IMG-LOGO

देशको वर्तमान राजनीति अवस्था र आउँदै गरेको निर्वाचन

 मंगल, फागुन १९, २०८२  – ऋषिकुमार पंचशील

      नेपाल एक सार्वभौमिक सम्पन्न मुलुक हो । यहांको प्राकृतिक, सांस्कृतिक, आध्यात्मिक सम्पदा विश्वमा नै प्रसिद्ध छ । यति सुन्दर देश नेपाल बुद्धको शान्ति भूमि सनातन वैदिक हिन्दू धर्म र आर्य परम्पराबाट विभूषित नेपाल अहिलेको अवस्थामा विभिन्न वाद–विवाद जाती, धर्म, वर्गको नाममा राजनीति गर्नेहरुको कारण अस्थिरता र अन्योल जनक अवस्थामा पुगेको छ । देशमा रहेका युवा शक्तिलाई वुज्न र सही दिशातर्फ मार्ग निर्देशन गर्न नसक्दा आफ्नो, परिवार, समाज र राष्ट्रका लागी जुन सृजनशील काममा लाग्नु पर्ने हो, त्यसको विपरीत अन्योल भविष्यको चिन्ता र अस्थिर राजनीतिक अवस्थाको कारण के गर्ने के नगर्ने भन्ने स्थिति सृजना भएको छ । उता राजनीतिक दल र पार्टीहरु यती धेरै जन्मीसके कि प्रत्येक व्यक्तिको एउटा पार्टी हुने भैसकेको छ । पंचायती शासन प्रणालीलाई ढालेर बहुदलीय प्रजातांत्रिक व्यवस्था स्थापना गर्ने देशका ठुलाशक्ती आम नेपाली जनताको स्वतंत्रता एवं हक, हित र अधिकारका लागी लडेर कयौं बलिदान र त्यागसगैं राष्ट्रको नयां निर्माण र विकासमा अग्रगण्य भूमिका निर्वाह गर्ने इतिहास बोकेका पार्टीहरु; नेपाली कांग्रेस, ने.क.पा. एमाले लगायतका अन्य ठुला–साना पार्टीहरु पनी नेतृत्वकै अभावमा हो वा पार्टी भित्रकै निति–नियमको कमजोरीका कारण हो अथवा राष्ट्र प्रति जनता प्रति जिम्मेदारी विहिनता र संवेदनशील नहुनाको कारण हो, क्रमशः असफलता तर्फ गईरहेका छन् । जसको परिणाम स्वरूप देश; भष्ट्राचार, अराजकता, नैतिक र चारित्रिक पतन तर्फ दिन प्रतिदिन अगाडी बढ्दै गईरहेको देखिन्छ । देशमा चरित्रबान र उच्च विचारको व्यक्तित्वको अभाव जस्तै भईसकेको छ । नैतिकता र कर्तव्यपरायणताका आदर्शहरु छोडेर निजी स्वार्थ, आत्मरति र मनोमालिन्यतालाई नै सर्वोपरि मान्ने प्रवृत्तिको कारण राष्ट्रीय अठोट नै निर्वल बनेको छ । सवैतर्फबाट राष्ट्रीय अस्मिता, धर्म संस्कार र आस्थामाथी नै प्रहार हुदैछ जसका कारण विधर्मीहरुको चलखेल र उनिहरुकै दासत्व नेतृत्वले नै स्वीकार्दै गईरहेको छ । देशका जनताहरु, युवावर्ग, नवजवान किशोर–किशोरी, समाजसेवी, बुद्धिजीवी, विद्वत सन्तजन तथा नागरिक समाजहरुको कुनै आवाज नेतृत्वद्वारा सुनाई हुदैन वरु उनिहरुको तिरस्कार गर्दै सवै आफैं र आफ्नै पार्टी तथा पार्टीका कार्यकर्ता मत्रै देशको नागरिक, साशन प्रणालीको हर्ता–कर्ता अरु बांकी केहो कोहो कुनै मुल्याकंन नै नभएको प्रत्यक्ष ओलीको सरकार ढल्यो र जेन जी को नेतृत्व गर्दै सुशिल कार्कीको अन्तरिम सरकार बन्यो। यसै अन्तरिम सरकारलाई चुनाव गराउने जिम्मेदारी पनी छ र यही फाल्गुन २१ गते चुनाव तय भैसकेको छ । चुनावमा नयां र पुराना पार्टीहरु प्रतिस्पर्धा गरिरहेका छन । नयांले पुराना पार्टीहरुलाई देशको यो अवस्था आउनुको कारण दोषी मानिरहेका छन भने पुराना पार्टीहरु पनी नयां पार्टीहरु अनुभव हीन अन्तर्राष्ट्रीय शक्तिको आडमा स्थापित विदेशी चलखेलको संज्ञा वताईरहेका छन । जसको कारण आम