IMG-LOGO

कोरोना भाइरस संक्रमण आयातित रोग हो ।

 मंगल, असार १, २०७८  अशोकचन्द्र धँुजू श्रेष्ठ

कोरोना भाइरस संक्रमण रोग आयातित हो। पहिले चीन हुँदै विश्वमा फैलियो। विश्वलाई नै पीडित  बनाएको छ।हाम्रो देश नेपाल पनि संक्रमणबाट मुक्त छैन ।  अहिले यो संक्रमण रोगबाट विश्वका अधिकांश देशमा मानिसका गतिविधिहरु अत्यावश्यकमा मात्रै सीमित हुनु परेको अवस्था छ। यस  संक्रमणलाई  पूरा नियन्त्रण गर्न ठोस औषधी उपलब्ध छैन। खोपहरु विभिन्न देशमा बनाइदै लगाउने क्रम भने जारी छ । संक्रमण नियन्त्रणका लागि अन्य देशहरुले जस्तै नेपालले पनि लकडाउन नीति अपनाएको छ। नेपालले गत २०७६ चैत्र ११ गते देखि पटकपटक लकडाउन वा निषेधाज्ञा जारी गर्ने गरेको छ। लकडाउन हुँदा संक्रमित घटने र परिस्थिति अनुसार खुकुलो बनाउँदा मानिसको आवत जावतमा लापरबाहीका कारण संक्रमण बढेको देखिन्छ । कोरोनाका कारण सबै क्षेत्रमा आर्थिक संकट देखापरेको छ। लाखौंले रोजगारी गुमाएका छन। गरिखाने बाटा प्रभावित छन। पारिवारिक अवस्था खलबलिएको छ।नियमित काममा फर्किनु पर्ने वाध्यता छ।यस्तोमा स्वास्थ्य नियमको पालना गरी जोगिनु बाहेक अर्को विकल्प  छैन । कोरोना सन्त्रास सबैलाई भएको छ।आफूलाई पनि। यसो त यस रोगबाट आफू टाढा नै रहन पाएको छुँ। सुरक्षितसाथ बस्नु परेको छ। सबैलाई सुरक्षित हुन आग्रह। गर्दछु। कोहिबाट उक्त रोगबाट भएका   नमिठो घटनाहरु सुन्दा दुःख लाग्नु स्वाभाविक हो । कोभिडका कारण लक्डाउन हुँदा घरमा मात्र रही समय बिताउन बाध्यता भए पनि निकै गार्हो हुँदो रहेछ। तापनि लेख लेख्ने, पुस्तक अध्य्यन गर्ने,अनलाइनमा व्यस्त हुने,भर्चुअल मिटिङमा रहने अनि घरको कामकाजमा  समेत लागेर समय बिताउने गर्दछु । सकारात्मक सोच,योग र हल्का व्यायाम जरुरी ठान्द्छुँ । कोरोनाका कारण अर्थतन्त्र दामादोल भएकै छ। त्यसमा पनि गरीखाने वर्गका विद्यार्थीहरुलाई त शैक्षिक सामग्री खरिद गर्न निकै कठिन भएको रहेछ। यसर्थ मैले  सामुदायिक विद्यालयका विद्यार्थीहरुमा केही गर्न सकिन्छ कि भनेर आफ्नो ध्यान लगाए। यस  अनुसार पढन नपाउने भएर प्रभावित भएका १५० जना विद्यार्थीहरुलाई गाईड पुस्तकहरु समेत आफू संलग्न एक गैरसरकारी संस्थाबाट खरिद गरी दिए। शैक्षिकसत्रमा पुरा अध्य्यन गर्न नसकेकाहरुलाई  बीचमा लकडाउन खोल्दा ५ विद्यालयमा  अंग्रेजी र हिसाब बिषयमा ट्युसन पढाउने व्यवस्था  मिलाए । ३००० जना बिद्यार्थीहरुलाई आफ्नोतर्फबाट पनि  कपडाको फेस मास्क वितरण गरे।केही सामुदायिक विद्यालयका लागि थर्मल गन र सेनिटाइजर  प्रदान गर्ने काम पनि भयो।।यस सन्दर्भमा शिक्षित बनौ अभियान नेपाल संस्थालाई धन्यवाद दिनै पर्छ। यस्तै १०० ग्रुप संस्थाप्रति पनि आभार व्यक्त गर्दछु  जसबाट अनुरोध स्वीकार गर्दै श्रीखण्डपुरस्थित प्रकाश सामुदायिक पुस्तकालयना १०० जना समस्या पीडितलाई खाद्य सामग्री राहत वितरण भयो। कोभिडका कारण सामुदायिक बिध्यालयका विद्यालयर्थीहरुपनि निकै प्रभाबित भएकाले अरु सहयोगबारे केही थप गर्ने लक्ष्य लिएको छुँ। हुन त यो महामारी धेरै समय  नरहला,तापनि रहुन्जेल,सबैलाई चिन्ताको विषय बन्ने छ । यसर्थ यस्तो महामारीमा सबैले सम्पूणर् मतभेद बिर्सेर  संकट र विकासमा हामी  सबै एक जूट हुनु जरुरी छ । समस्याहुनेलाई सकेको सहयोग र सेवा गर्नु ठूलो धर्म हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्