पुरुष ग्रन्थिको नामले पनि चिनिने पुरुष प्रजनन् प्रणालीको एउटा महत्वपूर्ण अंग हो – प्रोस्टेट । नेपालमा पनि पुरुषको आयु लम्बिँदै गएका कारण ४० वर्षको उमेर कटेपछिका देखिने प्रोस्टेटको समस्याबाट पीडित पुरुषको संख्या आगामी दिनमा अभैm बढ्ने अनुमान गरिएको छ । सुपारी आकारको प्रोस्टेट मूत्रथैलीको मुन्तिर निस्कने मूत्रनलीको शुरुकोे भागमा चारैतिर बेरिएर रहेको हुन्छ । उमेरसँगै बढ्न सक्ने प्रोस्टेट ग्रन्थिको तौल वयस्कमा सामान्यतया २० देखि २५ ग्रामको हुन्छ । पटक पटकको पिसाब नलीको संक्रमण वा वंशाणुगत तवरमा पनि प्रोस्टेट सुन्निने समस्या हुनसक्छ । यसका साथै प्रोस्टेटमा अनावश्यक मासु वृद्धि भएर पनि प्रोस्टेटको समस्या निम्तिन सक्छ । मुख्यतः क्यान्सर खालको वा साधारण खालको (बिनाइन) मासु बढ्ने हुन्छ । तर धेरैजसो पुरुषमा बढ्दो उमेरसँगै पुरुषको शरीरमा उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनको उत्पादनमा कमी आउन थालेपछि प्रोस्टेटको समस्या देखा पर्न थाल्दछ । उमेर विशेष एवं शारीरिक बनोटको कारणले प्रोस्टेट ठूलो वा सानो भएमा पिसाबको प्रवाहमा अवरोध निम्त्याउँछ । विशेषतः ४० उमेर नाघेका पुरुषमा प्रोस्टेट ग्रन्थि भित्रका कोषहरुको वृद्धि हुन थालेपनि त्यसको असर तत्कालै नदेखिन सक्छ । समयक्रममा ग्रन्थि भित्रका कोषको वृद्धिसँगै प्रोस्टेटको आकार पनि बढ्न थाल्छ । र, बढी जसो ५० देखि ७० उमेरका प्रोस्टेटको समस्या सम्बन्धी लक्षण लिएर अस्पतालमा आउँछन् । लक्षण चिन्ह प्रोस्टेटको समस्याबाट प्रताडित व्यक्तिले पटक पटक पिसाब फेर्नु मन लाग्ने, पिसाब फेर्न गयो केही समयपछि मात्र पिसाब आउने, पिसाबको धारो नखुल्ने, पिसाब गरिसकेपछि पनि थोपा थोपा चुहिने, पिसाब गरिसकेपछि पनि मूत्रथैली ननिख्रिए जस्तो हुने, राती पनि घरि घरि पिसाब फेर्न उठ्नु पर्ने गुनासो गर्न थाल्छन् । त्यसैगरी पिसाब थाम्न गाह्रो हुने, पिसाब गर्न बल गर्नुपर्ने पनि हुन्छ । कतिपयले भने यौन चाहना घट्न थालेको तथा यौन दुर्बलता बढेको पनि बताउँछन् । प्रोस्टेटको कारणले सताउँदै लगेपछि मूत्रथैलीको मांसपेशी कमजोर हुँदै जाँदा प्रताडित व्यक्तिले पेट एवं मलद्वार वरिपरिको मांसपेशी खुम्च्याएर मात्र पिसाब गर्न सम्भव हुन्छ । यस्तो बेला सानो तिनो युद्ध नै जितेको महशुश गर्दछन् । समस्या जटिल बन्दै गएपछि पिसाब ठ्याप्पै बन्द हुनसक्छ भने तल्लो पेट दुख्ने, पिसाबमा रगत देखा पर्ने शिकायत लिई आकस्मिक कक्षमा आउँछन् । समयमै उपचार नगरेको खण्डमा पिसाबको नली फुल्ने, पछि गएर मिर्गाैला फुल्ने तथा मिर्गौला फेल खाने हुनसक्छ । यी सबै लक्षण चिन्ह प्रोस्टेटको कारणले मात्र नहुन सक्छ तर पनि यी लक्षण चिन्हको आधारमा मूत्रनलीमा आएको अवरोधलाई विभिन्न तहमा वर्गीकरण गरिन्छ । यसैको आधारमा