हाम्रो यो जीवन नै कलामय छ । जन्मिदै रुने ,खान र लाउन पाए हाँसीदिने यस्ता कला अरु प्राणीमा कहीं कतै पाईदैन । एउटा स्वास्थ्य मान्छेको कलाविहीन जीवन हुँदैन । सबै साधारण मान्छेहरुले केही नै केही कला देखाईरहेका हुन्छन् । उमेरसंगै हाम्रो चेतना बढ्छ । हामी भित्र रहेको क्षमतालाई हामी कलाका रुपमा यो संसार नछोडिञ्जेल कलाकारिता देखाईरहन्छांै । यथार्थमा सम्पूणर् मानिसहरु कलाकार हुन् । बिहान उठे देखि नसुतुन्जेल अभिनय गर्छन् अनेक किसिमका तर त्यो उनीहरु को आफ्नो अभिनय पर्दामा देख्दैनन । किनभने उनीहरु त्यो आफ्नो अभिनयलाई बुझ्दैनन आफू के हो भन्ने प्रश्न नै गर्दैनन् आफ्नो मुल परिचय बाट बाहिर त्यो अभिनय बाट नै फुर्सद पाउदैनन् र त्यत्तिकै मर्छन तर जस्ले आफ्नो अभिनय देख्छन् र ती अभिनयबाट आफूलाई बेग्लै राखेर आफूलाई बुझ्छन् । तिनीहरु नै हो पर्दामा देखिने र ती आफ्नो अभिनयमा भुलेका आफूलाई अलग्गै राखेर सोच्न नसक्नेहरुलाई झट्का त्यही पर्दामा आउनेले हान्छन् र उनीहरुको मनमा लाग्छ एकदिन । “कला के हो?”, यो यस्तो पाठ हो जहाँ टोलस्टयले आफ्ना सबै साहित्यिक, कवितात्मक र आध्यात्मिक हतियारहरू तैनाथ गर्छन् जुन उनको विचारमा कला हो भनेर परिभाषित गरेका छन् । कलाका माध्यामहरु धेरै छन् - चित्रकला , मूर्तिकला , वास्तुकला, अभिनयकला , नृत्यकला , गायनकला, संगीतकला , साहित्यकला र प्रबिधिकला लगायत अनेकौ कला देखाउने कलाकारहरु हाम्रो समाजमा छन् । कलाको परिभाषा र परिधि अपार र असिमित छ । मानिसको विभिन्न स्तरको व्यवहार उनीहरूको काल्पनिक तथा व्यवसायिक सिपबाट श्रृजना गरिएका सन्दर्भ तथा बस्तुहरूलाई “कला“ भनिन्छ । आफुले जानेको सिपलाई कला भनिन्छ । कला त्यही.हो जो जे जान्दछ । भित्रि मनको कुनाबाट गर्ने , तिब्र इच्छा लागेर,केही पाए वा नपाए पनि गर्ने काम हो कला । गरिएको कामको प्रभाव समाजमा तुरुन्त देखिएला , नदेखिएला तर, जब देखिन्छ त्यो मन मस्तिष्कमा छाप पर्ने गरी देखिन्छ।फेरी यो कलाले गरेको प्रभाव हो भन्ने थाहा अत्तो पत्तो नि हुन्न। कलाको प्रमुख विशेषता यही हो र यस्का प्रभावबारे विश्लेषण गर्ने मानिसले धेरै तहमा बुझाइहरु सङ्गालेको हुनुपर्छ । इटालीमा जन्मिएका माउरिज्यो क्याटालान भन्छन्- कलाको काम भनेको प्रश्न सोध्नु हो उत्तर दिनु हैन । र यदि तपाईं स्पष्ट जवाफ खोज्नुहुन्छ भने गलत ठाउँमा हुनुहुन्छ । एउटा किताब, म्यागजिन, वा फिल्म - जसमा तपाईंले देख्ने भनेको