गत भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनबाट उत्पन्न विशेष परिस्थितिले हुन लागेको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल तथा उम्मेदवारहरुले १८ गते अन्तिम चुनावी प्रचार प्रसार गरेका छन् । सोमबार राती १२ बजे सम्म प्रचारको अवधि रहेको छ भने मध्यरातिदेखि मौन अवधि प्रारम्भ भएको छ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाँइदैन । त्यसै कारण हिजो सम्म चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तीनका उम्मेदवारहरु व्यस्त छन् । मौन अवधि हिजो मध्यराति १२ बजेदेखि सुरु भएभएर मतदानको नसकिएसम्म लागु हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिन्छ । यदि मौन अवधिको व्यवस्था नराख्ने र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्ने जोखिम रहन्छ । मौन अवधि प्रारम्भ भएदेखि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउनुपर्ने कुरा जिल्ला निर्वाचन धुलिखेल काभ्रेका निर्वाचन अधिकारी दिनेश सिवाकोटीले जनाउनुभयो । मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सामाजिक सन्जालमार्फत् पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन । यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, विज्ञापन, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने अन्तरर्वार्ता, टक सो, प्रश्न उत्तर जस्ता विविध कार्यक्रमिक सवालहरु गर्न नपाइने कुरा जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले उल्येख गर्नुभयो । मतदानका दिन एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध ढुवानी गर्ने सवारी, दमकल, दुरसञ्चार सेवा, शववहान, अस्पताल सेवा, विद्युत सेवा लगायतका अत्यावश्यक सेवा, नम्बर प्लेटमा सिडी उल्येख भएका कुटनीतिक नियोग, सूचना विभाग, सञ्चार रजिस्टारबाट संचार माध्यामको प्रेसपास लिएका सञ्चारकर्मीहरुले सवारी साधनले सवारी साधन चलाउन अनुमति लिनु नपर्ने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै गरी, उम्मेदवार सुरक्षाकर्मी, संवैधानिक निकाय, राष्ट्रिय सूचना आयोग, पर्यवेक्षक, संचार माध्याम लगायतले सवारी साधन अनुमति लिएर सञ्चालन गर्न सक्नेछन् ।