व्यवस्थापन गरिन्छ । प्रताडित व्यक्तिको उमेर, शारीरिक अवस्था, समस्याको गम्भीरता एवं प्रोस्टेटको आकार हेरि उपचार विधि छनौट गरिन्छ । औषधि सेवनबाट पनि प्रोस्टेटको वृद्धि कार्यलाई रोक्न सकिन्छ । यसको अलावा नियमित व्यायाम, खानपिनमा परहेज (शाकाहारी एवं पाच्य भोजन) र फलपूmल सेवनले प्रोस्टेटको समस्या भएकालाई फाईदा नै पु¥याउँछ । गोलभेंडा, अमला, कागती, रुख कटहर, स्याउ, बियाँयुक्त तरकारी र पहेंलो फलपूmलमा पाइने लाइकोपेन प्रोस्टेटको लागि लाभदायक मानिन्छ । पहिलो तह अर्थात् हल्का मात्र अवरोध भएकाले पिसाब गर्नुपर्ने पटक र समयको हेक्का राख्नुपर्दछ । यस्ता खाले विरामीलाई सल्लाह परामर्श, औषधि सहितको फलोअपमा राखी व्यवस्थापन गरिन्छ । अग्रचर्मको समस्या तथा यस वरिपरिको संक्रमणले पनि हल्का अवरोध आउन सक्छ । यस्तो समस्या रहिरहेमा मधुमेह छ, छैन निक्र्यौल गर्नुपर्दछ । मधुमेहको समस्या छ भने सुगर नियन्त्रणमा राख्ने यत्न गर्नुपर्दछ । दोश्रो तह अर्थात् मध्यम खालको पिसाब अवरोध भएकाले शल्यचिकित्यसको सल्लाह परामर्शमा प्रोस्टेट ग्रन्थि सुकाउने औषधि खान सकिन्छ । पिसाबको संक्रमणबाट बच्न झोलिलो पदार्थ धेरै पिउनु पर्छ तर साँझपखबाट कम गर्नु पर्दछ । नियमित तवरमा रगत, पिसाब, अल्ट्रासाउण्ड र पिसाबको धारो नाप्ने परीक्षण गराइराख्नु पर्दछ । यस्ता खाले व्यक्तिमा पत्थरी भएमा, पिसाब ननिख्रिने (पिसाब गरे लगत्तै परीक्षण गर्दा मूत्रथैलीमा १०० मिलि भन्दा बढी बाँकी रहेमा) भएमा तथा लामो समय औषधि सेवनबाट पनि समस्या निवारण नभएमा शल्यक्रियाको जरुरत पर्दछ । तेश्रो तह अर्थात् पिसाब प्रवाहमा गम्भीर अवरोध भएका व्यक्ति यथाशक्य चाँडो उपचार गराउन आउँछन् । यस्ता खाले विरामीले पटक पटक शौचालय धाउने, सुत्न नदिने, लुगा एवं ओच्छ्यान भिजाउने लगायतका विभिन्न सामाजिक अप्ठ्यारोपना ल्याउन सक्ने हुनाले उनका आफन्तले पनि शिघ्र उपचारका लागि ल्याउँछन् । यस्ता खाले विरामीलाई शल्यक्रियाजन्य उपचार बढ्ता प्रभावकारी हुन्छ । शल्यक्रिया पूर्व रगत परीक्षणबाट क्यान्सर छ, छैन निक्र्यौल गर्नुपर्ने हुन्छ । शल्यक्रियाको क्रममा ढाडमुनि मात्र लट्ठयाएर साँगुरिएको मूत्रनली फराकिलो पार्न आवश्यकता अनुसार प्रोस्टेट ग्रन्थि खुर्किनु पर्ने हुन्छ । यस क्रममा निकालेको तन्तु पनि बायोप्सीका लागि पठाई क्यान्सर भैसकेको छ, छैन थप निक्र्यौल गरिन्छ । अनुभवी शल्यचिकित्सकको नगर्दा पनि प्रोस्टेट समस्या दोहोरिनसक्छ । नियमित फलोअपमा रही जचाई राख्नु पर्दछ । प्रोस्टेटको क्यान्सर प्रोस्टेटको साधारण खालको समस्या र यसको क्यान्सरका लक्षण चिन्ह बीच खासै फरक छैन । त्यसैले पनि ५० वर्ष कटेपछि पुरुषहरु अलि बढी चनाखो हुनु आवश्यक छ । प्रोस्टेटको क्यान्सरको शुरुवाती तिर खासै लक्षण चिन्ह