IMG-LOGO

अमेरिका, माक्र्सवाद, इस्लामिकरण र चर्च ः विश्व अस्थिरताका कारक र नेपालमा प्रभाव

 मंगल, माघ २१, २०८२  – आचार्यश्री माधवशरण

       आजको विश्व अस्थिर छ । विश्वव्यापी अस्थिरताको चर्चा गर्दा चार प्रमुख शक्ति कारक हुन् भनेर बुझ्नुपर्ने हुन्छ ।  अमेरिका, माक्र्सवाद, इस्लामिकरण र क्रिश्चियन चर्च (यहाँ ’चर्च’ लाई मिसनरी संस्था, इभान्जेलिकल आन्दोलन र क्रिश्चियन गैर सरकारी संस्थाको प्रभावको रूपमा बुझ्नुपर्छ) । आजको लेखमा यी चार विश्व अस्थिरताका कारकहरू लाई उल्लेख नगर्ने हो भने नेपाल किन अस्थिर, भइरहेको छ भन्ने कुरा बुझ्न गाह्रो हुनेछ । यी चारै (कु)तत्वले आ–आफ्ना विचारधारा, आर्थिक हित, सैनिक रणनीति र सांस्कृतिक विस्तारमार्फत विश्वलाई प्रभावित पारिरहेका छन् । यिनको अन्तरक्रिया, प्रतिस्पर्धा र कहिलेकाहीँ सहकार्यले युद्ध, आर्थिक संकट, सांस्कृतिक द्वन्द्व, धार्मिक कट्टरता र राजनीतिक अस्थिरता निम्त्याएको छ । जसको प्रभाव नेपालमा पनि परेको छ । नेपाल जस्तो सानो, बहुसांस्कृतिक, भूराजनीतिक रूपमा संवेदनशील र दुई ठूला छिमेकी (भारत र चीन) बीचको राष्ट्रमा यिनको प्रभाव अत्यन्त गहिरो र बहुआयामिक छ । आज यी चार कारकको विश्वव्यापी भूमिका, ऐतिहासिक तथा समसामयिक विश्लेषण सहित नेपालमा पारेको प्रभावका बारेमा सानो चर्चा गरौं । अमेरिकाको विश्व हेगेमोनी र अस्थिरता        अमेरिका दोस्रो विश्वयुद्धपछि विश्वको एकध्रुवीय शक्तिका रूपमा उदय भयो । मार्शल प्लान (१९४८) ले युरोपको पुनर्निर्माण गर्यो तर अमेरिकी प्रभाव स्थापित गर्यो। शीतयुद्धमा ऋक्ष्ब् ले ल्याटिन अमेरिकामा चिली (१९७३, पिनोचे कू), ग्वाटेमाला (१९५४) र निकारागुआ (कन्ट्रा विद्रोह) मा हस्तक्षेप गर्यो । २१ औँ शताब्दीमा इराक (२००३) र अफगानिस्तान (२००१) आक्रमणले मध्यपूर्वलाई अस्थिर बनायो; इराकमा त्यतिबेला १ लाखभन्दा बढी नागरिक मारिए, आई एस आई एस को उदय भयो । अहिले त्यो अभ्यास इरानतिर तेर्सिएको छ । हालैको युक्रेन युद्धमा अमेरिकाले १०० बिलियन डलरभन्दा बढीको हतियार सहयोग दिएको तथ्य त कसैबाट लुकेको छैन, जसले रुससँग परमाणु तनाव बढाएको छ । अफ्रिकामा अफ्रीकम (ब्ँच्क्ष्ऋइः) मार्फत अमेरिकाले सैनिक आधारहरू विस्तार गरिरहेको छ, गर्दैछ । आर्थिक रूपमा, अन्तर्राष्ट्रिय मुद्रा कोष (क्ष्ःँ) र विश्व बैंक (ध्द्य) ले केही देशहरूको आन्तरिक आर्थिक अवस्थालाई टेकेर साम्राज्य चलाउँदा कसरी ती मुलुकहरूको आर्थिक अवस्थिति ह्रास हुन गयो भन्ने कुराको प्रत्यक्ष उदाहरण श्रीलंका (२०२२ आर्थिक संकट), पाकिस्तान जस्ता मुलुकहरूलाई कसरी ऋणको