आजको आलेख हालै पाकिस्तानको रावलपिण्डी जिल्लामा अवस्थित भिर माउन्ड (द्यजष्च ःयगलम) नामक युनेस्को विश्व सम्पदा स्थलमा पुरातात्विक उत्खननका क्रममा २,००० वर्ष पुरानो सिक्काहरू फेला परेको प्रसङ्गबाट सुरु गरौं । यी सिक्काहरू कुषाण साम्राज्यका राजा वासुदेव प्रथम (ख्बकगमभखब क्ष्) को शासनकाल (लगभग ई.सं. १९०–२३०) सँग सम्बन्धित छन् । पाकिस्तानको पुरातत्व विभागले यो खोजलाई महत्वपूर्ण मानेको छ, जसले भारतीय उपमहाद्वीपको प्राचीन इतिहास, संस्कृति र धर्मलाई नयाँ आयाम दिन्छ । यो सिक्का कांस्य धातुबाट (दचयलशभ) बनेको छ, जसको अगाडि राजा वासुदेवको आकृति छ भने पछाडि एक महिला धार्मिक देवता (सम्भवतः नानो वा अर्दोख्शो) को चित्रण छ । यसका साथै ल्यापिस लाजुली (बिउष्क बिशगष्)ि का टुक्राहरू पनि फेला परेका छन्, जसले तत्कालीन व्यापार र कलाको प्रमाण दिन्छन् । यो खोजले भारतीय उपमहाद्वीपमा सनातन हिन्दू धर्मको प्राचीन जरा र विकासलाई उजागर गर्छ, आउनुहोस् आजको आलेखमा यो सिक्काको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका बारेमा सानो चर्चा गरौं । कुषाण साम्राज्य भारतीय उपमहाद्वीपको इतिहासमा एक महत्वपूर्ण युग हो, जो मध्य एसिया देखि उत्तरी भारतसम्म फैलिएको थियो । कुषाणहरू युएझी (थ्गभशजष्) जनजातिबाट आएका थिए, जसले ग्रीक, पर्सियन र भारतीय संस्कृतिहरूको मिश्रण गरे । राजा वासुदेव प्रथम कुषाणका अन्तिम महान् राजा थिए, जसको नाम हिन्दू देवता कृष्णका पिता वासुदेवबाट प्रेरित थियो । यसले कुषाण राजाहरूले हिन्दू धर्मलाई अपनाएको प्रमाण दिन्छ । सिक्काहरूमा राजाको आकृति ग्रीक शैलीमा छ, जसले हेलेनिस्टिक प्रभाव देखाउँछ । ऐतिहासिक रूपमा, यी सिक्काहरूले कुषाण साम्राज्यको आर्थिक समृद्धि र व्यापार मार्गहरू (जस्तै सिल्क रोड) लाई प्रमाणित गर्छन् । तक्षशिला (त्बहष्बि) नजिकैको भिर माउन्ड प्राचीन शहर थियो, जसले बौद्ध, हिन्दू र जैन धर्महरूको केन्द्रको रूपमा काम गथ्र्यो । यो खोजले कुषाण कालमा भारतीय उपमहाद्वीपको राजनीतिक एकीकरण र सांस्कृतिक आदान–प्रदानलाई उजागर गर्छ । कुषाणहरूले पहिलो पटक भारतीय उपमद्विपमा सुनका सिक्काहरू जारी गरेका थिए, तर वासुदेवका कांस्य सिक्काहरूले सामान्य जनताको दैनिक जीवनलाई प्रतिबिम्बित गर्छन् । यसले प्राचीन अर्थव्यवस्था, मुद्रा प्रणाली र राजकीय प्रचारलाई बुझ्न मद्दत गर्छ । सांस्कृतिक दृष्टिकोणबाट, यो सिक्का भारतीय उपमहाद्वीपको बहुलवादी संस्कृतिको प्रमाण हो । कुषाण कालमा ग्रीक देवता (जस्तै हर्कुलिस), पर्सियन देवता (जस्तै अहुरा मज्दा) र भारतीय देवता (जस्तै शिव वा लक्ष्मी) को मिश्रण देखिन्छ । वासुदेवका सिक्काहरूमा शिव (ओएशो) को चित्रण प्रायः हुन्छ, जसमा त्रिशूल र नन्दी बयल समावेश छन् । यो सांस्कृतिक संश्लेषणले भारतीय उपमहाद्वीपमा विदेशी संस्कृतिहरूको आत्मसाक्षात्करणलाई देखाउँछ । सनातन हिन्दू धर्मको प्राचीन अवस्थामा, यो काल वैदिक धर्मबाट पुराणिक धर्मतर्फको संक्रमण थियो । सिंधु घाटी सभ्यतादेखि (३३००–१३०० ईसा पूर्व) नै सनातन हिन्दू