IMG-LOGO

चुनाव आयो तपाईको बिचार ?

 मंगल, फागुन १२, २०८२  – जयदेश श्रेष्ठ

     २०८४ मा हुनु पर्ने चुनाव ०८२ मा भएको छ । यो कुनै पार्टी र सङ्गठनले सत्ताको विरोध, विद्रोह आन्दोलनबाट सरकार परिवर्तन भएको होइन । जस्तो सुकै विरोध, आन्दोलनलाई निस्तेज गर्ने तागत के पी ओली सँग थियो । दलहरूलाई लडाउने फकाउने, आफ्ना कार्यकर्ताहरूलाई फकाउने, झुक्क्याउने, पन्छाउने र आफू कसरी हुन्छ सरकारमा रहने राजनितिक खेलाडी रूपमा केपी ओली कप्तान थिए । कहिले प्रचण्ड, कहिले देउवा सँग मिलेर आफ्नो प्रतिन्दोन्दीहरु सकाउने खेलमा मात्रै के पी ओलीले ध्यान केन्द्रित गरेका थिए । सबैलाई पाखा लगाउँदै आफु एक्लो नायक बन्ने के पी ओलीको अभिलाषा जेन जी युवाहरूले चकनाचुर बनाउँछ भनेर सोचेको पनि थिएन । त्यसैले के पी ओली सरकारबाट बाहिरिँदा पनि आफू सरकार र प्रधान मन्त्री भएको ठान्दछ । रातारात आफू भागेर ज्यान जोगाएको हुँदा बिपदको बेला ज्यान जोगाई दिने महेश बस्नेत बाहेक अरू नेतालाई एमालेमा स्थान दिन चाहँदैन । अबको चुनाव कसको लागि ?      माओवादीले आफ्नो पार्टीको नाम नै गुमाई सकेको छ । प्रचण्ड आफूलाई पर्दा सहानुभूति खोज्ने मौका पर्दा धम्कीको राजनीति गर्ने भएर छेपारो जस्तै बदनाम भएको छ । माधव कुमार नेपाल बेईजति मत परिणाम आउला भनेर चुनाव अगाडी नै राजनीतिबाट संन्यास लिने तयारीमा छ । झलनाथ खनाल आन्दोलनको कमजोरी श्रीमतीको नाममा सहानुभूतिको राजनीति गर्दै आफूहरूलाई बचाउनु पर्ने अभिव्यक्ति दिई रहेका छन् । ढुलमुले बाबुराम जेन जी समर्थक बनेर नाटक मञ्चन गरि रहेको छ ।      नेपाली काँग्रेसका युवा नेता गगन थापा र विश्व प्रकाशले महामन्त्रीको दायित्व निर्वाह गरेर पार्टी भित्र सघर्ष गरेर अध्यक्ष शेर बहादुर देउवालाई किनारा लगाएको छ । गगन थापा सभापतिको जिम्मेवारी भूमिकाले अहिलेको चुनावमा नयाँ युवाहरूलाई बढी टिकट दिएको छ भने आफू पनि तराई सर्लाहीमा चुनाव लड्न पुगेको छ । पार्टी भित्र जस्तै जोखिम मोलेर गगनले देशमा परिवर्तन ल्याउन सक्छ कि सक्दैन ?      रबी लामिछानेले अबको रास्वपाको योजना नयाँ युवाहरूको सरकार भन्दै बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडी सारेको छ । पुरानो नेताहरूको चक्रब्युहको राजनीति बुझेका रबी लामिछानेले किन बालेनलाई प्रधान मन्त्रीको अफर गरे ? के पी ओली कै स्थान झापाबाट बालेनलाई चुनाव जित्नु पर्ने अवस्था किन बनाए ? नेपाली जनताले सर्वाधिक रुचाएको कुलमान घिसिङ रास्वपा भित्र किन अटाउन सकेन ?       नेपालको राजनीति कहाँ बाट कसरी चलेको छ । चुनाव रणनीति, त्यसको परिणाम बारेमा नेपाली जनता माझ शङ्कास्पद अन्योलको वातावरण सृजना हुँदै गएको छ । देशमा जेन जी आन्दोलन किन भयो ?      देश विदेशमा स्कुले विद्यार्थीहरूले चलाएको प्रदर्शनले सरकार ढलाउन सक्छ भनेर कसैले सोचेको थिएन । तिनीहरू सँग कुनै योजना थिएन । कुनै संगठन थिएन मात्र एउटा अडान थियो ।