IMG-LOGO

भारत सम्बन्धका गतिरोध कसरी हटाउने ?

 मंगल, पौष ८, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

नेपाल–भारत सम्बन्ध – ३२      विश्वका कयौं छिमेकी मुलुकमा सत्तासीनका बीच सम्बन्धमा दरार आएका छन् । दरार आउनु नौलो कुरा होइन । तर, युगौंदेखिको हाम्रो सम्बन्ध कुनै नेता विशेषका असमझदारी, सनक र अहंकारका कारण डगमाउन थाल्छ, त्यसलाई स्थिर तुल्याउने अभिभारा दुबै देशका नागरिकमाथि नै आइपर्छ ।        राजनीति इतर अर्थात ’ट्र्याक टुुु’ कूटनीतिको दरकार यसै बखत हुन्छ । भारत र पाकिस्तानबीच युद्धकै हाराहारीमा वैमनस्य झ्याङ्गिंदा समेत ती दुई देशका सर्जक, कलाकार र खेलाडी सम्बन्धलाई सुमधुर तुल्याउने प्रयत्नमा देखिन्छन् । अहिले नेपाल–भारतबीच उत्पन्न असमझदारीको निदान पनि ट्र्याक टु कूटनीति हो । मोदीको हेपाइ होस वा विगतमा ओलीको अहंकारले बिग्रेको नेपाल भारत सम्बन्ध समुचित जवाफ हो इतिहासभन्दा पनि पुरानो सम्बन्ध रहँदै आएका यी दुई मुलुकका जनताबीचको आपसी विश्वास र समभाव हो । नेपाल भारत सम्बन्ध राम्रो भुमिका खेल्न यहाँका मिडिया लाग्नुपर्छ । लेखक कलाकार जाग्नु पर्छ । ब्यापारीले दुबै देशका सरकारलाई  दवाब दिनुपर्छ ।      नेपाल कुनै पनि राष्ट्रसँग सम्बन्ध बनाउन स्वतन्त्र छ । तर, एक देशको सम्बन्ध अर्कोे देशको मूल्यमा स्थापित हुनुहुँदैन । त्यसमाथि पनि नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको मुलुक एक राष्ट्रसँग सम्बन्ध बिग्रिएको अवस्थामा अर्को राष्ट्रसँग लहसिनु प्रत्युत्पादक हुन्छ । बरू सम्बन्ध किन बिग्रियो र त्यसलाई कसरी पूर्ववत् अवस्थामा ल्याउन सकिनेछ भन्नेबारे गम्भीर बन्न सक्नुपर्छ । दक्षिणबाट आयात हुने अत्यावस्यकीय वस्तुमाथिको रोकटोक वा नाकाबन्दी गरिएको अवस्थामा उत्तरबाट आपूर्ति हुन् सक्छ । तर, दक्षिणको सांस्कृतिक निकटताको विकल्प उत्तर हुन सक्दैन । नेपालीहरू घुम्न वा व्यापार गर्न चीनका ग्वाङ्झाऊ र बेइजिङ साङ्हाइ सियामन जान सक्छन्, तर गङ्गा किनारमा गरिने आफ्ना पितृको श्राद्ध यान्सी नदीमा हुन सक्दैन । त्यसैले नेपाल भारत सम्बन्ध हिन्दु र बौद्ध धर्म परम्पराले पनि  नजिक छन् । हाम्रो सम्बन्ध खराब भएको बेला धर्मगुरु वा भिक्षु भिक्षुणी पनि बोल्नुपर्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्