IMG-LOGO

श्रावण महिना, शिवको महिमा

 मंगल, सावन १२, २०७८  गोपाल ज्ञवाली

यौ तौ शंख कपाल भुषित करौ मालास्थि माला धरौ ।। देवौ द्वारवती श्मसान निल्यौ नागरी गो वाहनौ ।। द्विग्यक्षौ वलि दक्ष यज्ञ मथनौ श्री शैलजा वल्लभौ ।। पापमे हरतां सदा हरि हरौं श्री वत्स गंगा धरौं ।।        शंख र खपर हातमा लिएका , अस्ति माला तथा वनमाला लगाएका द्वारका तथा श्मासानमा बस्ने, गरुड नदी बाहन भएका दुई तथा ३ आँखा , वलि तथा दक्षको यज्ञ विध्वशं गर्ने भएका लक्ष्मी तथा पार्वतीका प्यार  हे हरिहर ! सदाा मेरो पाप हरण गर ।      साक्षात हरिहर द्वारा संरक्षित काभ्रे जिल्ला धार्मिक, ऐतिहासिक तथा पौराणिक दृष्टिकोणबाट पनि ज्यादै महत्वपूणर् मान्ने गरिन्छ । किन कि आशुतोष साम्ब सदा शिवका साक्षात चतुवष्ठि लिंगहरु मध्ये प्रमुख स्वयंमभु लिंगहरु पनि यसै जिल्ला भित्र पर्दछ । आदी लिगं कुशश्वर पछि काश्यपेश्वर ज्योतिलिगं मण्डन , चण्डेश्वर ज्योति लिगं बनेपा , धनेश्वर ज्योति लिगं बनेपा इन्द्रश्वर ज्योति लिगं पनौतिमा पर्दछ । भने भालेश्वर ज्ृयोति लिगं भूमिडाँडा कलातिमा पर्दछ । यसै गरी शिवसजीका चतुषष्ठी ज्योति लिगं मध्ये अष्टम स्वंयम्भ विकटेश्वर महादेवलाई लिईन्छ । जुन हाल बनेपा नपा वडा नं १३ अन्तर्गत भैंसेपाटी बजारबाट २०० मिटर पश्चिम तर्फ बुढाथोकी गाँउ जने बाटोमा पर्दछ ।        यो देवभूमी , पावन तपोभूमी, बत्ति मुनिको अंध्यारो भने झैं भएको छ । अरनिको राजमार्ग अन्र्तगत साँगा बजार तथा र्भैसेपाटी शहरको मध्य भागमा  अवस्थित पूर्खाको धरोहर सामाजिक बोलिचालीको भाषामा उच्चारण गर्ने ‘महादेउथान ’ले आज समय सापेक्ष गति लिन सकेको छैन । यो सबै हामीले दुःखका साथ भन्नु नै पर्ने हुन्छ । जगतका आदि कारण स्वरुप श्रृष्टि ,स्थिति संहारक नियामक , जगतका कल्याण स्वरुप साक्षात साम्ब सदा शिवजी आफैंमा पूणर् आनन्द स्वरुप हुनुहुन्छ । मेरो कसैले संरक्षण गर्ला भनेर खोजी बस्नु भिएको त होईनत्र । तर संरक्षण गर्ने जिम्मेवारी त हाम्रै हँुदो रहेछ , भनिरहेको छ । ‘धर्मो रक्षत रक्षित’ हामी आफू सुरक्षित रहन ,हामीले भगवानको सुरक्षा गर्नु पर्ने रहेछ । हामीले धर्म बचायौं भने धर्मले हामीलाई बचाउँछ । विकटेश्वर मन्दिर परिसरमा छिन्न मस्तक नारायण चक्र भैरब तथा विभिन्न शिव लिंगहरु पनि रहेका छन् । जहाँ शिव छन् त्यहाँ नारायणको पनि बाँस रहेको हुन्छ । शिव र विष्णुको शक्ति स्वरुपले रहेको  पवित्र तीर्थस्थललाई नै हरिहर तिर्थ या हरिहर क्षेत्र भन्ने गरिन्छ । विकटेश्वर मन्दिर परिसरमा छिन्न मस्तक नारायण रहनुले यो क्षेत्रलाई हरिहर क्षेत्र भनिएको हो । विकटेश्वर महादेवको आाग्नेय कोणमा एउटा अच्चमको मूर्ति देख्न सकिन्छ । जसको शीर छैन , गिंड मात्र छ । टाउको नभएको मूर्तिलाईनै   छिन्नमस्तक नारायन भन्ने गरिन्छ । यस विषयमा एउटा रोचक पौराँणीक कथा पाइन्छ ।        