IMG-LOGO

निस्वार्थ साथी भनेको यस्तो हुन्छ

 मंगल, फागुन १२, २०८२  – मदन रेग्मी

     निःस्वार्थ साथी भन्या यस्तो हुन्छ । मलाई पैतिस वर्ष पछि मैरै उमेरका अमेरिकामा वसोवास गरिरहेका मोहन भेटन आए । उनले मलाई एउटा लाख रुपैया भन्दा वढी पर्ने हेयरिङ एड लेईदिएका रहेछन् । उनले मेरो हेयरिङ कमजोर भएको फेसवुक वाट थाहा पाएछन् । उनको यहाँको एक महिनाको वसाईमा मलाई भेटन् बारम्बार फोन गरेछन तर फोन नउठेर भेट हुन सकेन । उनी पछि अमेरिका पुगेपछि मेरो कन्याक्ट भयो । उनले यही वस्दा मलाई आर्थिक सहयोग गर्न खोजेका रहेछन् पछि उनी फर्केपछि मलाई राम्रै आर्थिक सहयोग पठाईदिए ।      उनीसँग जब म यहाँका साथीहरूसँग तुलना गर्छु मेरो छिमेकी श्रवण राणा, किशोर श्रेष्ठ, विश्वेश्वर मान श्रेष्ठ, युवराज संग्रौला, आदिलाई सहयोगी भएको पाए । त्यसवाहेक अरु साथीहरू पैसा भनेपछि आफ्नो र आफ्नो परिवरकै लागि नै राख्नुपर्छ भन्ने विश्वास भए काहरु छन् । मैले आफूले पनि पैसा भएको वेला सहयोग माग्नेहरु कसैलाई पनि नाई भनिन जेसक्छु दिने गर्छु । यहासम्म कि अखवारमा विज्ञापन दिएर सहयोग माग्नेलाई पनि रकम वैकमा हाल्दिने गर्छु । मैले पैसा राख्न जानेको छैन जसरी आएपनि कसरी फाल्ने तिर जान्छ । राजा महेन्द्र ले एउटा कवितामा मान्छे थरि थरिका हुन्छन् भन्ने कविता लेखेको सम्झना आउँछ । अरु देशका कवि र दार्शनिक र उच्च विचार राख्ने विद्वान्हरुको भनाइ राखौ भने मेरा कथित साथीहरूले बुझ्दै बुझ्दैनन् । मैले ग्रीक फिलोसोफरहरुको प्रभाव परेर थोरैमा भएर पनि सन्तुष्ट हुने कुनै कुराको पनि चाहना नराख्ने हुनाले पद र पैसापट्टी ध्यान दिईन । त्यस्तो मौका मेरो लागि धेरै चोटि आएका थिए । आज म धेरै सन्तुष्ट छु ।      आफूले नै थाहा पाएको एकजना वितेको साथी को ३४÷३५ वर्षको उमेरमा विधुवा भएकी राम्री श्रीमती ले ४ वर्ष सम्म कुनै केटाको मुख नहेरेर आफ्नो लोग्ने कै विद्यार्थी सँग प्रेम गरेकी उसको तिव्र यौन ईच्छा र समर्पित प्रेम पनि अन्त भएको र उसले एक्लै जीवन विताउन थालेकी जीवन वारे एउटा नाटक हिजो राति अवर सिध्याए । अब उमेरले गर्दा ५ र ६ घण्टा नसुतेर लेख्यो भने भोलिपल्ट विरामी नै हुन्छु । तर मलाई लाहुरेको जीवन वारे अर्को नाटक पूरा गर्नु छ हेरौ के हुन्छ । मेरो समस्या के छ भने मेरो अक्षर म आफै वुझ्दिन । त्यसैले म जे लेख्छु आफ्नो लागि मात्र लेख्छु । सहयोगी मित्रलाई नवीन पोखरेलले नसघाएको भए मेरो लेखहरु छापिने थिएन । यो त आफ्नो प्रचार गरेजस्तो भयो । पढ्नेहरुले क्षमा गरिदिनु प¥यो ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्