प्रचण्डले अस्ति राजधानीको एक कार्यकर्ममा भने – मने म चीनका माओतसेतुड्ड जस्तै अबका दिनमा एक्लै पर्छु कि क्या हो ? प्रचण्डको यो भनाईले उनको मनोदशा जान्न सकिन्छ । उनको आराजक र अस्थिर स्वभाव बिगत देखि हामीले देख्दै आएको हो । शान्ति प्रक्रियामा आएपछि उनले आफ्नै पार्टी जोगाउन सकेनन । प्रचण्ड बुढा भएको सन्देश हो पछिल्लो अभिव्यक्ति । बिगत देखि बिभिन्न शक्ति केन्द्र र दलहरु भित्र खेल्दै आप्mनो छवि राख्न सफल नेता हुन् प्रचण्ड । उनी अनेक शक्ति केन्द्र र दलहरु अर्काको विरुद्ध षड्यन्त्र गरेर नेपाली राजनीतिमा उनको उदय भएको हो । उनि नेता त भए तर सफल नेता बन्न सकेनन । सबैको मन राख्न सकेनन असफल नेतामा दर्ज भएका हुन् प्रचण्ड । समयले सवित गर्दैछ । उनी मनका कुरा नढाँटी भनेका हुन् अस्ती । उनी भन्थे म संसदीय भासमा जान्न संसदीय भासमा नगएको भए संसदमा यत्रो बितण्डा किन भयो ? एमाले त् संसदीय ब्यबस्था अनुसरण गरेको पार्टी हो । अहिलेसम्म यहि व्यवस्था चाहेको भए जनयुद्ध गरेर निर्दोष नागरिकको हत्या किन गरेका ? प्रचण्डलाई गतिशील नेता भन्नेले यो बुझ्न जरुरत छ कि उनि संसदीय भासमा किन फसेको ? प्रचण्ड अरुको बारेमा सोच्ने भए अहिलेसम्म माओवादीको नेतृत्व सवल र सफल हुन्थ्यो । उनी नातावाद हेर्ने, अरुका बीचमा खेल्ने नेता हुन् । प्रचण्ड नेपाली राजनीतिमा आफ्नै वरिपरि राखेर आफू जहिल्यै पहुँच र पावरमा रमाउन् चाहान्छन् । त्यसैको परिणाम हो एमालेसंग बिगतमा हतारिएर एकता गर्नु । त्यतिबेला उनको मनले भनेको थियो मृगौला रोगी केपी ओली धेरै दिन बाच्दैनन । ओली नभएपछि म नै शक्त्तिमा पुग्ने नेता हुँ तर ओली पनि बाँचे उनि प्रचण्ड शक्त्तिमा पुगेनन अनि बबण्डर गरे । खासोखास कुरो यहि हो । आज भोलीको प्रचण्डका अभिव्यत्ति झन अराजक छन् । उनकै अडान बिहिनाताले यो संसदीय ब्यबस्तामा उनि चुर्लुम्म डुब्न पुगे । अहिले ब्यबस्था नै असफल भएको छ । यो असफलतामा हाम्रा देखिएका सबै नेताहरु असफल भएका हुन् । केही दिनयता राष्ट्रमा देखिएका क्रियाकलाप देखेर मलाई आश्चर्य लागेको छ । किनभने हामीले ल्याएको परिबर्तन, बनाएको संविधान, संबिधान अनुरुप बनेका अनेक कानुनै–कानुनको शासकीय अभ्यास नै भएन । दलहरु उही पुरानै मानसिकतामा छन् । तर नेपालमा चाहिँ सोचे जस्तो नहुँदो रहेछ । २०१५ सालको संबिधान कुल्चदै २०१७ देखापर्छ । सत्र साल दोहोरिइरदा ३० बर्ष पंचायती ब्यबस्था आयो । २०४६ सालको परिबर्तन पछि २०४७ मा बनेको संबिधान २०६३ सालमा गयो । २०७२ मा बनेको संबिधान २०७७ पुस ५ गतेको संसद बिघटन पछि झन्डै गएको हो । जनताकी छोरी राष्ट्रपति र जनताको छोरो प्रधानमन्त्रीका संबिधान बिरोधि कदमको निर्णयलाई धेरैले ‘कू’ भनेका छन् । नेपाल हरेकजसो दलका नेताहरूमा सधैँभरि पदकै लोभ देखिन्छ । तिनीहरू सबै पदमै टाँसिरहनुपर्छ भन्ने मानसिकताले ग्रस्त देखिन्छन् । जब प्रतिनिधि सभा पुनःस्थापित भयो, त्यो भइसकेपछि निबर्तमान प्रधानमन्त्री केपी ओलीले दोश्रो पल्ट पनि संसद बिघटन गरे किन उनले पटक पटक संविधानको बलात्कार गरे ? सर्बोच्चले दोश्रोपल्ट पनि संसद पुनः स्थापना गरिदियो ओली बालुवाटार पछि बालकोट जान बाध्य भए । अअिले यो संसद चल्न नदिएर छिटो चुनाव धोषणा होस भन्ने चाहाना ओलीको छ ।
