अहिले बाबुराम, जनार्दन, राम कार्कीले सुरु गरेको राजनीतिक स्कूलमा उनीहरु शिक्षक हुन् । आफू ब्याक बेञ्चमा बसेका छन् । र, आफ्ना बिद्यार्थीलाइ अहिलेको राजनीतिको सत्य सिकाइ रहेका छन् । जून दिन शिक्षक बिद्यार्थी सबै मिलेर यो स्कूललाई शसक्त बनाउँछन् । त्यो दिन पनि यी शिक्षकहरु ब्याक बेञ्च मै बसेर खुशियाली मनाउने छन् । यसमा हामी शिक्षकको “मुख्य” हात छ भनेर अहंकार गर्ने छैनन् । सफलता प्राप्तिमा उनीहरुको शिक्षण बिधि र मेहनतलाई बिद्यार्थी आफैले सम्मान गर्ने छन् । तर यो स्कूलको असफलता भने शिक्षकको हो भनेर जिम्मा लिनेछन् । असल शिक्षक यस्तो गर्छन् । अहिले भ्रष्टीकरण भैसकेका केहि पुराना राजनीतिक स्कूलका ‘गुरु’ हरुले अहिलेसम्म त्यो स्कूलले गरेको सफलतामा “मुख्यतया” आफ्नो भूमिका हो भनिरहेका छन् र असफलताको “अपजस” बाँकि चेला सबैलाई बाढिरहेका छन् । जसको सयपत्री माला “आफु” पहिरिने र अपजसको क्याक्टसको भारी अरुलाई बोकाउने गुरुकूलका पण्डाहरु प्रतिको मोह त्यागौ । शिक्षक बिद्यार्थी सबैको योगदानको समान कदर हुने तर मुख्यतया बिद्यार्थी नै अग्र मोर्चामा रहने स्कूल निर्माणमा योगदान गरौ । प्रगतिशील लोकतान्त्रिक स्कूलमा आउनुस्, यहाँ शिक्षक छुन नमिल्ने ‘भगवान’ रुपका छैनन् । साथी हुन्, साथी जस्तै छन् । यीनको इतिहास खोट लगाउन मिल्ने ‘भ्रष्ट’ रुपको छैन । सादगी हुन्, भेटेर छुनुस्, तपाइलाई मैला लाग्ने छैन ।