नभएपनि प्रोस्टेटको क्यान्सरमा ढाड, कम्मर दुख्ने, पिसाबमा कठिनाई हुने, यौनाङ्ग उत्तेजित नहुने, पिसाबमा रगत देखा पर्ने (रातो पिसाब हुने) लक्षण देखिनसक्छ । प्रोस्टेटको क्यान्सर पनि पुरुषमा भईरहने क्यान्सर (पाँचौं मुख्य क्यान्सर) हो । नेपालमा प्रोस्टेटको क्यान्सरको समस्या कतिको छ भन्ने यकिन छैन । अमेरिकामा मात्र वर्सेनी करिब अढाई लाख प्रोस्टेटको क्यान्सर थपिने र करिब ३०,००० रोगीको मृत्यु हुने गरेको छ । यो खाले क्यान्सर ढिलो पैmलिने क्यान्सर मध्ये एक हो । प्रोस्टेट क्यान्सर प्रोस्टेट ग्रन्थि वा वरिपरिमा मात्र सीमित छँदै उपचार गरिएमा ५ वर्ष बाँचिने सम्भावना शतप्रतिशत हुन्छ भने शरीरका अन्यत्र पैmलिसकेको खण्डमा करिब ३१ प्रतिशत मात्र हुन्छ । शरीरका अन्य भागमा क्यान्सर पैmलिने क्रममा बढी जसो हड्डी एवं लिम्फ ग्रन्थिमा सर्दछ । प्रोस्टेट क्यान्सरका जोखिम तत्वहरुमा बढ्दो उमेर, पारिवारिक इतिहास, मानव जाति पर्दछन् । करिब ९९ प्रतिशत प्रोस्टेट क्यान्सर ५० वर्ष माथिको हुने गरेको छ । परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भैसकेको छ भने परिवारका अन्य पुरुषमा प्रोस्टेट क्यान्सर लाग्ने सम्भावना दुई, तीन गुणाले बढ्छ । अफ्रिकन जातिमा वा अफ्रिकन पृष्ठभूमिका पुरुषहरु प्रोस्टेट क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ । त्यसैगरी उच्च रक्तचाप भएका र टेस्टोस्टेरोनको मात्रा बढी भएका व्यक्तिमा पनि प्रोस्टेट क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ । क्लामाईडिया, गोनोरिया, सिफिलिस जस्ता संक्रामक यौनजन्य रोग लागेकाहरुमा पनि यस खालको क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । बीआरसीए नामक वंशाणुअंशमा आउने अपचलनका कारण महिलामा डिम्बाशय एवं स्तनको क्यान्सर हुन सक्छ भने पुरुषमा प्रोस्टेटको क्यान्सर हुनसक्छ । प्रशोधित मासु वा रातो मासु अधिक सेवन गर्ने पुरुष मानिसहरुमा प्रोस्टेट क्यान्सर लाग्ने सम्भावना हुन्छ । सामान्यतः ४० देखि ५० वर्षका पुरुष मानिसमा प्रोस्टेट क्यान्सर स्पेसिफिक (पीएसए) तत्व २.५ नानोग्राम प्रति मिलि हुन्छ । यो मात्रा ४ देखि १० नानोग्राम प्रति मिलिमा पुग्दा प्रोस्टेट क्यान्सर लागेको शंका गर्न सकिन्छ भने १० नानोग्राम भन्दा बढेको खण्डमा प्रोस्टेटको क्यान्सर लाग्ने ५० प्रतिशत भन्दा बढी हुन्छ । यसको अलावा गुदद्वारबाट प्रोस्टेटको जाँच, गुदद्वारबाट अल्ट्रासाउण्ड, एमआरआई, पिसाब नली मार्पmत् दुरबिन जाँचबाट पनि प्रोस्टेटको क्यान्सरको शंक ागर्न सकिन्छ भने क्यान्सर नै भएको हो, होइन निक्र्यौल गर्न बायोप्सी गराउनु पर्दछ । प्रोस्टेट क्यान्सरको अवस्था हेरिकन क्रायोथेरापी, हर्मोन थेरापी, केमोथेरापी, शल्यक्रिया, रेडियोथेरापीबाट उपचार गरिन्छ ।
