IMG-LOGO

भस्मासुरको उपद्रो

 मंगल, भदौ ८, २०७८  पातले कान्छो

    भस्मासुर शब्द अहिले धेरै चर्चामा छ ।  बिशेष त  पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्दा भस्मासुर भनेर गाली दिएको हामीलाई थाह छ । हुन्  पनि ओली सत्तामा पुगेपछि यति उन्मत्त भएका थिए कि  कुरा नगरौ ।  बिपक्षि लाई तथानाम गाली गर्ने ओली नेपाली राजनीतिका गजव पात्र हुन्।  हिजोका दिनमा पनि राजनीतिक वृत्तमा भस्मासुर शब्दको प्रयोग धेरै हुँदै आएको हो  । विपक्षीलाई गाली गर्दा वा अवमूल्यन गर्ने उद्देश्यले भस्मासुरको संज्ञा पनि दिने गरिन्छ । शक्तिको दुरुपयोग गर्ने नकारात्मक बिम्बका रूपमा भस्मासुरलाई प्रयोग गर्ने गरिएको छ। भस्मासुरलाई एउटा प्रवृत्तिकै रूपमा लिने गरिएको छ । शक्तिमा रहेर आफ्नो पदीय मर्यादालाई भुलेर कतै भौतारिनु भष्मासुरपन होतर यो भस्मासुर भनेको चाँही किन ?      धार्मिक ग्रन्थको अध्ययन नगरेका नयाँ पुस्तालाई भष्मासुर को हुन् भन्ने खुल्दुली पनि बढेको हुन सक्छ । मैले पौराणिक कथालाई आधार मान्दै भस्मासुर बारे यहाँ प्रस्तुत गरेको छु  ।  भस्मासुर शकुनी पुत्र हुन् । भस्मासुरको नाम पहिला बकासुर थियो ।  बकासुरलाई एक कपटी स्वभावका असुर (राक्षस ) थिए । उनको वास्तविक नाम बृकासुर भए पनि शक्तिको दुरुपयोग गर्न खोज्दा आफैँबाट भस्म भएपछि मृत्योपरान्त उनको नाम भस्मासुर हुन गएको हो । भस्मासुर सिंगै विश्वमा राज गर्न चाहन्थे । यही महत्वाकांक्षा पूरा गर्नका लागि उनले भगवान शिवको कठोर तपस्या गर्न थाले । तपस्याबाट सन्तुष्ट भएका शिवले वर माग्न आग्रह गरेपछि बृकासुरले कहिल्यै मर्नु नपर्ने वरदान दिन आग्रह गरे । यसबाट भगवान शिव अफ्ठेरोमा परे । भस्मासुरले मागेको सो वर सृष्टिको नियम विपरीत हुने भएपछि शिवले अर्काे वर माग्न आग्रह गरे । अनि भस्मासुरले आफूले जसको शीरमा हात राख्यो, ऊ भस्म हुने शक्ति मागे । अन्ततः जसको शीरमा उनको नलीहाड पर्छ, त्यो व्यक्ति भस्म हुन्छ भन्ने वरदान भगवान शिवले दिए ।      बरदानपछि शक्ति हातमा आएपछि बकासुरको उन्माद चुलिँदै गयो । हुँदा–हुँदा उनले आफैँलाई वरदान दिने शिवलाई समेत चुनौति दिन थाले । शिवलाई भस्म गराएर पार्वतीलाई भोग गर्ने चाहना मनमा राखेर उनी शिवको पछि लाग्न थाले । आफैँले दिएको वरदानले आपत्मा परेपछि शिवजीको भागाभाग भयो । शिव भाग्दैभाग्दै विष्णुसँग सहारा माग्न पुगे । विष्णुले बृकासुरलाई सिध्याउने उपाय रचे । र, उनी एउटी सुन्दरीको भेषमा भस्मासुरको अघि प्रकट भए । आफ्नो अघि नृत्य गरिरहेकी सुन्दरीप्रति भस्मासुर मोहित भए । बिष्णु नाच्दै गए । बृकासुर पनि सुन्दरीको नक्कल गर्दै नाच्न थाल्यो । नाच्ने क्रममा एकपटक सुन्दरीरुपी विष्णुले आफ्नै टाउकोमा हात राखे । उनको नक्कल गरेर नाचिरहेको बृकासुरले पनि आफ्नै टाउकोमा हात राख्यो । उसलाई आफ्नो शक्तिको विषयमा त्यसबेला हेक्का भएन । शीरमा हात परेपछि बृकासुर भस्म भयो । अनि, बल्ल शिवले छुटकारा पाए । त्यहीकारण बृकासुर भस्मासुरका रुपमा प्रख्यात भएको हो ।      कुरा गरौ बर्तमान संसदको यो संसद २०७४ को माघमा बाम गठबन्धनले झन्डै दुई तिहाईले जितेको थियो।  त्यसका प्रधानमन्त्री थिए मिस्टर ओली अर्थात खड्गप्रसाद शर्मा ओली उनि भारतले नाकाबन्दी गर्दा महान राष्ट्रवादी नेताका रुपमा उदाएका थिए ।  मिस्टर ओलीका बारेमा बर्णन गर्दा हजार जिब्रा भएका शेष नागले पनि उनको बर्णन गर्न सक्दैन म पातले ले के गर्न सकौंला र ? उनि सर्वज्ञानी नेता हुन्।  बार्दली बाट पनि सत्तो सराप गर्दै धारे हात लगाउने यी मिस्टर ओलीले बर्तमान संसदमा आएर अस्ति डेढ घण्टा भाषण दिए ।       परमादेशको सरकारले अध्यादेश ल्यायो । ऐमाले पार्टी फुटायो ।यो सबै दोष मिस्टर ओलीको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्