प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई दुई तिहाइको समर्थन थियो । नेकपा एक ढिक्का थियो । पछिल्लो पल्ट सरकार संचालनमा आधा आधा कार्यकाललाई छोडेर प्रचन्डले पार्टीको कार्यकारी अध्यक्ष मागेका थिए तर षड्यन्त्रकारी खड्ग ओली युग युगसम्म आफ्नो सत्ता कायम गर्न चाहन्थे । त्यो बेला अर्का अध्यक्ष प्रचण्डको कुर्सी हटाउने देखि के के हर्कत गरेनन र ओलीले ? संसदबाट चुच्चे नक्सा पास गरेर नायकको पगरी गुथेर मख्ख बनेका ओली भारतीय खुफिया एजेन्सी रअ का प्रमुख सामंतकुमार गोयल आए पछि रातारात ओलीको राष्ट्रवादको मुखुण्डो उघ्रिएको थियो । नायक भनाइएका, सत्ता र सरकारका प्रमुख हुँदा हुदै एकाएक खलनायकमा अबसान भएका ओलीको अझै झोले र चम्चाहरुले जयजयकार गरेको देख्दा हामीलाई उदेक लागेर आउछ । ओलीलाई यो व्यबस्थाको माया छदै छैन । त्यही भएर उनले पहिले पल्ट २०७७ पुस ५ गते संसद बिघटन गरे । २०७७ फागुन ११ गरेको फैशला भो संसद पुनर्स्थापना साथ उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने थियो । त्यसो भएन ! झन् जेठ ७ गते दोश्रोपल्ट संसद बिघटन गरेर कालोयुगको शुरुवात ओलीले गरे । आज असार २८ गते सर्बोच्चले दोश्रोपल्ट संसद्को पुनरस्थापना गरेको छ र खड्ग ओली युगको अन्त्य भएको छ । सर्बोच्चले दोश्रोपल्ट संसद्को पुनरस्थापना गरेको अवसरमा गणतन्त्रमा बिश्वास राख्ने हामी सबैलाइ खुशीको कुरा हो तर प्रश्न अहम छ कि राष्ट्रपतिले सर्बोच्चको आदेश मान्लिन कि मान्दिनन ? के षड्यन्त्रकारी ओलीले सर्बोच्चले भने बमोजिम सत्ता छोड्लान त ? हामीलाई त यी काम सहज रुपमा होला जस्तो लाग्दैन । के पी ओली जस्ता सन्की, धुन्धुकारी पात्रको शासन त्यत्तिकै अन्त्य होला जस्तो लाग्दैन धेरै सकस हामीले बेहोर्न तयार हुनुपर्छ । आशा गरौँ हाम्रो पुस्ताले धेरै दुख सकस बेहोर्नु नपरोस । हुन् त शेरबहादुर देउबाबाट पनि हामीले चार पल्ट सत्ता संचालन भएको देखेका हौ उनीबाट पनि भबिस्यको आशा त्यति छैन , तर पनि देउवालाई स्वीकारिने छ । समय र परिस्थितिले एउटा पात्र उभ्याउनु पर्ने नै थियो समयले शेरबहादुर देउवालाई उभ्यायो ठिकै छ । मुख्य सवाल नेपालमा आएको परिबर्तनलाई जोगाउने कि नष्ट गर्ने भन्ने हो । ओलीले ब्यन्बस्थालाई दह्रो गरेर सु-शासन दिन खोजेनन । मुखमा सम्बृद्ध नेपाल, सुखी नेपाली नारा लिने काममा भ्रष्टाचार, कुशासन दिने ओली इतिहासकै खलपात्र हुन् । उनिले सबै काम नियोजित गरेको देखियो । राष्ट्रपति विद्यादेवी भण्डारीको चयन देखि, बाम गठबन्धन मार्पmत चुनाव जितेर सरकारमा जाने र अकन्टक सासन चलाउने उनको नियत पछिल्ला दिनमा प्रस्ट भयो । उनले गर्न के बाँकी राखे र ? आफ्ना बरिष्ठ नेता माधवकुमार नेपालको अपमान । माओबादीको सत्तो सराप देखि के निच काम गर्न बाँकी राखे र ओलीले ? नेकपा ध्वस्त पारे , एमाले फुटाए आफ्ना झोले जम्चेहरुलाई राज्यका अंगहरु र निकायमा नियुत्त गरे । नैतिकता नभएका , राजनीतिमा बदलाभाव राख्ने ओली आधुनिक नेपालका सबैभन्दा ठुलो खलपात्र हुन् । आफ्नो स्तुति मनपराउने ओली जति षड्यन्त्रकारी अहिले सम्म नेपाली राजनीतिमा हामीले अर्को पात्र देखेका छैनौं । अरुलाई अपमान र सत्तोसराप गर्ने ओलीलाई सत्ता छोड्न सर्बोच्चले २८ घन्टाको अल्टिमेटम दिएको छ । यो अवधिमा ओली चुप लागेर बस्छन भन्ने हामीलाई लाग्दैन उनि जाने नै भए पछि बितण्डा मच्चाएर जान्छन भन्ने अनुमान धेरैको छ । अबका २४ घण्टा नपाली राजनितिमा निक्कै सकसपूणर् हुने देखिन्छ । सन्काहा खड्ग ओलीले राष्ट्रपति भण्डारीलाई साथमा लिएर जे पनि गर्न सक्छन भन्ने आशंका छ । ओलीका बिगतका कर्मले यस्तो हामीले सोच्नु स्वाभाविक हो । कामना गरौ त्यस्तो नहोस । ओलीले जस्तो कुनै शासकले पनि ब्यबस्थाप्रति यस्तो हर्कत नगरोस । देशमा देखिएका बिकृति विसंगति अन्त्य भएर समुनत र सम्पन्न देश नेपाल बनोस ।
