आत्मन् र ब्रह्मको पूर्ण तादात्म्यकतालाई (ब्दकयगित भ्त्रगष्खबभिलअभ या Āतmबल बलम द्यचबजmबल) कसरी अहिलेका वैज्ञानिकहरुले साक्षात्कार गरेका छन् आउनुहोस् एकैछिन आजको अङ्कमा यस विषयमा छोटो चर्चा गरौं । हिन्दु दर्शनको मूल केन्द्रविन्दु अद्वैत वेदान्त हो, जसलाई आदि शंकराचार्य (७८८–८२० ई.) ले व्यवस्थित रूपमा प्रतिपादन गरे । यस दर्शनको सबैभन्दा क्रान्तिकारी र गहन सिद्धान्त हो– “तत्त्वमसि” (तत् त्वम् असि), “अहं ब्रह्मास्मि”, “प्रज्ञानं ब्रह्म” र “अयमत्मा ब्रह्म” जस्ता महावाक्यहरूले निर्देशित “आत्मन् = ब्रह्म” को पूर्ण तादात्म्य । यसको अर्थ हो– व्यक्तिगत चेतना (आत्मन्) र विश्वव्यापी चेतना (ब्रह्म) बीच कुनै भेद छैन; दुवै एकै तत्त्वका दुई नाम मात्र हुन् । यो सिद्धान्त हजारौं वर्ष पुरानो भए पनि आधुनिक भौतिकशास्त्र, न्यूरोसाइन्स र क्वान्टम मेकानिक्सका केही अवधारणासँग आश्चर्यजनक रुपमा समानता देखिन्छ । अद्वैतको सिद्धान्तको दार्शनिक आधारमा उपनिषदहरूमा ब्रह्मलाई “सत्–चित्–आनन्द” (अस्तित्व–चेतना–आनन्द) का रूपमा वर्णन गरिएको छ, जसको कुनै सीमा, रूप, गुण वा परिवर्तन हुँदैन । आत्मन् पनि ठ्याक्कै त्यही स्वरूपको हुन्छ भन्ने शंकराचार्यको मत हो । मायाको प्रभावले हामीले आत्मालाई शरीर–मन–इन्द्रियसँग तादात्म्य गरेर “म देह हूँ, म मन हूँ” भन्ने भ्रममा पर्दछौं । जब यो अविद्या नष्ट हुन्छ, तब “आत्मा र ब्रह्म एउटै हुन्” भन्ने प्रत्यक्ष अनुभूति हुन्छ । यो अनुभूति बौद्धिक निष्कर्ष होइन, एक साक्षात्कार मात्र हो । त्यसोभए आधुनिक विज्ञानसँग यसको के समानता छ त ? क्वान्टम फिजिक्समा “नन–लोकालिटी” र “एंटैंगलमेन्ट” का बारेमा चर्चा गरिन्छ, भौतिक शास्त्रलाई मूल विषय बनाएर पढेका अहिलेका विद्यार्थीहरूलाई यो विषयको जानकारी पक्कै होला। आइन्स्टाइनले “स्पुकी एक्सन एट अ डिस्टन्स” भनेर अस्वीकार गरेका थिए, तर बेल्स थियोरम प्रयोगहरू (अलैन आस्पे १९८२, २०२२ नोबेल पुरस्कार) ले प्रमाणित गर्यो– दुई कणहरू एक अर्काबाट जतिसुकै टाढा भए पनि तिनको अवस्था तुरुन्तै सम्बन्धित हुन्छ; बीचमा कुनै सिग्नल यात्रा गर्दैन, क्वान्टम फिजिक्समा यसलाई नन लोकालिटीको सिद्धान्त भनेर भनिन्छ । हेर्नोस् त यो “नन–लोकालिटी” अद्वैतको “एकोऽहम् बहु स्याम्” सँग ठ्याक्कै मेल खान्छ । ब्रह्म एकमात्र वास्तविक तत्त्व हो, जगत् त्यसैको विवर्त मात्र हो भन्ने कुरा क्वान्टम क्षेत्र (त्तगबलतगm ँष्भमि) को सिद्धान्तसँग आश्चर्यजनक रूपमा मिल्छ । डेभिड बोहमले “ध्जयभिलभकक बलम तजभ क्ष्mउष्अिबतभ इचमभच” मा लेखेका छन् – सम्पूर्ण विश्व एक अविभाज्य समग्र (गलमष्खष्मभम धजयभिलभकक) हो, जसलाई हामी मायाले खण्ड–खण्ड देख्छौं । अब चेतनाको समस्या (ज्बचम एचयदझि या ऋयलकअष्यगकलभकक) का बारेमा कुरा गरौं । न्यूरोसाइन्सले मस्तिष्कका न्युरोनहरूको फायरिङबाट “देख्ने, सुन्ने, अनुभव गर्ने” कसरी उत्पन्न हुन्छ भन्ने कुरा अझै व्याख्या गर्न सकेको छैन । डेभिड चाल्मर्सले यसलाई “हार्ड प्रोब्लम अफ कन्शस्नेस” भनेका छन् । तर अद्वैत भन्छ– चेतना मस्तिष्कको उत्पादन होइन, मस्तिष्क चेतनाकै अन्द्रोपमा प्रकट हुन्छ । आधुनिक भौतिकशास्त्रीहरू मध्ये सर रोजर पेनरोज र स्टुअर्ट ह्यामेरोफले “इचअज–इच्” सिद्धान्तमा माइक्रोट्युब्युल्समा क्वान्टम कम्प्युटेसनबाट