कतार, कुवेत, युएई, साउदी अरब र बहराइन लगायतका मुलुक युद्धको पक्षमा कदापि थिएनन्, तर ती मुलुक पनि युद्धमा तानिदैछन् । ती मुलुकमा हमला गरिनुको एक मात्र कारण अमेरिकी सैन्य शिविर रहनु हो । हो, हामीले नेपालमा पनि कसैको सैन्यबेस नरहोस् भन्ने चाहनुको एकमात्र कारण भोलि नेपाल पनि युद्धभूमि नबनोस भनेर हो । पुराना दलका परिपक्व नेताका हजार गल्ती भएपनि देशमा विदेशको सेनालाई निषेध गर्ने निश्चित थियो र छ । त्यसैले पुराना दल र नेतृत्व विस्थापित गरी नयाँका नाममा जिलेन्स्की टाइपका ठेट्नाहरूलाई सत्तामा पु¥याएर आफू अनुकुल निर्णय गराउँदै जाने र अन्तत यो भूमिलाई युद्ध मैदानमा रूपान्तरण गर्ने षड्यन्त्रप्रति सचेत बनांै भन्ने हाम्रो भनाई हो । हामी चुनावको ठ्याक्कै मुखमा छांै, नेपाललाई दुबई जस्तै व्यर्थको युद्धमा होमिनबाट जोगाउने कि नजोगाउने भन्ने प्रश्न हाम्रा सामु खडा भएको छ । नेपाली जिलेन्स्कीहरूबाट सचेत बनांै, मतदान गर्दा नेपालको एक मुट्ठि माटो हातमा लिएर निर्णय गरौं ।
