IMG-LOGO

बा ! रन्थनिए

 सोम, सावन ४, २०७८  - पातले कान्छो

     राजा महाराजाहरुले नेपाललाई आफ्नो राज्य ठान्थे । राजाका मान्छेहरुले राजारानीलाई खुशी बनाएर पाएको जग्गालाई तत्कालिन सामन्तहरुले आफ्नो बिर्ता भने । हाम्रा आदिवासी र जनजातीको जग्गा जमिन खोसे । उनीहरुलाई रैती बनाए, कानून बनाएर दबाए ।  नेपालमा जो जस्ले राणाहरु , राजाहरुको चाकरी गरे तिनीहरु कालान्तरसम्म राजतन्त्रको वरिपरि रहे ।  जसले बिद्रोह गरे , कि उनीहरु मारिए , नत्र अनेकौ दुःख सास्ती पाए । २००७ सालको क्रान्ति , त्यो भन्दा अगाडि भएका अनेकौ विद्रोह र संघर्ष पछि नेपालमा आधुनिक राजनीतिक इतिहासको थालनी भयो ।  पाताले कान्छोले भने २०४६ पछि केही अनुभूति गर्न थाल्यो ।   २००७ सालपछि नै आधुनिक नेपाल भएको  इतिहासकार लेख्छन् । नेपालमा राजतन्त्र २०६५ साल जेठ १५ गते विधिवतरुपमा अन्त्य भयो । राजतन्त्र त अन्त्य भयो ।  हाम्रो समाज र राजनीतिमा अझै सामन्तवाद हावी छ । त्यसको नमुना ओलीको शासनमा प्रष्ट देखियो । सम्पादकहरुलाई बोलाएर प्रधानमन्त्री र राष्ट्रपतिलाई तपाई लेख्नु भन्ने आदेश ओलीले दिए । पत्रकारितामा प्रधानमन्त्री र राष्ट्रपतिलाई तिमी भनेको भाषा,ओलीलाई मन परेन ।       यो नै सामन्तवादी मानसिकता हो । मैले बुझेसम्म राजतन्त्र सामन्तवादको नाईके हो ।  सामन्तवादलाई जयजयकार चाहिन्छ । त्यो कुरा नयाँ युगको शुरुवात भनेर पोल पोलमा ओलीले आफ्नो फोटो टाँस्दा सामन्तवादको झल्को प्रष्ट देखियो । सामन्तलाई अनौपचारिक रुपमा धेरै मान सम्मान चाहन्छ । सबैले चाकरी चाप्लुसी गरेको  सामन्तले अरुलाई देखाउंछ र खुशी हुन्छ । त्यसैले त राजा महाराजा र सामन्तलाई सम्बोधन गर्ने भाषा र शैली नै फरक भएको हामीलाई स्पष्टै थाहा छ । सामन्तवाद जनतासँग झुक्दैन बरु नासिन सक्छ ।  अहंकार, दम्भ र अभिमान राजतन्त्र र सामन्तवादका प्रवृति हुन् । ति प्रवृति ओलीमा थियो र छ पछि सम्म पनि रहिरहने पक्का छ ।  वषय प्रशंगमा प्रवेश     अहिले बा धेरै रन्थनिएका छन् । बा मात्र होइन खाइपाई आएका बा का सबै रन्थनिएका छन् तर सर्वेसर्वा खड्गप्रसाद ओलीको बहिर्गमनलाई बालुवाटार देखि बालकोट सम्मको दृश्य हामीले देख्यांै , दुनियाँले जसरी देख्यो । यदि विधि नियम कानून स्वीकारेको हो भने बहिर्गमन जनप्रतिनिधिका लागि स्वाभाविक लाग्थ्यो तर केपी ओलीमा त्यो लागु भएन । ओलीले आफ्नै पार्टीको बिधान मान्दैनन भन्ने कुरा उनको पार्टी भित्रको बबण्डरलाई नियाल्दा थाह हुन्छ । झन्डै अढाई सये वर्ष शाह वंशले राजतन्त्र राज्य गरेका ज्ञानेन्द्र शाहले राजदरवार छोड्दा बखत सुटुक्कै बाटो लागेको हामीलाई थाह छ । