देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको विद्रोहले राज्य सत्ता ढल्यो । उक्त परिस्थितिले फागुण २१ गते भयरहित वातावरणमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ । २०८४ मा आउनुपर्ने चुनाव जेन–जी विद्रोहले फागुण २१ गते भएको हो । यो चुनावले कांग्रेस, एमाले, नेपाली कम्यूनिष्ट पार्टी र मधेशी दललाई नराम्रो धक्का लागेको छ । अझ मधेशीदलले एकसिट पनि जीत्न नसकेर गायब भएको छ । नयाँ जनादेशले वर्षौदेखि राजनीतिको केन्द्रमा रहेका पुराना दलहरुलाई अनौठो ठूलो धक्का दिएका छन् । प्रत्यक्ष र समानुपातिक वर्तमान मिश्रीत प्रणालीको कारण एउटै दलले बहुमत ल्याउन नसक्ने र राजनीतिक स्थिरता नदिने भास्य थियो । यसो भन्दै संविधान संसोधन आवश्यक छ भन्ने मुद्दा वेलावेला उठ्ने गरेको छ । यो वेला राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै दुई तिहाई नजीकको जनमत प्राप्त गर्न सफल भएको छ । २०७९ को निर्वाचन ५ महिना अघि रास्वपा स्थापना भएको थियो । वैकल्पीक राजनीतिक शक्तिको रुपमा उदाएको रास्वपा छोटो अवधिमा बढेको जनलहर पार्टी भित्रका केहि आसालाग्दा युवा पिढींको भूमिका र काठमाण्डौं महानगरपालिकाका तत्कालिन नगर प्रमुख वालेन्द्र साहको प्रवेश उनले महानगरमा गरेका कामको सकारात्मक कार्यप्रति नागरिकको बद्दो अपेक्षा देखिएको छ । अर्को तर्पm लामो समयदेखि राज्य सत्ताको वागडोर समालेका पार्टीका शिर्ष नेतृत्व भस्टाचार दण्डहिनता राज्य संस्थाहरुको दलीयकरण शासनप्रति बढ्दो चरम जननिराशाले पुराना दलहरुप्रति नागरिहरुको वितिष्णा जागेको देखिन्छ । पार्टी भित्रका शिर्ष नेतृत्व र पदाधिकारी नै चुनाव हार्नु नेताप्रति जनताहरुको अविस्वास हो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष तर्पm १ सय २५ सहित समानुपातिक सिटबाट करिब ५८ गरी १ सय ८३, झण्डै दुतिहाई सिट पुग्ने भएको छ । हिजो सम्मको समानुपातिक मतगणनामा रास्वपाले ४५,५८,०९५ जुन प्रतिशतमा ४८%, कांग्रेस १५,२८,७८०, १६%, नेकपा एमाले १२,७४,७७७, १३%, नेपाली कम्यूनिष्ट पार्टी ६,८६,२७१, ७%, राप्रपा ३,०१,८६३, ३%, श्रम संस्कृति पार्टी ३,२४,४१५, ३% र जसपा १,४६,३०५, १% गरी ९१% समानुपातिक मत गनिसकेको र ९% गन्न बाँकी रहेको छ । त्यस्तै गरी प्रत्यक्षमा कांग्रेसको १७ विजयी १ अग्रता, एमाले ९ जीत, नेपाली कम्यूनिष्ट पार्टी ७ सिट जीत हाँसिल गरेको छ । श्रमसंस्कृति ३ मा विजयी भएको छ । राप्रपाले १ सिट र स्वतन्त्रले १ सिट जीतेको छ । त्यस्तैगरी काभ्रे जिल्लामा पनि एमाले र नेपाली कम्यूनिष्ट पार्टीका किल्ला फागुण २१ गतेको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले तोडिदिएको छ । प्रतिनिधि सभा क्षेत्र नंं. १ मा मधुकुमार चौलागाई विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानलाई १० हजार ४ सय ५२ मतान्तरको फराकीलो अन्तरले २९ हजार ६ सय १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । कांग्रेसका मुक्तानले १९ हजार १ सय ६६ मत प्राप्त गरी दोश्रो स्थान हाँसिल गर्नुभएको छ । त्यस्तै गरी नेपाली कम्यूनिष्ट पार्टी नेकपाका दिननाथ गौतमले १४ हजार १ सय ८४ मत प्राप्त गरी तेश्रो र नेकपा एमालेको उम्मेदवार अमित लामाले १३ हजार ८ सय १४ मत ल्याइ चौथो स्थान हाँसिल गर्नुभएको छ । उज्यालो नेपाल पार्टीका योगन्द्र लामाले ७ हजार ४ सय ३ मत प्राप्त गरी पाँचौ स्थान ओगट्नु भएको छ । उक्त क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ (लालध्वजले) २०७९ सालमा ३४ हजार ४ सय १२ मत ल्याइ विजयी हुनुभएको थियो । एमालेका रशेम लामाले हार व्यहोर्नु भएको थियो । दोङले ३ हजार ९ सय ३४ मतान्तरले चुनाव जित्नुभएको थियो । यो पटक लाल किल्ला भत्तकाएर कांग्रेस, एमाले र नेपाल कम्यूनिष्ट पार्टीका उम्मेदवारलाई हराएर रास्वपाका मधुकुमार चौलागाइले १० हजार ४ सय ५२ मतान्तरले कांग्रेसका मुक्तानलाई समेत पछिपारी विजयी हाँसिल गरेका छन् । त्यस्तै गरी प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नं. २ मा पनि रास्वपाका युवा नेता कोशीपारी भुम्लुका बदनकुमार भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याइ विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यलाई ३५ हजार ४ सय ७६ मतान्तरले पछिपारी भण्डारीले जीत हाँसिल गरेका छन् । मधु आचार्यले १७ हजार ८ सय ६८ मत प्राप्त गरी दोश्रो, त्यस्तैगरी नेकपा एमालेबाट अशोक कुमार व्याञ्जुले १३ हजार ९ सय ४० मत ल्याइ तेश्रो र बसुन्धरा हुमागाईले ८ हजार १ सय ७ मत ल्याइ चौथो स्थान ओगटेका छन् । जोत्सना सैंजुले ३ हजार ७ सय ४९ मतल्याई पाँचौ स्थान रहनुभएको छ । यस अघिको निर्वाचन २०७९ मा एमालेका प्रभावसाली नेता गोकुल प्रसाद बाँस्कोटाले काभ्रे क्षेत्र नं. २ मा ४५ हजार ३ सय ४५ मत प्राप्त गरी कांग्रेसका शीवप्रसाद हुमागाईलाई ५ हजार ९ सय ६३ मतान्तरले पछिपारी बास्कोटा विजयी हुनुभएको थियो । २०८२ फागुण २१ को चुनावमा रास्वपाले काभ्रेका १ र २ क्षेत्रमा नै आप्mनो वर्चश्व कायम गरी कम्यूनिस्ट किल्ल भत्काइदिएका छन् । काभ्रे क्षेत्र नं. १ मा १,६१,१०० र क्षेत्र नं. २ मा १,६५,५११ गरी ३,२६,६११ कुल मतदाता रहेका छन् । काभे्र क्षेत्र नं. १ मा ९१,१२८ मत खसेको प्रतिशतमा ५६ दशमलव ५७ प्रतिशत हो । त्यस्तै गरी क्षेत्र नं. २ मा १ लाख ६ हजार २ सय १३ मत खसेको थियो । प्रतिशतमा ६४ प्रतिशत १७ हो । दुवै क्षेत्रमा काभ्रे जिल्लामा ६० दशमलव ४२ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
