मेरो ३१ वर्ष अघिको नेता तोपबहादुर अर्थात टोपबहादुर । टोपबहादुर , भानु , अनिल र प्रभुका चार विधार्थी संगठन एकता भएर अखिल क्रान्तिकारी भएको थियो । म त्यस संगठनको एउटा सानो नेता थिए त्यहि बेला देखि यी चार विद्यार्थी र तिनका नेताको पुरा पुर चिनजान र कस्को बानी के भन्ने कुरा थाहा थियो । टोपबहादुर हाट्ट हुट्ट गर्ने अस्थिर स्वभावका उम्दा क्रान्तिकारी युवा थिए । भर्खर मोहनविक्रमबाट फुटेर आएका अर्घाखाँची २ खाँडामा जन्मिएका पश्चिमेली ठिटो टोपबहादुरको सान र मान अलग थियो । चार विद्यार्थी नेतामा यिनी मात्र ठुलो पदमा पुगे आज सम्म को कसलाई यिनले के भनेर त्यति ठुलो पदमा पुगे उनलाई थाहा होला तर पछिल्लो पल्ट सर्वोच्च अदालतमा टोपबहादुरले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी किन गरेका हुन् ? अचम्म लाग्या छ । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले टोपबहादुरलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो । सांसद पदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै सर्वोच्च पुगेका टोपबहादुरले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ । हैन के यो अचम्म ? कहिले माओवादी केन्द्र खारेज गरि पाँउ भन्ने टोपबहादुर बौलाए कि क्या हो ? बाँच्नु पर्छ के के देख्न पाइन्छ पाइन्छ । म यसो घोत्लिन्छु । मनमा अनेक प्रश्न आँउछन हामी जन्मेको किन होला ? हामी खानका लागि जन्मिएका हौ कि बाँच्नका लागि खान ? आफै जानी जानी जन्मेको त पक्कै होइन होला ? जन्मको प्रयोजन के होला ? यत्रो संसार देख्न र अनेक हण्डर कष्ट दःुख पाउन हो कि ? सुख नपाउने खाली दःुख मात्र पाउन हो भने किन जन्मेको ? के अर्थ छ यो सुख दुःख भोग्नमा ? कसले गराएको होला यस्तो ? मेरो मात्र होइन हामी सबैको मनमा जिज्ञासा लाग्नु स्वाभाविकै छ । हामी यो दुनियाँलाई भोग्न जन्मिएका हौँ र सबैथोक भोग्न यहाँ अर्थात यो पृथ्वीमा मात्र पाइन्छ । म विज्ञान समर्थक मरेपछि केही पाइन्न, मरेपछि अर्को स्वर्ग छैन भन्ने मान्यतामा अडिग मान्छे । पृथ्वीमा बाहेक अर्को कुनै भोग गर्ने स्थान हुँदैन । हो यो कुरा हाम्रा तोपबहादुरलाई पनि थाहा छ उनले सत्ताको स्वर्ग भोगिसकेका छन् त्यसैले कहिले एमाले हुँ भन्छन कहिले यस्तो नौरंगी चटक देखाउँछन् । टोपबहादुर पनि एक प्रवृति हो । असरवादी प्रवृति हो फाइदा जँहा हुन्छ त्यहि हाताहाती गर्ने टोपबहादुर प्रवृतिले नै राजनीति विकृत छ । टोपबहादुर जति मच्चिए पनि थच्चिने छन् । उनको राजनीति लोभ र मोह कै कारण सकियो । कामरेड ओलीले धेरैको राजनीति खाईदिएका छन् र खानेवाला छन् । जँहा गएर रिट दिउन वा अपिल गरुन बिन्तीपत्र हालून वा निवेदन दिऊन् टोपबहादुर थच्चिनुको विकल्प छैन ।
