नेपाल–भारत सम्बन्ध – ३१ आधुनिक नेपाल–भारत सम्बन्धलाई परिभाषित गर्ने सन् १९५०को शान्ती तथा मैत्री सन्धी हो । उक्त सन्धि सन् १९४७ मा ब्रिटिस शासनबाट भारत स्वतन्त्र भएपछि नेपाल सितको सम्वन्धलाई नयाँ आधार तयार गरी निर्देशित गर्न तयार गरेको छाता सन्धि हो । मुलत तत्कालिन दूई ध्रुवीय विश्वको शीत युद्धकाल कम्युनिष्ट चीनविरुद्ध सामरिक मामलामा सहयोग र नीतिगत समन्वय गर्न तयार गरिएको हो । नेपालमा भारतीयहरुलाई व्यापार व्यवसायमा भित्र्याउन र भारतीय एकाधिकार बजार सुदृढ गर्ने मनसायबाट प्रेरित छ । जन–आन्दोलनको लहरबाट आफ्नो ढल्न लागेको सत्ता लम्बिएला कि भनी तत्कालिन राणा प्रधानमन्त्री मोहन शम्सेरले भारतीय दवावमा हस्ताक्षर गरेका थिए । नेपालमा लगातारको भारतको हस्थक्षेप तथा चलखेल उक्त वातावरण अहिले सम्म पनि कायम नै छ । सामरिक रुपमा चीनको भूमिका नेपालमा सिमित गर्ने, हिमालयको दक्षिण आफ्नो प्रभाव र प्रभुत्व अन्तर्गत रहनु पर्ने नेहरु डक्ट्रिनलाई निरन्तरता दिनु पर्ने, नेपालको जलश्रोतमा गिद्धे दृष्टि व्यापार र आर्थिक क्षेत्रमा भारत भारतीयले प्राथमिकता र एकाधिकार पाउनु पर्ने, आजको बहुध्रुवीय विश्वमा समेत नेपाललाई भारतकै पकड या अर्बिट भित्र राखिराख्ने भारतको मूल नीति देखिन्छ । भारत स्वतन्त्र भइसकेपछि भारतले ठूला शक्ति राष्ट्रहरुबाट हुने हैकम र हस्तक्षेपको विरोध गरी असंलग्न अभियानमा लागेपनि छरछिमेकमा भने उसले हैकम र हस्तक्षेप गर्ने पुरानै नीति लिएकाले सानो देशको स्वाभिमान र स्वतन्त्र रहने चाहनासित अन्तरविरोध बढ्दै गयो । चीनको बढ्दो राजनीतिक तथा आर्थिक प्रभाव उदाउँदो शक्तिराष्ट्र चीनको शक्तिको प्रभाव भारतले अन्य क्षेत्रहरु महसुस गर्दै छ । चीन सँगको बढ्दो व्यापार घाँटा, भारतले आफ्नो प्रभाव क्षेत्र मान्ने दक्षिण एसिया तथा इण्डियन महासागरमा चीनको बढ्दो उपस्थिति तथा प्रभाव, चीन र पाकिस्तानको बढ्दो सम्बन्धका कारण भारतले महसुस गर्ने दबाब आदी प्रमुख हुन् । चीन भारत सिमा टकराब, चीनसँग भारत तथा अमेरिका दुबैको टकराव सतहमा देखिएको छ । २००७ सालको क्रान्तिपछि नेपालमा जनचेतनाको अपूर्व लहर देखियो । जनता रैतिबाट नागरिक भए । क्रान्तिको दौरानमा देश र जनताको प्राणाहुतीको नयाँ परम्परा प्रारम्भ भई जनपक्षीय राष्ट्रवादको नयाँ अध्याय प्रारम्भ भयो । जनतामा स्वतन्त्र देशका स्वतन्त्र जनता भन्ने भावना जागृत भयो । सानो देशको स्वाभिमान र स्वतन्त्र रहने चाहनासित अन्तरविरोध बढ्दै गयो । एकातिर ढल्कनु पर्ने १९५० को भारतसितको सम्वन्धलाई व्यवहारमा सच्याउँदै सोझो उभिने प्रयास नेपालमा अहिले बहसको बिषय बनेको छ, जुन सकारात्मक कुरा हो । नेपालका कम्युनिष्ट आन्दोलनले राष्ट्रियता, भारत तथा अन्य विदेशी शक्तिको थिचिमिचो बिरुद्ध लगातार जनचेतना जगाउन भूमिका खेलेको भए पनि व्यवहारमा त्यो कुरा लागू भएन । अहिले जेन्जी विद्रोह पछि जनताको चेतना स्तर झन् बढेको छ । नेपाल भारत सम्बन्धका बारेमा पनि बहसहरु अर्थपूर्ण रुपमा अगाडि बढेका छन् ।