जालमा फसाएको छ भन्ने कुराको प्रत्यक्ष उदाहरण हाम्रो सामु जगजाहेर छ । अमेरिका ’डेमोक्रेसी प्रमोशन’ आफूलाई प्रजातान्त्रिक मुलुक ठान्दछ र अरु मुलुकहरूमा पनि प्रजातन्त्रको यो वा त्यो को नाममा दुहाई दिँदै गरिएका अभियानहरूले संसारभरि अस्थिरता पैदा गरेको छ । उदाहरणको लागि हङकङ (२०१९) र बेलारुस (२०२०) मा रंगीन क्रान्तिको प्रयास गर्यो, जसले आन्तरिक अस्थिरता थप्यो । अब अमेरिकाको पछिल्लो प्रयास नेपाललाई आधारभूमि बनाएर तिब्बतलाई मुख्यभुमी चीनबाट टुक्र्याउनुछ भने भारतलाई पनि अस्थिर बनाएर तहसनहस पार्नु र टुक्र्याउनुछ । अमेरिकालाई थाहा छ अबको एक दशकभित्र नेपालका यी दुई ठूला छिमेकी मुलुकहरू विश्व अर्थतन्त्रमा अब्बल प्रमाणित भएर आउँदैछन् र संसारमा यिनीहरूको वर्चस्व कायम हुँदैछ । यी दुई मुलुकहरू माथि यो वा त्यो निहुमा आफ्नो अभियान सञ्चालन गर्नको लागि नेपाल नै त्यस्तो उर्वर भूमि हुन सक्छ भन्ने अमेरिकाले राम्रोसँग बुझेको छ । किनभने नेपालको गरिबी र अशिक्षालाई उपयोग गरेर सजिलैसँग विभिन्न क्रिश्चियन मिसनरीहरु मार्फत नेपालका दूरदराजहरुमा आफ्ना अभियानहरु अमेरिका एबम् पश्चिमाहरुले सञ्चालन गरिसकेका छन् एकातिर भने अर्कोतिर विभिन्न राजनीतिक दलमा पकड राख्न सक्ने नेता एवं उपनेताहरू यो वा त्यो तरिकाबाट, तालिम वा प्रशिक्षणका माध्यमबाट मुलुकभित्रै वा मुलुक बाहिरै अमेरिकी प्रभाव पार्न सक्ने क्रियाकलापमा संलग्न भईसकेका छन् । त्यसैको पछिल्लो परिणाम हो, भ्रष्टाचार कुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई सिढी बनाएर गत भदौमा नेपालमा भएको जेन्जी आन्दोलन। कारण जायज थियो तर कर्ताहरू कसरी नजानिँदो ढङ्गबाट प्रयोगमा आए जगजाहेर नै छ । आशा गरौं जायज कारणबाटै त्यो विद्वंश भएको थियो, कर्ताहरूमाथि गरिएका आशंकाहरू गलत होऊन् । सही कामको लागि सहयोग लिन सकिन्छ तर सहयोग दिनेहरूको चाहनामा संलग्न नहुन पनि सकिन्छ । संलग्न हुन नसकियोस् शुभकामना छ । माक्र्सवादको वैचारिक र आर्थिक विस्तार        अब अर्को (कु)तत्त्वको बारेमा पनि सानो चर्चा गरौं । माक्र्सवादले १९१७ को रुसी क्रान्तिदेखि विश्वलाई प्रभावित गर्यो । सोभियत संघको पतन (१९९१) पछि पनि चीनको कम्युनिस्ट पार्टीले ’सोसलिज्म विथ चाइनिज क्यारेक्टरिस्टिक्स’ मार्फत विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनायो । अहिले आएर उसले बेल्ट एन्ड रोड इनिसिएटिभ (द्यच्क्ष्) मार्फत १५० भन्दा बढी देशमा १ ट्रिलियन डलर भन्दा बढी लगानी ऋण कूटनीति मार्फत गरिसकेको छ, यसैको पछिल्लो उदाहरण हो, श्रीलंकाको हाम्बनटोटा बन्दरगाह