धर्मका जरा यत्रतत्र सर्वत्र फैलिएका थिए, जसमा शिव–जस्ता देवताहरूको पूजा प्रमाणित छ । कुषाण कालमा हिन्दू धर्मले बौद्ध र जैनसँग सह–अस्तित्व गरेको थियो, जसले सांस्कृतिक विविधतालाई बढावा दियो । यो सिक्काले कला, मूर्तिकला र चित्रकला जस्ता सांस्कृतिक तत्वहरूलाई जोड्छ, जसले गान्धार कला शैलीको विकासमा योगदान दियो । सनातन धर्मको प्राचीनता यसबाट देखिन्छ कि यो धर्म स्थिर नभई विकासशील थियो, जसले विभिन्न संस्कृतिहरूबाट प्रभाव ग्रहण गथ्र्यो । तर दुर्भाग्य आज यसरी सबैलाई संरक्षण गर्दै आएको सनातन हिन्दु धर्ममाथि चारैतिरबाट प्रहार भइरहेको छ । जसका प्रत्यक्ष उदाहरण र प्रमाणहरू कसरी नेपालमा पश्चिमा मिसनरीहरु ले चर्च र विभिन्न गैरसरकारी संस्थाहरूको आडमा सांस्कृतिक आक्रमण गरिरहेका छन् भन्ने विषयमा यो भन्दा अगाडिका अङ्कहरूमा चर्चा गरिसकिएको छ । धार्मिक महत्वको कुरा गर्दा, यो सिक्का सनातन हिन्दू धर्मको प्राचीन अवस्थाको जीवन्त प्रमाण हो । वासुदेव नामले नै कृष्ण (वासुदेव) सँग जोडिन्छ, जसलाई भगवान् विष्णुको अवतार मानिन्छ । कुषाण राजाहरूले हिन्दू देवताहरूलाई अपनाएर शैव र वैष्णव सम्प्रदायहरूलाई प्रोत्साहन दिए । सिक्कामा महिला देवताको चित्रणले शक्ति पूजाको संकेत गर्छ, जसले सनातन धर्मको बहुदेववादलाई उजागर गर्छ । भारतीय उपमहाद्वीपमा सनातन धर्मको प्राचीन अवस्था वैदिक काल अर्थात् आजभन्दा पाँच हजार वर्ष पहिले देखि सुरु हुन्छ, जसमा ऋग्वेद जस्ता ग्रन्थहरूमा इन्द्र, अग्नि जस्ता देवताहरूको उल्लेख छ । तर कुषाण कालमा यो धर्म पुराणिक रूपमा विकसित भयो, जसमा कृष्ण र शिवको पूजा प्रमुख भयो । धर्मशास्त्रहरूले यसलाई प्रमाणित गर्छन्। उदाहरणका लागि, भगवद्गीतामा (७.१९) उल्लेख छ, बहूनां जन्मनामन्ते ज्ञानवान् मां प्रपद्यते । वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः ।। यहाँ वासुदेव (कृष्ण) लाई सर्वव्यापी बताईएको छ, जुन कुरा ज्ञानी व्यक्तिले बहुजन्मपछि मात्र बुझ्दछ । यसले सनातन धर्मको मोक्ष र भक्ति मार्गको प्राचीनतालाई देखाउँछ । अर्को प्रमाण भागवत पुराणबाट छ, जसमा कृष्णको जन्म र महत्व वर्णन छ । वासुदेवसुतं देवं कंसचाणूरमर्दनम् । देवकीपरमानन्दं कृष्णं वन्दे जगद्गुरुम् ।। यहाँ वासुदेवका पुत्र कृष्णलाई देवता, कंस र चाणूरका मर्दक, देवकीका आनन्द र जगतका गुरु भनेर वन्दना गरिएको छ । यसले सनातन धर्ममा अवतारवादको प्राचीन अवधारणालाई प्रमाणित गर्छ, जसले दुष्टको नाश र धर्मको स्थापनाका लागि देवताहरू अवतार लिन्छन् । कुषाण कालमा यो अवधारणा सिक्काहरूमा प्रतिबिम्बित भएको थियो, जसले राजाहरूलाई देवतासँग जोडेर वैधानिकता दिन्थ्यो । यसै गरी भगवद्गीता (१०.