चेतना उत्पन्न हुन्छ भन्ने तर्क दिएका छन्, तर तिनले पनि चेतनालाई मौलिक तत्त्व मान्नुपर्ने निष्कर्षमा दिएका छन् । पेनरोज भन्छन् – “ऋयलकअष्यगकलभकक mगकत दभ ब ागलमबmभलतब िउचयउभचतथ या तजभ गलष्खभचकभ, ष्पिभ mबकक यच अजबचनभ.” यो ठ्याक्कै “चित्” लाई ब्रह्मको स्वरूप मान्ने अद्वैतसँग मेल खान्छ । अर्को चर्चा पनि गरौं, जसलाई भौतिकशास्त्रका विद्यार्थीहरूले होलोग्राफिक युनिभर्स थ्योरी भनेर भन्दछन् । डेभिड बोहम र कार्ल प्रिब्रामले प्रतिपादन गरेको होलोग्राफिक सिद्धान्तअनुसार सम्पूर्ण विश्वको जानकारी प्रत्येक अंशमा पूर्ण रूपले समाहित हुन्छ । होलोग्रामको जुनसुकै टुक्राले पनि पूर्ण चित्र देखाउँछ । यो उपनिषदको “अणोरणीयान् महतो महीयान्” (सबैभन्दा सानोभन्दा सानो र ठूलोभन्दा ठूलो) भन्ने मन्त्रसँग पूर्ण मेल खान्छ । अर्थात् प्रत्येक आत्मामा पूर्ण ब्रह्म समाहित छ । आहा कति आनन्द लाग्न थालेको छ हाम्रो सनातन धर्म विज्ञानसँग आधुनिक भनिएको भौतिक विज्ञान को समानता देख्दा । अब फेरि एउटा सानो चर्चा गरौं, ‘क्वान्टम क्षेत्र र शून्यबाट उत्पत्ति’का विषयमा । आधुनिक क्वान्टम फिजिक्सका अनुसार “भ्याकुम फ्लक्चुएसन” बाट कण–प्रतिकण जोडी उत्पन्न भएर तुरुन्तै विनष्ट हुन्छन् । यसैबाट विश्वको उत्पत्ति भएको हुन सक्छ भन्ने सिद्धान्त छ । यो अद्वैतको “ब्रह्म सत्यम्, जगत् मिथ्या” सँग मिल्छ– मिथ्या भन्नाले “अस्तित्वहीन” होइन, “परिवर्तनशील र आधारीय” भन्ने बुझिन्छ । ब्रह्म नै एकमात्र अपरिवर्तनीय सब्स्ट्रेट हो । त्यसोभए आधुनिक विज्ञानको दर्शनलाई र हाम्रो अद्वैत दर्शनलाई किन एक नमानेको त ? आधुनिक भनिएको विज्ञानका प्रमाणहरूले हाम्रो सनातन वैदिक धर्मविज्ञानसँग कति ठूलो समानता राखेको रहेछ, यद्यपि विज्ञानले यी समानता देखाउँछ, तर अद्वैतको साक्षात्कारलाई प्रयोगशालामा प्रमाणित गर्न सक्दैन । किनभने विज्ञान तेस्रो व्यक्तिको दृष्टिकोण (तजष्चम–उभचकयल उभचकउभअतष्खभ) मा आधारित छ भने अद्वैत प्रथम व्यक्तिको साक्षात्कार (ाष्चकत–उभचकयल मष्चभअत भहउभचष्भलअभ) मा आधारित छ । तथापि, जब विश्वका शीर्ष भौतिकशास्त्रीहरू (बोहम, पेनरोज, श्रोडिङ्गर, ओपेनहाइमर) ले वेदान्तबाट गहिरो प्रभावित भएको स्वीकार गर्छन् र श्रोडिङ्गरले त “मेरो जीवनको सबैभन्दा ठूलो प्रभाव वेदान्त हो” भनेर लेख्छन्, तब यो संयोग मात्र हुन सक्दैन । निष्कर्षमा यो भन्न सकियो कि आत्मन् र ब्रह्मको पूर्ण तादात्म्य कुनै धार्मिक आस्था मात्र होइन, यो चेतना र वास्तविकताको सबैभन्दा गहन वैज्ञानिक रहस्यसँग जोडिएको सत्य हो । क्वान्टम नन–लोकालिटी, होलोग्राफिक सिद्धान्त, चेतनाको मौलिकता जस्ता आधुनिक खोजहरूले हजारौं वर्षअघि ऋषिहरूले देखेको त्यही एकमात्र अद्वैत तत्त्वलाई फरक भाषामा भन्न खोजिरहेको देखिन्छ । जबसम्म हामी “म देह हूँ” भन्ने भ्रममा छौं, तबसम्म ब्रह्म टाढाको कुनै ईश्वर जस्तो लाग्छ । तर जब यो अहंकारको पर्दा हट्छ, तब प्रत्येक क्षण, प्रत्येक श्वासमा “अहं ब्रह्मास्मि” को साक्षात्कार हुन्छ।विज्ञान त्यो साक्षात्कारको बाहिरी प्रमाण दिन सक्छ, तर त्यसलाई प्राप्त गर्न त आत्मानुभूति नै चाहिन्छ । त्यसैले वेद उपनिषद्हरू हाम्रा धरोहर हुन्, यसैबाट प्रतिपादित अद्वैत एक दर्शन हो, यो विश्वको अन्तिम विज्ञान पनि हो । सबैको जय होस् ।