कुनै समयमा ह्याग्रिव नामको दानवले संसार सबै  अांफ्नो कब्जामा लिएर सबैलाई त्राही त्राही गरायो । युद्ध गर्न असमर्थ सबै देवताहरु चर्तुवाहु नारायणको शरणमा पुगे । सबै देवताहरुको गुनासो सुनेर भगवान विष्णुले ह्याग्रिव दानवसँग युद्ध गरेर त्यसलाई उद्धार गर्नु भयो ।  स्वर्गलोकमा पुष्पवृष्टि भयो । सबै देवताहरु सिन्दुर जात्रा गर्न लागे । भगवान भने युद्धाबाट थकित हुनु भएकोले धनुलाई शिरान हालेर सुत्नु भयो । हजारौं वर्ष विते पछि चिन्तामा दुबेका सबै देवताले भगवानलाई उठाउन हर प्रयत्न गरे तर असफल नै भएकाले एउटा जुक्ति निकााले  । एउटा बल्लु नामको जीव श्रृष्टि गरेर भगवानले शिरानी हाल्नु भएको धनु ताँदो काटि दिने आज्ञा दिए । वलुले पनि देवताको आज्ञा बमोजिम भगवानको शिरानी स्वरुप धनुको ताँदो काटि दियो । अकस्मात चट्याङ्याग  परेझैं ठुलो आवाज आयो । के भयो भनेर देवताहरु हेर्दै थिए, धनुको ताँदो काँटिदा भगवानको गर्दन छिनेर टाउको उछिट्टिएर धेरै टाढा पुग्यो,गिंड त्यही रह्यो । हाल विकेटेश्वर मन्दिर परिशरमा छिन्न मस्तक नारायन अर्थात शिर काटिएका नारायणको मूर्ति छ भने शिर भक्तपुर जिल्ला स्थित चाँगु नारायन मन्दिर परिशर भित्र रहेको छ । यस पावन भूमि हरिहर क्षेत्रको वणर्न गर्दै विभिन्न ग्रन्थहरुमा वणर्न गरेको पाईन्छ । “दोणाचल पर्वतबाट झरेको जलसुधार नदी त्रिवेणी बनी बहेकी छन् । हुिरहर क्षेत्रको उत्तर तर्फ रहेको द्रोणाचल पर्वत तथा यिनको यिनको काखबाट बहेको नदी जसुधारा हुन् ।        द्रोणचल पर्वत भन्ने वित्तिकै यस क्षेत्रको कथा मर्यादा पुरुषोत्तम रघुनन्दन श्रप् रामचन्द्र सँग पनि गाँसिएको छ । त्रेता युगमा राजा दशरथका कुलमा साक्षात् चर्तुवाहु नारायण श्रीराम अवतारमा अयोध्या पुरीमा जन्म लिनुभयो ।  साथमा लक्ष्मन भरत , शत्रुघन पनि भाइका रुपमा शेष साथै आयुधले जन्म लिनुभयो । अयोध्यामा खुसी साथै  भयो । तर त्यो कार्य  कैकेयीका कारण असफल हुन पुग्यो , राज्यभिषेकको तयारी गरिएको दिन सीतालाई साथ लिएर भाइ लक्ष्मणका साथ राम वनवास जानु भयो । तत्काल महाराज दशरथको प्राणान्त भयो । वनवासको क्रममा एकदिन राम भक्त सवरी कहाँँ पुग्नुभयो , भगवान रामलाई स्वागत गर्ने समाग्री केही नहँुदा सवरीले वयर ल्याईन् । काँचो वयर भगवानलाई कसरी टत्र्याउँ ? भन्दै , टोक्दै काँचो अमिलो मिल्काउँदै , गुलियो मिठो राख्दै भगवानलाई जुठो वयर सवरीले तक्रयाईन् भगवानले प्रेमपूर्वक ग्रहण गर्नु भयो । जुठो वयर सवरीले भगवानलाई खुवाएर लक्ष्मनलाई पनि