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले त पानी खाने एउटा सुराही, लुगा राखने टिनको बाकस ( ट्याङ्का ) र आफुले ओढ्ने छाता लिएर बालुवाटार छोडे, उता शुशील कोईरालाले पुरानो दुईवटा मोवाईल मात्र मेरो सम्पत्ति भन्दै पुन अरुकै घरमा आश्रय लिन बालुवाटार छोडे । अहिले सम्म नेपालमा कैयौ प्रधानमन्त्री आए , गए पनि कसैको यस्तो तडकभडक थिएन तर अपदस्त ओलीले किन यत्रो रमिता देखाएको ? त्यै माथि यो समय कोरोनाले आक्रान्त पारेको बेला के संदेश दिन खोजेको ? यो दृश्य हामीले मात्र होइन विदेशीले पनि हेरिरहेका छन् । तिनीहरुले कसरी लिएका होलान ? के टिप्पणी गरिरहेका होलान  !  यसले नेपाली जनता या भोलिका शासक र नेतृत्वलाई के सन्देश दिन खोजेको हो ?  म ओलीको दिमागलाई कठै बाहेक केही भन्न सक्दिन । हामीले हेर्दा हेर्दै के- के भो , भो ? नेकपाको पार्टी बलियो थियो दुई तिहाईको सरकार थियो प्रतिपक्ष देखि साह्रा जनताले साथ दिएका थिए ।      छँदा खाँदाको पार्टी फोडेर संसद भंग गरेर भ्रष्ट र नैतिक बिहिनका कुरा सुनेर यो चाल बनाउने अनि दोष अदालतलाई दिने ? कस्का बुद्दिले यस्तो भयो ? दोष किन अरू तिर ? आफू सत्तामा हुदाँ पनि शान्त रुपमा बसेको प्रतिपक्षलाई मुटुमा किला ठोके झैँ  शब्द बाण हान्ने ओली  ।  उखान टुक्का हालेर कहिल्यै नथाक्ने ओली ।  आफु प्रति बिमति राख्ने आफ्नै पार्टीका नेताहरुको अवमुल्यन गर्ने अपमान गर्ने , हुर्मत लिने काम केपी ओलीले गरे ।  हेक्का होस् ,जान्दा हुन्छ ओली र ओलीका भक्तहरुले - आफुले एकीकरण गरेको भन्ने राजतन्त्र त यो देशमा टिकेन भने  ,ओली जस्ता  कुनैपनि शासकले यो मुलुक आफ्नो बिर्ता नठाने हुन्छ यो देश यहाँ जन्मिएका सबै नागरिकको समान हक अधिकार छ । देश कसै को पेवा र बाउ बाजे को पैत्रिक सम्पत्ति पनि होइन । काले गए गोरे आउँछ राजा बिरेन्द्रको वंशनास भएर त देश चल्यो । ओली गएर के हुन्छ ? काम गर्न नसक्ने कोहि छैनन हेक्का होस -  म भन्दा पनि अरु राम्रा  नैतिक र चरित्रवान हुन्छन तर समय को प्रतीक्षा गर्नु पर्दछ । एक दिन सुनौलो समय आउँछ आउँछ ।             दुष्ट र धुन्धुकारी स्वाभाव र चरित्रका स्वामी केपि ओलीजीका लागि सबै राम्रा र उचित कुराहरु विष बनेका छन् । वर्तमान संविधान र नेपाल राष्ट्रलाई नै विघटन हुने सम्मको योजनामा रहेका खड्गप्रसाद ओलीलाई सर्वोच्च अदालतले प्रधानमन्त्री पदबाट बर्खास्त-घोक्रे ठ्याक लगाएपछि निजको सो योजना ध्वस्त बनेकोमा तीन करोड नेपाली जनता खुशी भएका छौं तर  खड्गप्रसाद ओलीले हामी तीन करोड नेपाली जनताको यो खुशी एउटा आँखाले पनि हेर्न नसकी यो गर्छु,त्यो गर्छु भन्दै आफ्नै घर बालकोटको कौंसीमा रिठ्ठे झाँक्री भन्दा बढी उफ्री पाप्री गरी रहेको देख्नु पर्दा हामी तीन करोड नेपाली जनता नै तीन छक्क भई आश्चर्यमा परेका छौंं मुखमा च्यापेको मुसा फुत्किएपछि बिरालाहरु रन्थनिदै बार्दलीमा चढेर खाँवो चिथोर्दै छन् !  सत्ताबाट घोक्रेठ्याक लागेपछि रन्थनिएका ओली अहिले मात्र होइन , पछि सम्म पनि के-के हर्कत देखाउने हुन् , हेर्न बाँकी छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्