IMG-LOGO

हेर्दाहेर्दै काभे्र टाईम्स ३० वर्षमा

 मंगल, माघ ७, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

     काभ्रे टाईम्स साप्ताहिकले २९ वर्ष पूरा गरी ३० वर्षमा प्रवेश गर्ने क्रममा छ । यसबीच धेरै घामपानी, हावाहुरी, हुण्डरी बोक्न बाध्य भयो, काभ्रे टाईम्सले । तर यात्रा निरन्तर जारी छ । गत एक वर्षमा के के लेखेको रहेछु त भनेर एकछिन घोट्लिएँ, किनकि अहिलेका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेले जरुरी अनुरोध गर्नेवाला थियो ‘डा. साब, वार्षिकोत्सव आयो, सदा भैंm केही त लेखिदिनुप¥यो’ भनेर ।      गत एक वर्षको शुरुमै काभ्रे टाईम्सको संस्मरण लेखेर शुरुवात गरेको छु रहेछ । आफ्नो विषयगत अन्तर्गत गर्भमै शिशुको मृत्यु हुने समस्या, जन्मजात मुटुको समस्या, एचपीभी खोप, गर्भावस्थामा शिशु वरिपरि पानीको मात्रा बढी वा कम हुने समस्या, एवं गर्भवती महिलाले गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरुका साथै अटिज्म, नयाँ वर्षमा महिला स्वास्थ्यका दृष्टिले गर्न सकिने प्रतिवद्धता, गर्भावस्थामा हवाई यात्रा, खाना र क्यान्सरबीचको सम्बन्ध, एपेन्डिसाइटिस, हाडजोर्नी खिइने समस्या, पिसाब नली एवं मिर्गौलामा पत्थरीको समस्या, मेनोपज (रजनोवृत्ति), आकस्मिक गर्भ निरोधका उपायहरु बारे लेखिएछ । मौसम अनुसारका स्वास्थ्य समस्याहरुबारे लेख्ने क्रममा रुघाखोकी, जाडो मौसममा चिल ब्लेन र युरिक एसिडको समस्याबारे लेखियो ।      वर्सेनी मनाइने विभिन्न स्वास्थ्य दिवसकै मेसो मिलाएर कुष्ठरोग, क्यान्सर रोग, क्षयरोग, मिर्गौला दिवस, थाइरोइड गडबडी, हेपाटाइटिस, स्तनपान, पोलियोमाईलाइटिस, मधुमेह, एड्स रोग विषयमा ताजा कुरा लेखेको रहेछु ।      त्यसैगरी संस्कृति विषयमा पनि मलाई औधी मनपर्छ । संस्कृति र स्वास्थ्यबीचको सामञ्जस्यतालाई विचार गरी होली पूर्णिमा र यसले मानव स्वास्थ्यमा पु¥याउन सक्ने असरबारे पनि लेखेको रहेछु । विशुद्ध संस्कृतिकै विषयमा कुरा गर्दा मेरो श्रीमती चण्डेश्वरी श्रेष्ठ ताम्राकारसँगको भलाकुसारी पछि नरदेवी, काठमाण्डौबाट प्रत्येक बाह्र वर्षमा एकपटक वनेपामा ल्याइने ङत भुलु (श्वेतकाली) अजिमा विषयमा लेखेको रहेछु । कतिपय व्यक्तिले जीवनभर समाजमा पु¥याउनु भएको कदर स्वरुप व्यक्तित्व परिचय भनुँ या अबिच्युरी (देहावसानपछि श्रद्धाञ्जलीका शब्दहरु) लेख्ने क्रममा पनौतीका नाम चलेका सँुडेनी मच्छे अजीमाथि लेखेको रहेछु । त्यसो त मेरो रुचीको विषय अन्तर्गत साहित्य विधामा मेरा मित्रहरु अनन्त वाग्लेको उपन्यास कदम र निर्भिक जंग रायमाझीको कविता संग्रह त्यसो त कहिल्यै सोचिएनको पुस्तक समीक्षा पनि लेखेको रहेछु ।      काभ्रे टाईम्सले स्थानीय खबरहरुलाई प्राथमिकता दिइरहेको देख्दा खुशी लाग्छ । समसामयिक परिवेशमा व्यक्ति÷व्यक्तित्वको अन्तरवार्ता समेटिरहेको देखिन्छ । ब्यानर न्युज सकेसम्म घागडान तरिकाले दिँदै आएको छ भने प्रधान सम्पादकबाट नेपाल भारत विषयमा र यो मंगलबार एवं अन्तिम कुनो स्तम्भले निरन्तरता पाइरहेकै देखिन्छ । कार्यकारी सम्पादक एक्लै छन्, उसलाई सरसहयोग पुगेको खण्डमा अझ विविध खुराक समेटिने पक्कै छाँटकाँट छ । बेलाबखत विशेषांक, समसामयिक परिप्रेक्ष्यमा काभ्रेका नायक वा हस्तीबारे विषयवस्तु समेटिदिए हुन्थ्यो । चुनाव नजिकिँदै पार्टीगत रुपमा, व्यक्तिगत तवरमा कतिपय नेताहरुले काभ्रेको विकासमा पु¥याएको योगदान उजागर गरिदिए राम्रै हुन्थ्यो । जेनजी पुस्ता, विद्यार्थी भाईबहिनीहरु, खेलकूद, मनोरञ्जन विषयमा खुराक बढाउनु पर्ने देखिन्छ । बाध्यता पनि होला, पत्रिका बाँच्नको लागि आर्थिक श्रोत पनि चाहियो, साकोसहरुको साधारणसभाको समाचार भने भरमार छापिन्छन् है । अहिलेलाई यति तीतोमिठो कुरा राखें । काभ्रे टाईम्सको प्रगति हुँदै जाओस् ।          

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्