हामी युवाहरू लोकतन्त्रमा हस्तक्षेप बेथिति राजनीति दबाब  अन्याय हामी युवाहरूले सहन सहँदैनौ भन्ने हो । देशमा सरकारी र प्राइभेट स्कुल कलेजमा शिक्षा नीति किन फरक ? विद्यार्थी, विद्यार्थीहरूमा किन विभेद ? एउटै देशका नागरिक धनी बाउका छोरा छोरी, नेताका छोराछोरीलाई किन संरक्षण ? ठुला बडाका छोराछोरी जाँचमा सजिलै पास गराउने चिट चोराउने, तिनीहरूलाई आवश्यकता भन्दा सुविधा दिने आदी ईत्यादी बिभेदका कुरा हुन् । समग्रमा सरकारले विद्यार्थी वर्गमा विभेदको अन्त्य गरिनु पर्दछ भन्ने थियो । स्कुले बिधार्थीहरुको आवाजलाई किन राज्यले देशद्रोहीको संज्ञा दिएर आज जेन जी आन्दोलनका सहिद विद्यार्थीहरू प्रति अन्याय गरेको छ । यसको जिम्मेदार को हो ? पुरानो सत्ताले अहिले सम्म यसको जिम्मेवारी लिएको छैन । देश परिवर्तन कसरी हुन्छ ? आज पुरानो सत्ता बङ्गलादेशमा नयाँ जेन जी आन्दोलनका युवा नेता चुनाव हारेकोमा खुसी हुँदै नेपालमा पनि जेन जी युवाहरूको पत्ता साफ भनी रहेका छन् किन ?      नेपालका जनता नेताहरूले सोचे जस्तो अबुझ छैन । यो पटकको चुनाव जेनजी आन्दोलनले भएको हो । गठबन्धनको सरकार २ दिने जेन जी आन्दोलनले सत्ता च्युत गरेको हो । हाम्रो विगतको इतिहास      २०४६ को आन्दोलन नेपाली काँग्रेसको अगुवाइमा भयो । नेपाली जनताले काँग्रेसलाई बहुमत दिलायो । काँग्रेसले राम्रो काम नगरे पछि एमालेले चुनावमा अग्रसरता पायो एमालेले सरकार चलायो । जनताको माग पुरा नभए पछि जन बिद्रोहको नाममा माओवादी जनयुद्ध चलायो । काँग्रेस गिरिजा प्रसादको सरकारले शान्ति सम्झौता अनुरूप माओवादीलाई समेत चुनावमा सामेल गरायो । नेपाली जनताले माओवादीलाई पनि सरकारमा पुर्याायो । अबको चुनाव किन र कसको लागी भनेर प्रश्न उठेको छ । यसको सही जवाफ नेपाली जनताको अभिमतले दिने नै छ । हाम्रो संविधानले समानुपातिक मत किन व्यवस्था ग¥यो ?      यो व्यवस्था कसले परिवर्तन ग¥यो ? त्यसको हकदार को हो ? सहिद प्रति सम्मान भनेर पार्टी र व्यवस्था परिवर्तनमा योगदान दिनेहरूको नाम समानुपातिकमा हुनु पर्छ । व्यवस्था परिवर्तन गर्ने व्यक्तिहरू चुनाव नलडीकन ससदमा पुग्न सकियोस् भनेर सुरक्षित कोटा हो । आज तिनै सुरक्षित कोटामा कुनै योगदान बिनाका आसेपासेहरू उभिएका छन् । होसियार जनताले सही व्यक्ति र योगदान रहेका व्यक्ति र पार्टीलाई आफ्नो मतदान गर्नेछ । तपाईँको मतले कोही जित्न सक्ला या नसक्ला आफ्नो ठाउँमा छ । तर तपाईँको मतले यो देशमा योगदान गरेका रहेका व्यक्तिहरू जिताउनु पर्छ । तपाईँको मतको विश्वास र भरोसा आफैमा हुनु पर्दछ । हाम्रो मत हाम्रै भविष्य हो । त्यसैले हरेक चेतनशील नागरिकले ब्यक्तिगत र पार्टीगत सोच नराखी यो पटकको मतदान देशको समग्र बिकाश र बेथीतीको अन्त्यको लागि स्वविवेकले मतदान गरौँ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्