जसलाई उसले ९९ वर्षको लागि लिजमा लिएको छ । यस्ता उदाहरणले विशाल चीनको ऋण कूटनीति उजागर गर्छ । माक्र्सवादी (कु)तत्त्वको अर्को उदाहरण हालैको ल्याटिन अमेरिकी मुलुक भेनेजुएलाको चावेज–मादुरो शासनलाई लिन सकिन्छ । जहाँ माक्र्सवादी नीतिले उच्च मुद्रास्फीति (१० लाख % भन्दा बढी, सन् २०१८) र ७० लाख भन्दा बढी जनाको पलायन निम्त्यायो । अमेरिकी हस्तक्षेपबाट मादुरोको शासन अन्त्य गरियो र आफ्नै कठपुतलीमा नाच्ने शासनलाई स्थापित गराइयो । यस्तै माक्र्सवादी कुतत्वको प्रभावको रुपमा बुझ्न सकिन्छ क्युबा र उत्तर कोरियामा माक्र्सवादी तानाशाहीका कारण हुन गएको त्यहाँका जनताले भोगेको गरिबी र सामाजिक विभेद एबम् अलगाव । पश्चिममा ’कल्चरल माक्र्सवाद’ ले अमेरिकी विश्वविद्यालयहरूमा पहिचानको (कु)राजनीतिले प्रश्रय पायो र विविधता, समानता र समावेशीताको नीति हरायो जसले सामाजिक विभाजन बढायो । त्यसको अर्को उदाहरण एवं परिणाम हो, भारतमा नक्सलवाद आन्दोलन (१९६७ देखि) आजसम्म १२ लाख भन्दा बढी जनताको मृत्यु निम्त्यायो । त्यसैको बाछिटा हो नेपालमा पनि १७ हजार भन्दा बढीको ज्यान माओवादी आन्दोलनको नाममा सर्वसाधारण नेपाली नागरिकहरूले गुमाए । इस्लामिकरणको विस्तार        इस्लामिकरण (इस्लामिज्म) ले १९७९ को इरान क्रान्तिदेखि विश्वलाई अस्थिर बनायो। साउदी अरेबियाको वाहाबी फन्डिङले पाकिस्तान, बंगलादेश र इंडोनेसियामा मदरसा नेटवर्क विस्तार गर्यो । अल–कायदा (९÷११ आक्रमण, ३,००० भन्दा बढीको मृत्यु), क्ष्क्क्ष्क् (२०१४–१९, सिरियामा ५ लाख बढीको मृत्यु) र तालिबान (२०२१ अफगानिस्तान कब्जा) ले जिहादी विचार फैलाए । यमनमा हौथी विद्रोह (साउदी र इरान बीचको प्रोक्सी युद्ध) ले ४ लाखको मृत्यु निम्त्यायो । युरोपमा २०१५ को शरणार्थी संकट (१० लाख बढी) पछि फ्रान्समा चार्ली हेब्दो (ऋजबचष्भि ज्भदमय) आक्रमण (२०१५) र बेल्जियममा ब्रसेल्स बम विष्फोट (२०१६) भए । भारतमा नागरिकता संशोधन ऐन (ऋब्ब्), राष्ट्रिय नागरिक पञ्जीकरण (ल्च्ऋ) विरोध (२०१९–२०) र कश्मीरमा इस्लामिक अलगाववादले तनाव बढायो । ऋब्ब् एउटा यस्तो कानुन हो जसले ३१ डिसेम्बर २०१४ भन्दा अघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट धार्मिक उत्पीडनका कारण भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र ईसाई धर्मावलम्बीहरूलाई भारतीय नागरिकता दिने व्यवस्था गर्दछ । यस्तो व्यवस्थालाई मुसलमानहरूले विरोध गर्ने गरेका छन् । यस्तै इस्लामिकरणको अर्को ज्वलन्त नमुना अफ्रिकामा बोको हराम (नाइजेरिया) र अल–शबाब (सोमालिया) नाम गरेका केही कट्टरपन्थी इस्लामिक