IMG-LOGO

केपीका स्वकीय सचिवले एक करोड बुझेका हुन् 

 मंगल, पौष ८, २०८२  – राजकुमार तिमल्सिना

     केशव दुलाल र राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकाल विच के नाता सम्बन्ध छ ? भुटानी शरणार्थी प्रकरणमा ५० लाखको डिल को को सग कसरी भयो ? कुन मन्त्रीको श्रीमतीको नाममा काठमाडौको एक सहकारीको खातामा ५० लाख जम्मा गरियो ?      त्यति पैसा जम्मा  नहुन्जेलसम्म  संसद  सरकार र मिडिया सामु भुटानी शरणार्थी केसका कसैलाई छोडिन्न भनेर  कुर्लिने माननीयज्युहरु ५० लाख पाएपछि वोल्न छोडेका छन् ? १. अक्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले नेपाल सरकारको सचिव पदबाट विदाई हुने लगत्तै सानु भण्डारी सग १ करोड ५० लाख रुपैयाँ लिएर थाइल्याण्ड पु¥याएर थन्काइएको छ । केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले केशव दुलालबाट १ करोड रुपैयाँ बुझेका थिए । प्रत्यक्षदर्शीको भिडियो आउँदैछ । २. पैसा उठाउने मुख्य व्यक्तिहरू सानु भण्डारी र केशव दुलाल थिए । उनीहरुले १५५ जनासँगप्रति व्यक्ति ८० लाखदेखि ५ करोड ७० लाखसम्म उठाएका थिए । ३. सुरुवात सेटिङमा पैसा बुझ्ने नै मुख्य व्यक्तिहरू बालकृष्ण खाँड, इन्द्रजित राई, टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, टोपबहादुर रायमाझीको सचिवालय हेर्ने मुख्य सचिव लिला जिसी पिडितको पैसा फिर्ता गर्न धम्की दिदंै । ४. केही पिडितलाई अपहरण र वन्धक वनाउँदै केही वोलेमा, पोलेमा पैसा त जान्छ नै ज्यान पनि जान्छ भन्दै धम्क्याएर पिडितलाई वालकृष्ण खाडले ५०÷६० जना कांग्रेसका गुण्डा परिचालन गरी निरन्तर रेकि गर्ने र आक्रमण समेत गर्ने तयारी गरीरहेका छन् । ५. साथै भुटानी शरणार्थी सम्बन्धी वकपत्रको मितिका दिन काठमाडौँ जिल्ला अदालतको सिसी क्यामेरा समेत हटाइएको र पीडितहरूलाई गुण्डा परिचालन गरी प्रतिकूल बकपत्र गराउन दबाब दिएको यसबारेमा अदालतका कर्मचारीहरूको मिलेमतो भएको देखिन्छ । ६. प्रहरी प्रशासन पनि अनुसन्धानको मिसील  कमजोर बनाउने पीडितलाई उल्टै अनावश्यक टर्चर दिने र पीडितका मोबाइल खोसेर राख्ने काममा सक्रिय रहेको देखिन्छ । ७. हाल पिडितका पैसा फिर्ता गर्ने भन्दै वालकृष्ण खाड, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्देश रायमाझीले लुम्बिनी प्रदेशका अर्थमन्त्री,उनका स्वकिय सचिव, सुरक्षाकर्मीवाट केही रकम फिर्ता गर्दै धाकधम्की पनि निरन्तर दिदै आएको देखिन्छ ?      यो समग्र भुटानी शरणार्थी केसमा विभिन्न व्यक्तिहरूबाट उठाएका रकम फिर्ता गर्ने र प्रारम्भमा अदालतले पूर्वपक्षमा पठाएका व्यक्तिहरूलाई यिनीहरूको पैसा तिरिसकेपछि क्लिन चिट दिएर निर्दोष साबित गर्ने र एउटा मानव बेचबिखन जस्तो जघन्य अपराधको मुद्दाबाट उन्मुक्ति दिने डिजाइन तयार भएको स्पष्ट देखिन्छ? हैन भने त्यति ३४ महिनासम्म मुद्दा को सुनुवाई नहुनु, फैसला नआउनु, जसले पैसा बुझाए पीडित बने उनीहरुलाई नै पटकपटक यातना दिँदा समेत अदालतले फैसला नगर्नमा एउटा ठूलो षड्यन्त्र छ भन्ने कुरा देखिएको छ ।      यसका बाँकी पात्रहरू पैसाका कारोबार अदालतसँग सम्बन्धित व्यक्तिहरु, सिसी क्यामेरा बन्द गराएदेखि गृहमन्त्रालयका मन्त्रीहरू र उनका श्रीमतीहरूले बुझेका पैसाको विवरण सहित हामी आउनेछौं प्रतिक्षा गर्नुहोला । पैसा सेटीङ मिलाउने देखि खाने सम्म जम्मा गराउने देखि पैसा  बुझ्ने सम्मको विवरण सहितको नालिवेलि केही दिनमा विस्तृत भिडियो ल्याउने छांै ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्