IMG-LOGO

जनता सर्वशक्तिमान छन्

 मंगल, सावन २६, २०७८  अशोकचन्द्र धुँजू श्रेष्ठ

     व्यक्ति व्यक्ति मिलेर जनता बन्छन।मानिसको जमातलाई जनता भन्ने गरेका छन । जनता मानिसमा हुन्छ । जनताको अर्को शब्द जन-समूह, मानवजाती र लोक नै हुन । जनतालाई रैती पनि भन्दछ्न । तर रैती र  जनता फरक कुरो हो । जनतामा मानिस शासक वर्गको पेवा हुँदैन।रैती चाहिँ शासकवर्गको मुठ्ठीमा हुन्छन, एक प्रकारको दास सरह। रैती शब्द विशेषत सामन्ती राजा महाराजा प्रथामा खूब चल्दछ ।      राजा महाराजाहरु कानुन माथी बस्ने गर्दछन । तिनीहरूले आफूलाई ईश्वर वा विष्णुका अवतार सम्झिन्छन् । प्रजातन्त्र ,लोकतन्त्र वा गणतन्त्र भएका देशहरुमा जनताको रूपमा प्रत्येक व्यक्तिलाई सर्वोपरि ठान्छ्न् । प्रत्येक व्यक्तिको समूह नै  जनता हुन।जनताको बीचबाट चुनिएर आएका नेताले भने देश चलाइएको हुन्छ ।      राजनीतिमा जनता भन्ने शब्द खूबै चल्छ । सिंगो संसारबाटै अलग्गिएका अन्धकार अधिराज्यका तानाशाहले पनि जनताको नामबाट शासन गरिरहेका हुन्छन् । राजा महाराजाहरुले आफ्नो भाषणमा “हाम्रा जनत” भनेर भनेका हुन्छन । आज राजामा निहीत देव अंश को अन्त्य भएसँगै जातीय श्रेष्ठता पनि कमजोर भएको छ । साधारण व्यक्तिले पनि आफ्नो सामथ्र्य अनुसार देशका शासक बन्न सक्नु आजको परिस्थितिको उपज छ । यी शासक तथा नेताहरुबाट जनता भित्रको उर्जालाई परिचालित नगरी ,दोहन नगरी  कुनै पनि राजनीतिक अभिष्ट पूरा हुदैन । कुनै न कुनै परिवर्तनको माग जुन हुन्छ, त्यो जनतको माग भनिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्