संगठनहरुले हजारौँ गैर इस्लामिकहरूको हत्या गर्ने अभियान छ । क्रिश्चियन चर्चको मिसनरी र सांस्कृतिक प्रभाव        माथि विश्वभरि अस्थिरता निम्त्याउने तीनवटा (कु)तत्त्वहरूको चर्चा गरिसकेपछि अब अर्को कु(तत्व) क्रिश्चियन मिसनरीको गतिविधिमाथि पनि सानो चर्चा गरौं । क्रिश्चियन चर्च मिसनरीहरूले संसारभरि आफ्ना अभियानहरू सञ्चालन गरेर अस्थिरता निम्त्याउने गतिविधि औपनिवेशिक युगदेखि चलिरहेको छ । एउटा उदाहरणको लागि दक्षिण कोरियाको योइदो फूल गोस्पेल चर्च, जसले आफ्ना ८ लाख सक्रिय सदस्यहरूलाई विश्वभर मिसनरीको रुपमा पठाउँछ । यस्तै सक्रिय सदस्यहरू मध्येका केही भिआइपी सदस्यहरुले नेपालका केही भिआइपी राजनीतिक सदस्यहरूलाई सोल्टी होटल जस्ता भिआइपी स्थानहरूमा हलिवाइनसँग टोस्ट गराएर आफ्नो सक्रियता बढाएको त नेपालीहरूबाट छुपेको छैन । उनीहरूले नेपाल भारतजस्तो सनातन हिन्दू संस्कृति भएको मुलुकहरूलाई बढी निशानामा राखेका छन् । यस्तैमा उनीहरूले विभिन्न मिसनरीहरु मार्फत नेपालका भरभराउँदै गरेका जल्दाबल्दा युवा राजनीतिज्ञहरुलाई पनि आफ्नो प्रभावमा पारिसकेका छन् । यस्तै मेसिनरीहरूको अर्को पकड़ अफ्रिकामा पेन्टेकोस्टल चर्चले उगान्डा र नाइजेरियामा राजनीतिक प्रभाव जमाएर गरेको छ । उगान्डामा एन्टी गे कानुन (२०१४) निर्माणमा चर्चको भूमिका थियो । ल्याटिन अमेरिकामा ब्राजिलका इभान्जेलिकलहरू (३०% जनसंख्या) ले बोल्सोनारोको जित (२०१८) मा योगदान गरे । भारतमा ओडिशा (कंधमाल दंगा, २००८, १०० बढीको मृत्यु) र मणिपुरमा चर्चका पदरीहरूले हिन्दू धर्मावलम्बीहरूलाई धर्मान्तरण गराएर हिन्दु–क्रिश्चियन तनाव बढाएको दृष्टान्त त हामी नेपालीलाई थाहा नै छ । नेपालमा पनि अमेरिकी र कोरियाली गैरसरकारी संस्थाहरूले भूकम्पपछिको सहायता (२०१५) मार्फत सँगसँगै बाइबल बाँडेर होस् वा गरिब र अशिक्षित समाजमा सहयोग गरेर होस् धर्मान्तरण गरे। विश्वभर क्रिश्चियन जनसंख्या स्थिर रहनु (३१%), तर दक्षिण एसिया र अफ्रिकामा वृद्धि हुनुले, के स्पष्ट पार्दछ भने, गैर सामाजिक संस्थाहरूको नाममा क्रिश्चियन मिसनरीहरूले धर्मान्तरणमा भूमिका खेलिरहेका छन् र यही धर्मान्तरण नै दक्षिण एसिया र अफ्रिकामा अस्थिरता हुनुमा ठूलो भूमिका खेलेको छ । नेपालमा बहुआयामिक प्रभाव        नेपालमा पनि यी चार (कु)तत्वहरुको प्रभाव अन्तरसम्बन्धित छ । अमेरिका ःऋऋ कम्प्याक्ट (५०० मिलियन डलर, २०१७) लाई कम्युनिस्टहरूले, (यहाँ कम्युनिस्टहरू भन्नाले माक्र्सवादी चिन्तन बोकेका राजनीतिक दल र व्यक्तिहरू भन्ने बुझ्नुपर्दछ, जुन संसारभरि अस्थिरता निम्त्याउने चार मुख्य (कु)तत्वहरूमा पर्दछन्) साम्राज्यवादी षड्यन्त्र भन्दै २०२२ मा अनुमोदन गरे । स्मरण रहोस् अमेरिकाद्वारा नै सञ्चालित ग्क्ब्क्ष्म् ले नागरिक समाज र मिडियामा लगानी गर्छ, त्यही लगानीको परिणामस्वरूप केही नागरिक अगुवाहरु र, मूल प्रवाहका केही मुख्य सञ्चार गृहहरू, जसलाई कसैकसैले १२ भाई र यसका मतियार भन्ने अभियोग पनि लगाए, यिनीहरू पनि नेपाली समाजमा अस्थिरता निम्त्याउनमा कारक बनेका छन् अर्थात् भनौँ जानेर वा नजानेर अमेरिकी र पश्चिमा गैरसरकारी संस्थाहरूको नेपालमा अस्थिरता निम्त्याउने चंगुलमा फसेका छन् । अर्को तत्व माक्र्सवाद, माओवादी विद्रोह (१९९६–२००६, १७,००० मृत्यु) पछि कम्युनिस्टहरूले ७ पटक सरकार बनाए । चीनको द्यच्क्ष् मा पोखरा विमानस्थल र केरुङ–काठमाडौं रेलको ऋण जोखिम छ । यसमा भएको भ्रष्टाचार त हालेको अख्तियारले दायर गरेको मुद्दाबाटै छताछुल्ल भएको छ । अर्को तेस्रो तत्त्व जसले नेपालमा जरा गाड्दैछ त्यो हो इस्लामिकरण तराईमा ५% मुस्लिम जनसंख्यामा मदरसा (१,५००+) र साउदी÷कतारी फन्डिङले कट्टरता बढाएको छ; कपिलवस्तु र बाँकेमा हिन्दु–मुस्लिम झडप (२०१८, २०२३) भए। अर्को चौथो र अन्तिम अस्थिरता निम्त्याउने तत्त्व हो चर्च । २०११ मा १.४% क्रिश्चियन जनसंख्या २०२१ मा ३–५% पुगेको अनुमान; ललितपुर र कास्कीमा हरेक घरहरूमा एउटा चर्च जुन हाउस चर्चको नामले प्रख्यात छ । यस्तो चर्च निर्माण गर्नको लागि अमेरिका र पश्चिमा गैरसरकारी संस्थाहरूको सहायता सक्रिय छ । नेपालको सन् २०१५ (२०७२) को संविधानले धर्मान्तरणमा ५ वर्ष जेल तोके पनि, धर्मान्तरण अभियानमा सक्रिय विदेशी फन्डिङ रोकिएको छैन ।        यी माथि चर्चा गरिएका सबै प्रकारको प्रतिस्पर्धा नेपालमा देखिन्छ । अमेरिका–चीन (ःऋऋ–द्यच्क्ष्), माक्र्सवाद–चर्च (कम्युनिस्ट–मिसनरी), इस्लाम–हिन्दु (तराई तनाव) । यी सबैको परिणाम हो अस्थिरता, सांस्कृतिक पहिचान संकट, राजनीतिक ध्रुवीकरण, भूराजनीतिक जोखिम र सामाजिक विखण्डन ।        यति चर्चामाथि गरिसकेपछि चार कारकले विश्वलाई अस्थिर बनाएका छन् किनकि यिनको हित टकरावपूर्ण छ भन्नलाई हिच्किचाउनुपर्ने छैन । यो ध्रुव सत्य हो । सबै कुराहरूबाट नेपाललाई जगाउन र सन्तुलनमा राख्न, नेपालले सन्तुलित विदेश नीति (भारत–चीन–अमेरिका त्रिकोणमा सन्तुलन), सांस्कृतिक संरक्षण (हिन्दु–बौद्ध पहिचानमा जोड), आर्थिक स्वावलम्बन (ऋण होइन, समुदायमा आधारित लगानी) र आन्तरिक एकता (धर्म–जातमा समावेशी नीति) अपनाउनुपर्छ । अन्यथा, सानो राष्ट्रको स्वाधीनता र स्थिरता खतरामा छ । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्