IMG-LOGO

रामायण भित्र के छ ‘किन पढ्ने ?’

 मंगल, माघ २१, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

रामायणका चरित्रहरु – १        नेपाल भारत सम्बन्धका आयामहरु लेख्न सकेर अब रामायणका चरित्रहरु लेख्न शुरुवात गरेको छु । महाभारतका पात्र बारेको पुस्तक चार वर्ष अघि नै महाभारतका चरित्रहरु बजारमा आइसकेको छ । रामायणका चरित्रबारेमा यस अङ्क देखि लेख्न गईरहेको छु । धेरैले टेलिभिजनमा रामायण हेर्नु भएको होला । रामायण पढ्नु वा सुन्नु भएको पनि होला । तर रामायण के हो भने थाहा नहुनेका लागि यो सामाग्री लाभ हुनेछ । रामायण वैद्धिक साहित्य हो । रामायणको मूल पात्र नै राम हुन् । रामले हिडेका बाटो देखाउने पद्धतिको हो रामायण । रामायण आफैँमा एक धर्म समेत मान्छन् हिन्दूहरूले । सत्मार्गमा हिड्ने प्रेरणाले भरीएको रामायणमा रामको आचरण नै मुख्य केन्द्र हो । रामायण धेरैवटा छन् । योगवाशिष्ट महारामायण, मूल रामायण, अध्यात्म रामायण, वाल्मिकीय रामायण, अद्भूत रामायण, आनन्द रामायण, काकभुसुण्डी रामायण, भविष्य रामायण, भानुभक्तीय रामायण र तुलसीकृत रामायण आदी पर्दछन् । यि सबैमा मुख्य पात्र राम हुन् ।        वाल्मीकीय रामायण, आनन्द रामायण, भानुभक्तीय रामायण नेपालमा पढ्ने गरीन्छ । सबैभन्दा पुरानो रामायण वाल्मीकीय रामायण हो । जसलाई संसारकै आदी महाकाव्य मानिएको छ । महर्षी वाल्मीकीद्वारा रचित यस रामायणमा २४ हजार श्लोक रहेका छन् ।        कथा रोचक छ । यो इतिहास होइन । धेरैले मिथक भन्छन् । घरमा माहाभारत रखे झगडा हुन्छ, रामायण राख्ने समाज हो हाम्रो । रामले पत्नी सीता र भाइ लक्ष्मणको साथमा १४ वर्ष वनवासमा बिताएका थिए । यसैबेला रावणद्वारा सीता अपहरणमा परेकी थिइन् । रामायणका सूत्राधार दशरथ र पत्नी कैकेयी हुन् । यसका मुख्य पात्रमा दशरथ पुत्र राम, जनक पुत्री सीता, रावण छन् । सहायक पात्रमा रामका सेवक हनुमान, भाइ लक्ष्मण, भरत, शत्रुघन् छन् । रामायणका सबै घटना हुनुमा लङ्काधिपति रावणकी बहिनी सुपर्णखाको भूमिका मुख्य मानिन्छ ।        रामका कुल गुरु महर्षी वशिष्ठ र विद्या गुरु विश्वामित्र हुन् । वशिष्ठका बाबु महर्षि मित्रावरुण र आमा उर्वशी अप्सरा हुन् । विश्वामित्र भने क्षेत्रीय राजा विश्वरथबाट तपस्याको बलले महर्षि पदमा पुगेका थिए । रामायण मूलतः करुण रस प्रधान महाकाव्य हो तर प्रसङ्ग अनुसार वीर, रौद्र, भयानक आदि सबै रस प्रयोग भएका छन् । आउँदा अङ्कमा रामायण भित्रका सबै पात्रहरुको चरित्र चित्रण गर्दै जानेछु ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्