IMG-LOGO

कविता जस्तो कवि हुँदैनन्

 मंगल, असार १५, २०७८  पातले कान्छो

कवि जस्तो कविता हुँदैन, कविता जस्तो कवि हुँदैनन् । तपाइँ नै भन्नुहोस् महोदय के कविता हो ? के कविता होइन ? कविता वा साहित्य भाषिक कलात्मक अभिव्यक्ति हो । नेपाली कविताको विकासको अध्ययन, अनुशन्धान गरेर हेर्दा निष्कर्षको रूपमा के भन्न सकिन्छ भने साहित्यको लगायत र साङ्गितिक भेद नै कविता हो । कविता भनेको शब्द छोटोमा लेखेर कलामय रूपमा अर्थ्याउने साहित्यको एक सशक्त विधा हो । कविता बारेमा बहस र छलफल गर्न सकिन्छ । समय अनुसार समालोचकले व्याख्या विश्लेषण गर्छन् तर कविताका शब्दहरू वासनादार फूल जस्तै हुनुपर्छ भन्ने मलाई लाग्छ ।  शब्दजाल अर्थात शब्द थोपर्दैमा कविता हुनै सक्दैन । गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक लय पनि कवितामा हुनुपर्छ । मेरो विचारमा कविता र गीत भाइ भाइ हुन् । गीतश्रष्टाको शब्द, गायकको लय र संगीतको धुनको त्रिवेणीले बेजोड बनाइन्छ भने कविता कविको कलात्मक शब्दार्थले सशक्त बन्छ ।     सबै मान्छेहरु कवि हुन् जसको हृदय हुन्छ ।  मनहुनेसँग मुटु हुन्छ । मुटुहुने सँग धड्कन, धड्कनहुनेसँग प्रेम, प्रेम हुनेसँग शब्द, शब्दहुनेसँग संसार । अहिले संसार भरी नै बहस छ के कविता हो ? के होइन ?कुन कविता हो? कुन होइन छुट्याउने लगायत ममा क्षमता छैन । हाम्रो समाजमा कवि भनेर चिनिएका र उनीहरुका कविताबारे शैद्धान्तिक अध्ययन गरे पछि थाहा हुन्छ । हुन त अहिले साहित्यमा सेन्डीकेट छिरेको छ । आलोपालो सम्मान, बधाई र हुँदै नभएको बखान गरिने प्रचलन शुरु भएको छ । यो सेन्डीकेट महारोगले वास्तविक कवि र सहित्यकारहरुलाई ओझेल पार्ने काम गरेका छन् । खुशीको कुरा यो छ की नयाँ उदयमान कवि र साहित्यकारहरुले सामाजिक सञ्जाल र फेसबुक र अनलाइन मिडिया मार्पmत आफ्नो परिचय स्थापित गरिरहेका छन् । यूटूब भिडियोले अझ त्यस्ता प्रतिभालाई चिनाइरहेको छ ।     ओड्स वर्थ भन्छन् - कविता भनेको अनुभूति वा भावनाहरुको धाराप्रवाह संप्रेषण हो । जसलाई सृजना गर्न एकान्तपन चाहिन्छ । कविता आफैमा एकान्तको साथी हो ।  जसको सुरुआत नै एकान्तपनबाट हुन्छ । मलाई पनि त्यही लाग्छ, कवितालाई बुझ्न पनि एकान्त नै चाहिन्छ । पूर्वीय साहित्यमा हरेक शास्त्रीय कृतिहरु उदाहरणका लागि गीता, महाभारत, रामायण, सबै कवितात्मक ढंगले लेखिएका थिए । त्यो समयका साहित्यिक कृतिहरु हेर्ने हो भने सबै विधाहरु कवितात्मक नै थिएँ । पश्चिमी साहित्यमा पनि त्यहीलागु हुन्छ बिउल्फदेखि सोक्रेटिज र सोफोक्लिजका हरेक कृति कवितात्मक शैलीमा लेखिएका थिए ।     कविताको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्धानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन् ः १. कवितको आत्मा रीति वा शैली हो । - वामन २. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो । - जगन्नाथ ३. कल्पना र संवेगद्धारा गरिने जीवनको व्याख्या नै काव्य हो । - हड्सन ४. गण मिलाइएको संरचना नै कविता हो । - जोन्सन ५. कविता भनेको जीवनको समालोचना हो । - मैथ्युअर्नाल्ड ६. भावनाको बौद्धिक कोमलता कविता हो । - बालकृष्ण सम ७. मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्धार मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ । - लक्ष्मीप्रसाद देवकोटा ८. शब्द  र संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो । - माधवप्रसाद घिमिरे

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्