IMG-LOGO

एक थान चुनावको चर्चा र एमाले, कांग्रेसलाई महाधिवेशनको रन्को

 मंगल, मंसिर २४, २०८२  – आर. एल. श्रमजीवी

     नेपाली राजनीति जटिल मोडमा छ । जेन्जी विद्रोहलाई एक थान चुनावमा कैद गरिएको छ । २००७ सालमा आधुनिक लोकतान्त्रिक मुलुकमा प्रवेश गरेपछि मुलुकमा धेरै चुनाव भए । थरीथरीका व्यवस्था भोगेका नेपाली जनताको भाग्य र भविष्य बदलिएन । अब हुने एक थान चुनावले केही हुने संम्भावना छैन । मत हाल्ने नेपाली जनता यिनै हुन र चुनावका मूख्य सरोकार भनेका राजनीतिक दलहरु पनि यिनै हुन् । पुराना राजनीतिक दलहरु यतिवेला जेन्जीहरुको प्रहारका अतिरिक्त आ–आफैका बीचमा  हानाहान, तानातान मै ब्यस्त छन् । मुख्य दल नेपाली काङ्ग्रेस र एमालेलाई चुनाव होइन महाधिवेशन लागेको छ । जेन्जी विद्रोहका कारणले यतिवेला पुराना दलको साख चकनाचुर भएका छन् । फरक र खास विचार शून्यतामा छन् । आम मतदाताहरु दलहरुको यो हविगत र चकनाचुरपनलाई रमिता हेरिरहेका छन् ।      चुनाव एकप्रकारको महायज्ञ भनिएता पनि देशमा नवयुवा छैनन् । विचार रुपी मत विभाजन भएका छन् धेरै पार्र्टी खोलिनु त्यसैको उदाहरण हो । आगामी चुनावमा मत प्राप्तिका आधारहरुमा दलको नीति, कार्यक्रम र कार्यशैलीले मतदाताहरुको मन जित्नुलाई मुस्किल छ । दलहरुको ध्यान त्यतातिर जान सकेको छैन । त्यतातिर ध्यान जाने वातावरण नै छैन । दलहरु आन्तरिक रुपमा थिलथिलो भएका छन् । पुराना दलका बीचमा विभाजन र एकताको काटमारमा लागेका छन् । काटमार भन्नुको अर्थ विचार, नीति र कार्यक्रमका आधारमा एकअर्कासँग फरक देखिने हैसियत राख्दैनन् । चुनाव चिन्ह र झण्डा झिकिदिने हो भने पुराना मुख्य तीन दल उस्तै छन् । नयाँ दल निर्माणकै क्रममा छन् । प्राय सबै दलको एक्कै  शैलीमा एकले अर्कोलाई गाली गर्ने र आ–आफ्नो ढोल बजाउने गरिरहेका छन् । सबै दलका टाउका ठूला ठूला, पेट कुपोषण र हातखुट्टाहरुमा सुकेनास लागे जस्तो भएका छन् ।      देश विदेशमा रहेका नेपाली नागरिकहरुको चाहना र कामना भनेको देश बचोस्, खान लाउन पुगोस ,समाजमा शान्ति होस, बालबच्चाहरुको पठन पाठन राम्ररी होस,सहज स्वास्थ उपचारको वातावरण बनोस, कृषिवालीका लागि सरकारी स्तरबाट प्रभावकारी सहयोग होस,स्वदेशमा गरिखान नपाएर प्रदेशी माटोमा मरेका सन्तानहरुको लाश कफनभित्र देख्न नपरोस, न्यूनतम खाना, नाना र छानाको आर्जनका लागि श्रमजीवी अवसर होस र समानुपातिक तबरले विकास निर्माणको कार्य क्रमशैः सही तर समानुपातिक रुपले होस, भन्ने नै हो । जनताको यो अपेक्षालाई कुनै दलले न हिजो गम्भीर रूपमा लिए न आज ।      हो दल बिना लोकतन्त्र फुल्न फल्न नसक्ने हो । भइरहेका दलहरुमध्यै यसैबाट लोकतन्त्र फुल्छ, फल्छ र नेपाली मनहरु रमाउछन भन्ने आश गर्ने सँकेत नदेखिने ! यही पीरलो भएको छ । सधैभरि दलहरु कमजोर हुनु भनेको लोकतान्त्रिक गणतन्त्र कमजोर हुनु हो र लोकतान्त्रिक गणतन्त्र कमजोर हुनु भनेको अधिनायकवादको उदय हुनु हो । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भन्ने रट्याँई राजनीतिक रटयाइँ जारी छ । ऐले सम्म समुन्नत लोकतन्त्रको फल चाख्न के देख्न पनि पाएका छैनन् नेपालीहरुले । लोकतन्त्र असफल भए, अधिनायकवाद, निश्चित छ । कुन मोडेलको र कहिले ? भन्ने मात्र हो ।      जो सुकै आउन र मुलुकी शासन सत्ताको बागडोर जो जसले समाउन, औसत नेपालीमनहरुको त्यसमा खासै चिन्ता छैन । चिन्ता भनेको माथि उल्लिखित नेपाली जनताको चाहनाहरुको संवोधनको आवश्यकता हो । संवोधनको शुभ समय भनेको चुनाव हो तर बिडम्बना चुनाव पुरानै पारामा हुने र आउने तिनै अनुहार हो भने यो जेन्जी विद्रोहको औचित्य के ?      अहिलेसम्म सबै दलहरुको अवस्था हेर्दा हामी उहिले कै युगमा छांै भन्ने होला । आगामी चुनावमा प्रायःसबै दलले आफ्नो हैसियत बढाउने भन्दा पनि घटाउने दिशातिर गइरहेका छन् । अर्थात चुनाव जहिले भएपनि चुनावी महाअभियानमा आ–आफ्ना खराबीहरुलाई जलाएर नयाँ युगमा जेन्जी पुस्ताको माग जस्तै बन्नु भन्दा पनि धेरै दलहरु सिद्दिने बाटो तर्फ गइरहेका छन् । यो चुनाव हिजोका चुनाव भन्दा साँच्चिकै पृथक हुने पक्का छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्