IMG-LOGO

अमेरिका र इजरायलको आक्रमणबाट ईरानमा खामेनीको हत्या

 मंगल, फागुन १९, २०८२  – आर. एल. श्रमजीवी

      अमेरिका र इजरायलद्वारा शनिबार इरानमा गरिएको आक्रमणमा मारिनेहरूमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी छन् । खामेनीको शनिबार बिहान आफ्नै कार्यालयमा मृत्यु भएको बताइएको छ । इरानी टेलिभिजनका अनुसार देशका सशस्त्र बलका प्रमुख अब्दोलरहीम मौसवी पनि हवाई आक्रमणमा मारिएका छन् ।       अमेरिकाले आज इरानमाथि जुन प्रकारको एकलौटी दादागिरी र सैन्य प्रहार गरेको छ, त्यसको सामना इरानले आफ्नो अन्तिम शक्तिसम्म एक्लै गर्ने दृढता देखाएको छ । यो कठिन घडीमा इरान विश्वमा एक्लै लडिरहेको छ । साथ कसैको छैन ।       सबैभन्दा ठूलो बिडम्बना त यो छ कि, छिमेकी मुस्लिम राष्ट्रहरूले नै इरानलाई साथ दिइरहेका छैनन् । आफ्नै धर्म र क्षेत्रका मुलुकहरू संकटमा पर्दा पनि उनीहरू मौन बस्नुले यो प्रष्ट पार्छ कि ती देशहरू आज स्वतन्त्र नभई अमेरिकाका गुलाम र कठपुतली बनिसकेका छन् । शक्ति राष्ट्रको इसारामा नाच्ने यस्ता प्रवृत्तिले गर्दा नै आज क्षेत्रीय एकता कमजोर बनेको छ ।       परमाणु हतियारको मुद्दा त केवल एउटा बहाना मात्र होस वास्तवमा अमेरिकाले इरानमाथि आफ्नो एकलौटी अधिपत्य जमाउन खोजिरहेको छ । यसको भित्री अर्थ यो हो कि जुन देशले अमेरिकाको दासता स्वीकार गर्दैन वा आफ्नो अमूल्य खनिज सम्पदा उसलाई सुम्पिँदैन, त्यो देशले अमेरिकी दमन र विनाशको सामना गर्नुपर्ने हुन्छ । यो विश्व राजनीतिमा शक्तिको चरम दुरुपयोग हो । अमेरिकाको अगाडि बोल्ने कस्ले ?       ’आजको विश्व राजनीतिमा अमेरिकाले इरानलाई ’परमाण’ु हतियार राख्न नपाउने’ भन्दै जुन प्रतिबन्ध र दबाब सिर्जना गरेको छ, त्यो उसको एकलौटी अहङ्कार र एकाधिकार को पराकाष्ठा हो तर यो परमाणु हतियारको कुरा त केवल एउटा बाहिरी आवरण मात्र होस यसको भित्री रहस्य निकै गम्भीर छ ।       यस घटनाक्रमबाट के प्रष्ट बुझ्न सकिन्छ भने, यदि कुनै पनि सार्वभौम राष्ट्र अमेरिकाको दासता  स्वीकार गर्न तयार हुँदैन वा आफ्नो देशको बहुमूल्य खनिज सम्पदा र प्राकृतिक स्रोतहरू उसलाई सुम्पिन मान्दैन भने, त्यो देशको विनाश सुनिश्चित छ । अमेरिकाले ती राष्ट्रहरूलाई मात्र ’मित्र’ ठान्छ, जो उसको इसारामा चल्छन् र आफ्नो अर्थतन्त्र उसकै पोल्टामा हालिदिन्छन् ।       इरानले आफ्नो स्वाभिमान र स्रोतमाथि कसैको हस्तक्षेप स्वीकार नगरेकै कारण आज उसले यति ठूलो मूल्य चुकाउनु परिरहेको छ । यो केवल एउटा देशमाथिको आक्रमण मात्र होइन, बरु विश्वका साना र स्वाभिमानी राष्ट्रहरूका लागि एउटा चेतावनी पनि हो— कि त अमेरिकाको ’कठपुतली’ बन, होइन भने विनाशको सामना गर । यो विश्वकै लागि एउटा दुःखद बिडम्बना हो ।       