भन्न नसकिने आफ्नै ’इगो’ हो । तिनीहरूले कलाकार को हो भन्दा पनि तपाईं को हो भन्ने कुरा प्रतिबिम्बित गर्छन् । ‘म अरू मान्छेहरु के भन्छन् भन्ने सुन्न मन पराउँछु । अरू नभए, उनीहरूको विचार नभए, उनीहरूको कथा नभए कोही कलाकार पनि अस्तित्वमा हुँदैन न तिनको कामनै । त्यसैले कलाकारले आफूलाई भन्दा धेरै अरूलाई सुन्नुपर्छ । यस्को सबैभन्दा अतुलनीय पक्ष भनेको यो जुन पेसामा पनि घुल्मिल्न सक्छ । अनि बन्छ “ब्चत या कयmभतजष्लन” कलाको सम्मान नगर्ने मान्छेलाई फेरी कलाले सुम्सुम्याई रहन्छ, भन्दै नभनी । एउटा कलाको मूल्यलाई के ले निर्धारण गर्छ ? बजार वा समालोचक भन्ने प्रश्नमा माउरिज्यो क्याटालान भन्छन्- मूल्य या त कुनै नयाँ कुरा सिक्दा हुन्छ या त बिर्सिएको याद पुनः फर्काउन खोज्दा । समालोचना र बजार भनेको साधन मात्र हुन् जसको माध्यमबाट कलाले धेरैको ध्यान तान्छ वा धेरै मानिससम्म पुग्छ । तर मैले अगाडिनै भनेजस्तो समय र बितेको समयले बोकिरहने कलाको दृष्टिकोणनै सबैभन्दा महत्वपूणर् हो । नेपालका कलाकार श्यामसुन्दर गुप्ता भन्छन्,कलामा नाम र दाम दुवै छ । बरु आफूले जन्म दिएका सन्तानले भविष्यमा सुख दिन्छन् नै भन्ने छैन । तर, कुनै सिर्जनामा दम छ भने प्रचारमा आएरै छाड्छ, लामो समय बाँच्छ र सर्जकलाई परम आत्मिक सुख पनि दिन्छ । कलाकार रत्नकाजी शाक्य भन्छन - ‘गरिब देश भन्दैमा कलाको विकास नहुने होइन,’ ‘तर कलाको विकास नभएको देश नांगोजस्तै हुन्छ । किनभने, कलाले देशको इतिहास र वर्तमान झल्काउँछ, पहिचान बनाउँछ।’ हो पनि, आफ्नो मौलिक कला, संस्कृति वा पहिचान नभएको देश नांगोजस्तै हुन्छ । कलालाई मनन गर्न सक्नु नि कला नै हो । कला संकुचित विचारमा मात्र अडिदैन । कला खुला आकाशमा बाजी मार्न सक्नु पर्दछ । कला उचाइमा मात्र रम्दैन, फुल्दैन पनि । कला खाकमा मिसिदै बिष्फोट भई फुल्ने पनि गर्दछ । कला महल को शोभा मात्र होइन । कला जन-जनको बेजोड आवाज पनि बन्न सक्नु पर्दछ । कला मनन गर्न सक्नु पक्कै पनि कला नै हो । कला कठिन छ, सजिलो त हुँदै होइन र कला लिएर बाँच्नु अर्को एउटा कला हो । कला भएका व्यक्तिलाई निरुत्साहित गर्न हुदैन तर कलासँग कसरी बाँच्ने,आफ्नो कलालाई कसरी कुन उचाईसम्म पर्याउने भन्नेबारे सबै कलाकारहरुले सिक्नुपर्छ । मानिस मात्र यस्तो प्राणी हो संसारमा, जो कला कौशल्य देखाउन सक्छ । यो सबै मानिस चेतनशील हुनुको प्रमाण हो । नभए मानिस र अरु प्राणीमा के फरक हुन्थ्यो र ?