८) मा सनातन धर्मको सार बताईएको छ, अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते । इति मत्वा भजन्ते मां बुधा भाव समन्विताः ।। यहाँ कृष्णलाई सबैको स्रोत र प्रवर्तक भनिएको छ । जसलाई बुझेर बुद्धिमान् व्यक्तिहरू भक्ति गर्छन् । यसले भारतीय उपमहाद्वीपमा सनातन धर्मको एकेश्वरवाद र बहुदेववादको मिश्रणलाई देखाउँछ र यो दर्शनअनुसार सनातन हिन्दू धर्म आदिम वैदिक कालदेखि आजसम्म निरन्तर चलि आएको छ । कुषाण कालमा यो धर्मले बौद्धसँग मेल खाएर विकसित भयो, जसले अशोक काल (२६ सय) वर्ष देखिकै धार्मिक सहिष्णुताको प्रमाण दिन्छ । वासुदेवका सिक्काहरूले शिव पूजालाई जोड दिन्छन्, जसलाई ऋग्वेदमा रुद्र (शिव) को रूपमा उल्लेख छ । यसले सनातन धर्मको निरन्तरता देखाउँछ, जसमा शिव, विष्णु र ब्रह्माको त्रिमूर्ति अवधारणा प्राचीन छ । सनातन हिन्दू धर्मको प्राचीन अवस्था भारतीय उपमहाद्वीपमा सिंधु घाटी सभ्यतादेखि नै थियो, जतिबेलाका सील अर्थात् सरकारी कामकाजका छापहरूमा पशुपति (शिव) को चित्रण छ । वैदिक कालमा यज्ञ र मन्त्रहरू प्रमुख थिए, तर उपनिषद् कालमा ज्ञान र ब्रह्मको अवधारणा विकसित भयो । महाभारत र रामायण जस्ता महाकाव्यहरूले यसलाई लोकप्रिय बनाए । कुषाण कालमा यो धर्मले विदेशी प्रभाव ग्रहण गर्दै फैलियो, जसले मध्य एसियासम्म हिन्दू प्रभाव पुर्यायो । यो सिक्का धार्मिक सिंक्रेटिज्म (कथलअचभतष्कm) को प्रमाण हो, जसले सनातन धर्मको लचकतापूर्ण प्रकृतिलाई देखाउँछ । निष्कर्षमा के भन्न सकियो भने, पाकिस्तानमा फेला परेको वासुदेव राजाको सिक्का भारतीय उपमहाद्वीपको प्राचीन इतिहासको अमूल्य धरोहर हो । यसले ऐतिहासिक रूपमा कुषाण साम्राज्यको वैभव, सांस्कृतिक रूपमा बहुलवाद र धार्मिक रूपमा सनातन हिन्दू धर्मको जरा देखाएको छ । हाम्रा दर्शन र धर्मशास्त्रहरुले यसलाई प्रमाणित गर्छन् कि यो धर्म प्राचीनकालदेखि नै जीवनको सार थियो । सहिष्णु थियो बौद्ध, जैन, किरात लगायतका आदिम सभ्यताहरूसँग तादात्मिकता राख्दथ्यो र सबैलाई एक सुत्रमा बाँधेको थियो । अझ भन्नुपर्दा सबै सभ्यता र संस्कृतिहरूको जननी थियो सनातन हिन्दू धर्म र सभ्यता । तर आज कसरी यस्तो पुरातन बहुआयामिक, सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया भन्ने मूल मन्त्र लिएको वैदिक सनातन धर्म र संस्कारलाई पश्चिमाहरूको सांस्कृतिक आक्रमणबाट क्षयकृत गरिँदै गएको छ भन्ने विषय आज सारा नेपाली र भारतीय उपमहादी भित्र बस्ने जनजनले बुझ्नुपर्दछ । पाकिस्तानमा भएको माथि उल्लेख गरिएको पुरातात्विक खोजले आधुनिक समयमा पनि सांस्कृतिक एकताको सन्देश दिन्छ, वैदिक सनातन हिन्दू धर्म र दर्शन नै एउटा त्यस्तो कडी हो । जसले अन्य बाँकी सबै धर्म र दर्शनहरुलाई एकताको सूत्रमा बाँध्दछ । त्यसैगरी भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, नेपाल, तिब्बत, श्रीलंका, भुटान, थाइल्याण्ड, कम्बोडिया, इण्डोनेशिया, लाओस, भियतनाम जस्ता दक्षिण एसिया, पूर्व एवं पूर्बोत्तर एसियाका देशहरूलाई जोड्दछ । यस्ता प्रमाण र खोज अनुसन्धानहरूले हामीलाई प्राचीन विरासतको संरक्षणको आवश्यकता सम्झाउँछ । वास्तवमा हिमालयको काखमा बसेको भारतीय उपमहाद्वीप, या भनौँ राजनीतिक नक्साले कोरिएका नेपाल, भारत जस्ता माथि उल्लेख गरिएका देशहरू नै प्राचीन सनातन हिन्दू धर्म दर्शनका उर्वर भूमि थिए भन्न सकिन्छ । वैदिक सनातन हिन्दू बौद्ध किरात धर्मदर्शनको जय होस् । सबैको जय होस् ।
