारेको थियो । बालअधिकारको बारेमा चर्चा गर्दा बाल अधिकार सम्बन्धी महासन्धि १९८९ लाई महत्वपूर्ण दस्तावेजको रुपमा लिन्छौ’ जसले बालबालिकाको अधिकारको संरक्षण र सर्म्वर्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । अहिलेसम्म विश्वका सबै भन्दा बढी राष्ट्रले एकै पटक अनुमोदन गरेको महासन्धि नै बाल अधिकार सम्बन्धी महासन्धि हो । यो महासन्धि संयुक्तराष्ट्रसंघको महासभाबाट सन् १९८९ नोभेम्वर २० मा पारित भई सन् १९९० सेप्टेम्वर २ देखि लागु भएको थियो । कुल ३ खण्ड एवम् ५४ वटा धारामा विभाजित उक्त महासन्धिलाई नेपालले सन् १९९० को १४ सेप्टेम्वरका दिन अनुमोदन गरेको हो । खास गरी बालबालिकाको विकास तथा कल्याणमा इट्टा थप्ने काम यस दिवसले गरेको छ भन्दा फरक नपर्ला ।      बाल दिवसको सकरात्मक पक्ष त छ नै , सकरात्मक पक्ष हुँदा हुँदै पनि आलोचनाबाट भने पछि पर्न सकेको छैन । बेला बेलामा बालदिवसको औचित्य तथा सार्थकता माथि पनि प्रश्न नउठ्ने गरेको होइन । विशेष गरी बाल दिवस औपचारिकतामा मात्र सीमित रहेको र तमाम् बाल बालिकाको अधिकार प्रत्याभूतिमा असफल रहेको भनी आलोचना भएको पाइन्छ । सरकार अझ नजिकको स्थानीय सरकार र निजी क्षेत्र दुवै मिलेर बाल बालिकाको अधिकारको क्षेत्रमा काम गर्ने गरेता पनि बाल बालिकाको अवस्थामा अपेक्षित रुपमा सुधार आउन नसक्नुलाई मुख्य कमजोरीको रुपमा लिईएको छ । सवारी साधनमा, होटल तथा रेष्टुरेन्टमा, केही ठूला तथा साना उद्योगहरुमा बाल बालिका हरुले आफ्नो श्रम बेच्न बाध्य छन् साथ साथै दुर्र्व्यवहार भोग्न पनि । सडक बालबालिकाहरुको समस्या पनि धेरै बाल बालिकाहरुले दिन रात सडकमा नै बिताउछन् । यसलाई निराकरण गर्नका लागि सबैले बेलैमा सोच्नु जरुरी छ ।      इतिहासलाई फर्केर हेर्दा नेपालमा तत्कालिन मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो र परिणामस्वरुप भाद्र २९ गते मनाउन सुरु गरियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्