अमेरिकाले सबैतिर जितेको मात्रै छैन अफगानिस्तानमा तालिबानसँगको पराजयपछि जसरी अमेरिकी सेना अपमानजनक ढंगले अफगानिस्तानबाट बाहिरिनु परेको कुरा हामी सबैलाई थाहा छ । इतिहासमा यस्तै हार भियतनाम युद्धमा पनि भएको थियो । अफगानिस्तानमा अमेरिका हारेपछि त्यहाँ तालिबान सरकार बन्यो । अहिले अफगानिस्तानमा स्थिति विस्तारै सामान्य हुँदै गइरहेको छ, तर अमेरिकालाई यो स्वीकार्य छैन । अहिले अमेरिकाले पाकिस्तानलाई अफगानिस्तानविरुद्ध युद्ध गर्न उक्साइरहेको छ । यसको मुख्य कारण भनेको— अमेरिकाले अफगानिस्तानमा बनाएका आफ्ना अत्याधुनिक एयरबेसहरू पुनः कब्जा गर्नु हो । यी सैन्य अड्डाहरू पुनः प्राप्त गरेर अमेरिकाले चीनलाई घेर्ने रणनीतिक योजना बनाएको सबैलाई थाहा छ ।       यसबाट के प्रष्ट हुन्छ भने, अमेरिका आफ्नो स्वार्थका लागि दक्षिण एसियाली क्षेत्रलाई अस्थिर बनाउन र छिमेकी राष्ट्रहरूबीच युद्ध गराउन हरदम तयार छ । उसको अन्तिम लक्ष्य भनेको चीनको बढ्दो शक्तिलाई रोक्नु र आफ्नो गुमेको सैन्य अधिपत्य कायम गर्नु नै हो ।       नेपालमा पनि ःएमसीसी मार्फत आफ्नो पदचाप बलियो बनाउन खोजेको छ । धेरैको विश्लेषण के छ भने— ः एमसीसी केवल सडक र बिजुली प्रसारण लाइनको परियोजना मात्र होइन । यो अमेरिकाको ’इन्डो–प्यासिफिक रणनीति ९क्ष्लमय(एबअषष्अ क्तचबतभनथ० को एउटा हिस्सा हो, जसको मुख्य लक्ष्य भनेको चीनलाई घेर्नु र नेपालमा आफ्नो रणनीतिक उपस्थिति बलियो बनाउनु हो । त्यसैको लागि पाल्तु सरकार उसको अनुकुलता हो त्यसैले नेपालमा गढबढी अमेरिकाले गर्दैछ । उपयुक्त पात्र उसले खोजी रहेको छ ।       त्यसैले, सत्ता र कुर्सीका लागि अन्धो भएका हाम्रा नेताहरूले बुझ्नुपर्छ — कतै हामी पनि कसैको ’कठपुतली’ बनेर देशलाई महाविनाशको खाडलमा त धकेलिरहेका छैनौँ ? समयमै सचेत नहुने हो भने, अफगानिस्तान इरान नियति नेपालले भोग्नु नपर्ला भन्न सकिन्न ।       अमेरिका आफूले जे चाहेको हो त्यही गर्छ । अमेरिकी दादागिरीका अगाडि कोही राष्ट्र बोल्न सकेका छैन । उसको स्वार्थनै मुल आक्रमणको निशान हुन्छ । इतिहासमा भियतनामको आक्रमण देखि इराक, अफगानिस्तान, सिरिया होस् वा भेनेजुएला पानामा सबैतिर अमेरिकी आक्रमणले उसको स्वेच्छाचारी हामीले देखेका हौं । हिजो देखि अमेरिकामा रहेको सयुक्त राष्ट्रसंघ भएर पनि उसलाई केही फरक परेको छैन ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्