दिएकी थिईन् तर लक्ष्मणले रामकै अगाडि सवरीको जुठो वयर स्वीकार गर्न भएन । सवरीले लक्ष्मणलाई दिएको जुठो वयर द्रोणाचल पर्वतमा अमृत संजिवनी बुटी बनेका थिए । वनवासको क्रममा रावणले सीतालाई हरण गरेपछि राम रावणको भारी युद्ध हुँदाा रावणको वाणद्वारा लक्ष्मण मुर्छा पर्नू भयो । भगवान रामको आज्ञा वमोजिम हनुमान संजिवनी बुटि लिन द्रोणाचल पर्वत पुग्नु भयो । विकेटेश्वर मन्दिर भन्दा उत्तर तर्फको वनलाई द्र्रोणचल भन्ने गरिन्छ । हरिहर क्षेत्रसँग गाँसिएको अर्को कथा पनि हामी सान्दर्भिक ठान्दछौं । गोमा ब्राम्हणीका पुत्र नवराजलाई हरिहर प्रत्यक्ष भै लावण्य देशको राजा बन्ने वरदान दिएको आख्याण अनुसार यही पावन भूमिमा शिव शर्मा तथा गोमाका सुपुत्र नवराजलाई हात्तीमा हरिहर प्रवेश गरी राजा छानेको पवित्र तीर्थ नै यही हो भन्ने मान्यता रहेको छ ।        श्रावण महिना शिवको अत्यन्त प्रिय महिना भएकोले श्रावण महिनाभर प्रत्यक शिवालयमा ृशिव मेला चलिरहेको छ । यसलाई श्रावणी मेला पनि भनिन्छ ।  भनिएको छ । सोमाबारे ब्रत कार्य श्रावण वै यथाविधि । शक्ति नोपोषणं कार्य मथवा निशिभाजनम् ।। अपुत्रो लभते पुत्रंनिर्धनो धनवाान् भवेत् । अविद्यो लाभते विद्यामिति धर्म विदो विदु ।।        श्रावण महिनामा सोमवार विधि विधान अनुसार ब्रत गरोस् , यदि शक्ति नभए आफ्नो क्षमता अनुशार ब्रत गरोस् । जुन ब्रत गर्नाले आ आफ्नो कामना पूणर् हुनेछ । श्रावण महिनामा ५ वटा सोमवार पर्न गएमा शिवजीकै स्वरुप हुने भएकोले यस महिनालाई नै शिव स्वरुप मानिन्छ । शिव प्राकृतिक ,देवता भएका हुनाले जल, वेलपत्र , धतुरो  नै शिवका प्रिय मानिन्छ । शिव पुराणमा बताएको कथा बमोजिम आजीवन शिकार खेलेर जीन्दगी  बिताएका पापीले पनि दिनभर भोको बसी शिवजीलाई सम्झी बेलपत्र अपणर् गरेर पाप देखि मुक्ति भएको कथा पनि वणर्न गरेको पाईन्छ । श्रावण महिनाको प्राकृतितक छटा सँगै रमाउँदै नारीहरु पनि हरियो चुरा पोते सहित शिवोपासना गर्दछन् । शिवक प्रिय श्रावण महिनामा यस हरिहर क्षेत्र विकटेश्वर प्रागंणमा पनि प्रत्येक सोमवार निलकण्ठ बाबाको सानिध्यमा रुद्राभिषेक , शान्तिपाठ शिव भजन, आरती , प्रसाद वितरण गरिने कार्यक्रम रहेको  मन्दिर  संरक्षण समितिका अध्यक्ष लक्ष्मण बस्नेतले बताउनु भयो । निकट भविष्यमै यस पावन भूमिमा जिणर्ोद्वार तथा पुनः निमाणर्को कार्य आरंम्भका लागि गुरु योजना भै सकेको छ । हामी सबैले तन, मन,धनले यृस पुनित कार्यमा सहयोग गर्दै आन्तरिक पर्यटनलाई प्रवर्धन गर्नु आजको आवश्यकता बनेको छ । लेखक रेडियो एवीसीका धार्मिक कार्यक्रम जीवनधारा कार्यक्रमका प्रस्तोता हुनुहुन्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्