IMG-LOGO

प्रेमको कुनै सुत्र हुँदैन

 मंगल, फागुन ५, २०८२  – आर. एल. श्रमजीवी

प्रिय मनमाया असीम याद,                प्रेम अवाक्य हो । यो शब्दमा बोल्न सकिन्न । मौनतामा आँखा चिम्म गरेर महसुस गर्न भने सकिन्छ । प्रेम गहिरो अनुभूति हो । यो वाचा बन्धनमा सिमित हुँदैन । यो त्यस्तो विश्वास हो, जस्लाई भत्काउन पनि सकिन्न । प्रेममा स्वार्थ हुन्न, डर पनि हुन्न, मृत्यु पर्यन्त पनि प्रेम बाँचिरहन्छ—निशब्द छ, सधैँ जीवित हुन्छ प्रेम ।                प्रेम नजिक हुँदा, स्पर्स गर्दा मात्र होइन, दूरीमा पनि उस्तै महसुस हुन्छ । हो, प्रेमले मनभित्र घर बनाउँछ र तार रहित सम्बन्ध गाँस्छ । जीवनभर प्रेम साथ हुन्छ, सम्मान गर्छ र समर्पित भइरहन्छ । प्रेम शब्दमा व्यक्त गर्न सकिन्न, बरु शब्दलाई निरर्थक बनाइदिने गहिरो अनुभुति हो प्रेम । व्याख्या गर्न पनि सकिन्न । प्रेमको कुनै सुत्र पनि हुँदैन । प्रेम गर्न कुनै विशेष दिनको आवश्यकता पनि  पर्दैन । एक अर्कामा विश्वास अनि माया भए हरेक दिन विशेष हुन्छ ! सोसल मिडियामा आएका कुरा हेर्दा केहि भन्न मन लागेको छ । के १४ फ्रेबवरी मात्र माया गर्ने दिन हो र ? भ्यालेन्टाइन डे को इतिसासलाई पढदा प्रेमलाई फेसन बनाइदैछ । प्रेम फेसन र देखाउने होइन महसुस गरिने एउटा अनुभुति हो ।                यो जगत नै मायाको संसार हो । दुनियाँमा प्रेमको ठ्याक्कै सुत्र हुदैन । प्रेम प्रेम जस्तै हुन्छ  । प्रेम व्यवहारमा देखिन्छ । पश्च्चिमी सभ्यताले भ्यालेन्टाइन डे ल्यायो । के हामीले प्रेम प्रकट गर्ने दिन यहि दिन हो र ? प्रेम उहिले भ्यालेन्टाइन डे नहुँदा पनि गरिन्थ्यो । जो सँग हृदय हुन्छ उसैले प्रेम गर्छ । प्रेम गर्छु भनेर गरिने हुदै होइन आफै हुन्छ । भइरहन्छ । मान्छे मारिसक्दा पनि प्रेम भईरहन्छ । प्रेमका बारेमा प्रख्यात साहित्यकार दार्शनिकहरुका आगाडि म व्याख्या गर्न सक्छु र मनमाया ?                यति भन्छु कि प्रेम आफैले आफ्ना लागि गरिन्छ । जब आफू अपूर्ण ठानिन्छ पूर्णताका लागि गरिन्छ । भनिदैन देखाइदैन तर प्रेमी र प्रेमिकाले अनुभूति गर्छन । त्यो मिठास अति सुन्दर हुन्छ । मैले युरोप र अमेरिकामा माया प्रेम फरक देखें । हामी कहाँ प्रेम र यौन पढाइ हुदैन । प्रेम बिहिन बाच्दाका असरहरु हाम्रा पाठ्यक्रममा हुदैनन् । लभ ग¥यो वा परेको छ भन्दा नै गलत अर्थ लगाइन्छ । हामी पछि छौ यिनीहरु भन्दा । यिनीहरु प्रेम गरिन्जेल संगै हुन्छन जव प्रेम हुन्न समझदारीले छुट्टिन्छन् । हामीहरु भावाना प्रधान छौं । यिनीहरुको पढाइका कारण विचार प्रधान छन्  ।                प्रेम जीवन र सभ्यता कै जननी हो । प्रेम बिना यो जीवन व्यर्थ छ । प्रेममा परेको मानिस दुःखी हुँदैन । प्रेम गाढा हुँदा सबै कुरा गौण हुन्छन् । परम्परा, बिबाह, सामाजिक मर्यादा, निति नियम र मानव निर्मित परिधि भन्दा माथि छ प्रेम । प्रेम खुम्चिएपछि डाह, ईष्र्या, रिसराग र बैरभावमा परिणत हुन्सक्छ फैलिएपछि तपस्या बन्छ । त्यसैले भगवान बुद्ध भन्नुहुन्छ –जहाँ तृष्णाको त्याग गरिन्छ, प्रेम तपस्या बन्न पुग्छ । प्रेम प्रकृति मै छ । मनमया  भ्यालेन्टाइन डे का दिनमा यि हरफहरु मार्फत तिमीलाई असीम माया । उही कुरुपसिंह

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्