IMG-LOGO

बाँदरहरु एक हौं

 मंगल, सावन १२, २०७८  पातले कान्छो

    भनिन्छ मान्छेको पुर्खा बाँदर हो । डार्विनको सिद्धान्त अनुसार बाँदर आधुनिक मानिसको पुर्खा हो  रे । त्यसैले म आफ्नै पुर्खाको हुर्मत लिन सक्दिन तर पनि बाँदरबारे केही नलेखिरहन पनि सकिन , कारण केही हप्ता अगाडि देखि नै मलाई बाँदरबारे लेख्न - पोइल जान पाम भन्ने गायिका कोमल ओलीले राष्ट्रिय सभाको बैठकमा कविता सुनाए देखि नै सकसक लागेको हो । बितेको हप्ता त काठमाडौँका सडक बाँदरले कब्जा गरे । त्यसपछि बांँदरबारे मेरो खोज जारी छ । म सम्झन पुगे बाँदर मैले पहिलो पल्ट पशुपतिमा देखेको हुँ  । पहिलो पल्ट देख्दा अचम्म लाग्यो, मान्छेको जस्तो अनुहार मिल्ने , पशु जस्तै चार पाउ टेकेर हिड्ने अचम्मको प्राणी बाँदरको जिउ भरि रौँ हुँदो रहेछ । अंग प्रत्यंग पनि सबै उस्तै मात्र मान्छे र बाँदरमा फरक पुच्छर हुँदो रहेछ । के साँच्चै बाँदर आधुनिक मानिसको पुर्खा नै हो त ? पुर्खा हो भने  बा का भुराभुरीले बाँदरे जुलुस निकालेर आफ्नै पुर्खाको हुर्मत किन लिए ? पुर्खा भएकाले बा का केटाकेटीले बाँदरको अनुकरण गरेको हो कि ? हुन त केही मान्छेले बिगार्ने, भत्काउने मात्र काम गर्छन् भने त्यसलाई बाँदर प्रवृत्ति पनि भन्ने गरिन्छ । कि त्यहि बाँदरे प्रवृत्तिको प्रदर्शन गरेका हुन कि ? तर सबै मान्छे बाँदर प्रवृत्तिको विरोधमा हुन्छन् । यसैले मान्छेले बाँदरको अनुकरण गर्दैनन् । बरु बाँदरले चाहिँ मान्छेको अनुकरण गर्न थालेका छन् । एक मनले सोचे बा का भुराभुरीले आफ्नै पार्टीका अग्रज नेता माधवकुमार नेपालको सत्तोसराप गर्नेले कहिले कहिलेको पुर्खा भनिएको बाँदरको बेईजत हुने गरी जुलुस गर्नु के आइतबार र ? बा का बालबालिकाहरुले बाँदरको सट्टा कुकुर, बिरालोको जुलुस निकाल्न सक्थे, किन बाँदर कै निकाले ? होइन बाँदरबाट मान्छेको विकास भएको होइन र यस्तो विचार चार्ल्स डार्विनको होइन होला यदि त्यस्तो हुँदो हो त अहिले विद्यमान बाँदरबाट पनि मान्छेको विकास हुनुपर्ने होइन र ? मन भित्रको खुल्दुली मेटिएन बाँदर मान्छेकै पुर्खा हो । भन्नेबारेमा मैले पुस्तकालय भित्र पसेर डार्बिनको खोजी गर्न थाले ।       विकासवादी सिद्धान्तका पिता महान वैज्ञानिक चार्ल्स डार्विनले कसरी बाँदरलाई मान्छेको पुर्खा भनेर किटान गरे ? सन् १८५९ मा र्चाल्स डार्विनको ‘प्राकृतिक छनौटबाट प्रजातिहरुको उत्पत्ति’ नामको पुस्तक प्रकाशित भएपछि विश्व प्राज्ञिक तथा धार्मिक क्षेत्रमा ठूलो हलचल नै आएको रहेछ  ।  