कसैले नानाथरी तर्क नगरे हुन्छ– २१ फागुनको निर्वाचन थिएन, विद्रोह–२ थियो। पहिलो विद्रोह– २३÷२४ भदौको थियो, यो ब्यालेट प्रोसेस चाहिँ त्यही विद्रोहको दोस्रो भाग हो । त्यसैले हाम्रा सन्तानहरुले गरेको २३÷२४ भदौको विद्रोहलाई अपमान गर्ने, हियाउने र त्यसका नाममा अनेक षडयन्त्र ‘न्यारेट’ गरेर पञ्चायकालीन मण्डले चरित्र नदेखाउनुहोला । जसलाई यो विद्रोहले भुँइ देखाइदिएको छ– आफैंले आफैलाई समीक्षा गर्नुहोला र उठेर हिँड्ने र दौडिने राजनीतिक ताकत आर्जन गर्नुहोला । यो विद्रोह निख्खर नेपालीले गरेको विद्रोह हो– विदेशी–सिदेशी भन्दै आकाशतिर फर्केर नथुक्नुहोला ।