जनसमुदायमा अन्योल बनेको छ । के ठीक के बेठीक छुट्याउन नसक्ने अवस्था बनेको छ । विशेषगरी विदेशमा रहने नागरीकहरु एवं युवावर्गहरु नयां उदयमान पार्टीहरु बाट देशको भविष्य बन्ने संभावना खोजिरहेका छन । यस प्रकार नयां र पुराना भन्ने जुन सोच र प्रवृत्ति विकास भएको छ, यसले आम जनसमुदायमा एक प्रकारको हलचल मचाई दिएको छ । यो संसार मायां जनित प्रकृति विसंम छ कुनवेला कस्तो प्रकारको हलचल मचाई दिन्छ त्यो अनुमान लगाउंन कठिन छ । कयौं कुरा देखेको नै सत्य हुन्छ र कयौं कुरा देखेको भन्दा सत्य फरक हुन्छ। मनुष्य को शक्ति भन्दा प्रकृति बलवान छ । त्यस वलवान प्रकृतिको अगाडी कसैको केही बस चल्दैन। एकता र सद्भावमा नै बल हुन्छ । त्यसकारण हामी सवै नेपाली एकजुट हुन जरुरी छ । पार्टी कहिलै नयां र पुराना भन्ने हुदैन नयां र पुरानो भन्ने त व्यक्तिको सोचमा निर्भर पर्ने कुरा हो । व्यक्तिको अनुभवबाट खारिएको मुक्त स्वभाव र उसको चारित्रिक शक्तिमा निर्भर गर्दछ । अनुभव र शिक्षा हस्तान्तरण हुदैं जाने कुरा हो र हस्तान्तरण र रुपान्तर हुदैं जानु पर्छ । काम गर्ने शैली सवैको एउटै हुन्छ भन्न सकिदैन । बाउले बनाएको घर छोरालाई चित्त नबुझ्न सक्छ। तर बाउले घर बनाउंदा छोरा छोरीहरुकै लागी पनी होस् भन्ने विचारले बनाएको हुन्छ । त्येसैले पुरानाहरुको अनुभव र नयांहरुको जोस जांगर दूवै मिलाएर एक आपसमा समझदारी, समन्वय र सम्मानका साथ अगाड़ी बढ्नुमा नै बुद्धिमानी हो । एकले दोस्रोको कामलाई स्रहाना गर्दै अगाड़ी बडनुमा नै सवैको जीत हो । यसैबाट सवैको सम्मान कायम रहन्छ । इतिहास र विरासतलाई विर्सने र त्यसको अपमान गर्नेहरु र त्यसलाई लात हान्नेहरु कहिलै सफल भएका छैनन् । त्यसकारण आफ्नो देश, आफ्नो धर्म, आफ्नो संस्कार–संस्कृति, ज्ञान, शिप र अनुभवको रक्षा हामी आफैले गर्नु पर्छ। यहां बाहिरी कसैले आएर हाम्रो देशको रक्षा गर्ने वाला छैनन्। नेपालीहरुले नै नेपालीको मायां गर्नु पर्छ, रक्षा गर्नु पर्छ र नेपालीहरू आपसमा मिलेर नै नेपालको निर्माण गर्ने हो । हामीले नै प्रेम, सम्मान र खुसी पूर्वक एक आपसमा मिलेर बस्ने हो । त्यसकारण सवै नेपाली एकजुट भएर राष्ट्रीय एकता, राष्ट्रप्रेम र राष्ट्रीय भावनाको बिकास गरौं । चुनाव जस्ले जितेपनी देश बिकासको अभियानमा सवैले मिलेर नै गर्नु पर्छ। एकले दोस्रोलाई सहयोग नगरीकन स्थिरता, दिर्गकालिन शान्ति र विकास सम्भव छैन । देशको विकास भएमा नै हामी सवै नेपालीहरुले सुख पाउने हो र शान्ति अमन चैनको श्वस लिन पाउंने हो। तवमात्र विश्वको कुनै पनी कुनामा गएपनी आफ्नो देशको गौरव गर्दै शिर ठडो पारेर हिड्न सक्ने शक्ति र आट हामीलाई प्राप्त हुन्छ । अन्यथा एक आपसमा तछाड र मछाड गरेर बेकम्बा भएर जीउनु सिवाय कुनै उपाय छैन । आन्त्यमा आउंदै गरेको निर्वाचनमा देशका ठुला–साना सवै पार्टीहरुलाई देशको सान, वान कायम गर्दै स्वास्थ्य प्रतिस्पर्धाका साथ बहुमत प्राप्त गरी विजयीको हुनको लागी अग्रिम वधाई र शुभकामना दिन चाहान्छु । शुभ होस् सवैको मंगल होस् । भवतुः सर्व मंगलम् ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्