डार्विन सानैदेखि प्रकृतिप्रेमी थिए , उनी सानैमा बगैंचामा रहेका किरा फट्याङ्ग्राहरुलाई बडो माया गरी उनीहरुसँग खेल्थे  उनका बाबुले उनलाई चिकित्सक बनाउन चाहेका थिए तर, उनी भने जङ्गलमा गई चराचुरुङ्गी, रुखविरुवा एवं किराफट्याङ्ग्राहरुको रुपरङ्ग तथा चालामाला हेर्न औधी रुचाउँथे उनी सानैबाट किराफट्याङ्ग्रा एवं बिभिन्न जीवजन्तुहरु किन फरकफरक भए र कुनैकुनै उस्तैउस्तै किन देखिन्थे भनी विचारमग्न हुन्थे । यही रुचिको कारणले उनले बगैँचा तथा जङ्गलमा आफूले पाएका किराफट्याङ्ग्राहरुको नमुना सङ्कलन गर्न थाले ।  पछि उनले विश्वविद्यालयमा प्रकृति विज्ञानको अध्ययन गर्नुका साथै सन् १८३१ देखि १८३६ सम्म पाँच वर्ष लगाएर वियगल नामको पानी जहाजबाट दक्षिण अमेरिकाको भ्रमण गरे । यस यात्रालाई ‘वियगल जहाज यात्रा’ भनियो  भ्रमणको अवधिमा उनले विभिन्न ठाउँका वनस्पति तथा जीवाजन्तुका विविध जीवावशेषहरु संकलन गर्नुका साथै जीवित विविध वनस्पति तथा प्राणीहरुको सूक्ष्म र तुलनात्मक अध्ययन गरे  यस्तो अध्ययन गर्दा उनले जीवहरुको वासस्थान, खानपान, हावापानी एवं उनीहरुको शारीरिक संरचनाको सापेक्षित विश्लेषण गरे ।  उनलाई बढी आकर्षित र घोत्लिन बाध्य केले गर्‍यो भने ग्यालापागोस द्वीप समूहको कुनै एक टापुमा पाइएको विशाल कायको कछुवाको खोल काठी आकार थियो, तर ग्यालापागोसकै अर्को टापुमा पाइएको त्यही जातका कछुवाको खोल डोम आकारको थियो ।  त्यस्तै गरी चराहरुमा पनि एउटै जातका भएपनि खानाको प्राप्यता, हावापानीको विविधता आदि अनुसार उनीहरुको चुच्चो र भुवाको रङ्गमा फरक देखियो । ‘वियगल जहाज यात्रा’ पछि डार्विनले अर्को वीस वर्षसम्म वासस्थान, हावापानी र खानाको प्राप्यता अनुसार जीवहरुको रुप, रङ्ग र आकारप्रकारमा कस्तो र किन फरक आउँछ । भनी सूक्ष्म अध्ययन गरे ।  पाँच वर्षको जहाज यात्रा र वीस वर्षको अध्ययन अनुसन्धानबाट आएका नतिजाहरुको विश्लेषण गरी डार्विन एउटा निष्कर्षमा पुगे । उनले के निष्कर्ष निकाले भने जीवहरुमा निरन्तर परिवर्तन हुँदोरहेछ  । र पुर्खामा आएको परिवर्तन सन्तानमा सर्दै जाने रहेछ  । सन्तानमा नै सर्दै जाने त्यस्तो परिवर्तनले वाहिरी परिवेशसँग जसले अनुकूलता हासिल गर्न सक्यो त्यही मात्र बाँच्दोरहेछ, जसले सक्दैन त्यसको लोप हुँदोरहेछ ।        मलार्इृ चाल्र्स डार्विनको शिद्धान्त सहि लाग्यो , परिवर्तन र परिवेशसँग जसले अनुकुलता हासिल गर्छ त्यो पछि सम्म बाँच्छ   हिजो ‘बा’ ले दुई तिहाइको सरकारलाई नेपालको परिस्थिति र परिवेशँंग अनुकुलतामा बदलेको भए अहिले ‘बा’ लाई प्रतिकुलता आउदैन थियो नि ‘बा’ले बाँदर जुलुस निकाल्न सल्लाह दिएकोमा खुशी लाग्यो ‘बा’ अब पुर्खा देखि कै प्राक्टिकल गर्दै छन् ।  उता मैले सुनेको स्वंयम्भु र पशुपतिका बाँदरहरु पनि एक हुँदै छन् रे  । कारण शहर बजार पसेका बाँदरले सडकमा आफ्ना प्रजाति देख्दा उत्शाहित भएर कम्युनिष्टहरुले ‘संसारका मजदुरहरु एक हौँ’ भने जस्तै स्वंयम्भु र पशुपतिमा भेला भएका बाँदरले पनि भनेछन् - ‘संसारका बाँदरहरु एक हौँ’  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्