IMG-LOGO

गायन रियालिटी शो र गीत संगीतको विकास क्रम

 मंगल, मंसिर १७, २०८२  – आर. एल. श्रमजीवी

     यस वर्ष सम्पन्न भिन्न भिन्नै रियालिटी शोबाट गङ्गा सोनाम, प्रथम गुरुङ र प्रोसेश पाण्डे रियालिटी शोबाट बिजेता बनेका गायक हुन् । संगीतका साथमा पूर्वज गायकका गीत मञ्चमा गाउँन लगाएर प्रतिस्पर्धामा गायक चुन्ने नेपालमा सञ्चालित ३ वटा रियालिटी शो का कार्यक्रम भर्खरै सम्पन्न भए । चर्चित रियालिटी शो नेपाल आइडलको सिजन छ बाट सिन्धुपाल्चोककी गङ्गा सोनाम नेपाल आइडल बनिन् भने विश्वभर छरिएर रहेका नेपालीलाई एउटै मञ्चमा ल्याउने अमेरिका निवासी भुटान देशका  नेपालीमुलका डिल्ली अधिकारीको सपनाले साकार रुप पाएको मेरो भ्वाइस युनिभर्सको दोश्रो संस्करणमा जापान कर्मभूमि बनाएका कास्कीका प्रथम गुरुङ बिजेता बने । एक करोडको पुरस्कार रहेको मेरो भ्वाइस युनिभर्स नै अहिलेसम्म कै ठूलो सांगितिक पुरस्कार हो । द भ्वाइस अफ नेपालको छैटौं सिजनमा धादिङका प्रोसेश पाण्डे टीम खेम सेन्चुरीबाट बिजेता बन्न सफल भए । भ्वाइस अफ नेपाल को सिजन सेभेन अहिले जारी छ । यि तीन वटा रियालिटी शो नेपालमा मात्रै नभएर बिदेशमा बस्ने नेपालीले पनि अत्यन्तै मन पराए । गीत संगीतमा लगाव हुने जो कोही नेपालीले आफ्नो मन पर्ने गायकलाई भोट गरेर बिजेता पनि बनाए । यि रियालिटी शो को  आकर्षण हेर्दा नेपाली जेनजी युवा पुस्ता नेपाली गीत संगीतप्रति चासो मात्रै राख्दैन आफ्नो ठाउँबाट दिनुपर्ने योगदान र कर्तव्य पुरा गर्छ भन्ने सन्देश दिएको छ ।      रियालिटी ‘शो’ मा भाग लिने यो पुस्ताले सबै प्रकारका गीत गाए । रियालिटी ‘शो’ का प्रारम्भदेखि नै पछ्याएको यो पङ्त्तिकार पनि गीत संगीतप्रति चाख राख्ने व्यक्ति भएका कारण परदेशको ब्यस्त जीवनमा प्राय सबै रियालिटी शो लाई नछुटाइ हेर्ने दर्शक हो । तीन रियालिटी शो हेर्दा गायन कला भएका जिनजी पुस्ता गीतप्रति पनि हुरुक्क छ । यो पुस्ता स्वर सम्राट नारायणगोपाल, गोपाल योञ्जन अरुणा लामा प्रेमध्वज प्रधानको नाती पुस्ता भए पनि ति लोकप्रिय गायकका गीत भुलेको छैन । रक पप र ¥यापको जमानामा पनि सदावाहार सुगम संगीतको नाता टुट्न दिएको छैन  । रियालिटी शो का सहभागीहरुले नै आगामी नेपाली गीत संगीतलाई जिउँदो राख्ने कुरामा दुई मत छैन । हामीले नेपाली गीत संगीतको कुरा गर्दा  यसको इतिहास र विकासक्रमलाई बुझ्न जान्न र चर्चा गर्न पर्छ । यो सानो लेखमा सबै सम्भव त नहोला तर आफुले थाहा पाएका कुरा राख्न पाठकसँग अनुमति माग्छु । नेपाली गीत संगीत र शासक वर्ग      नेपालको इतिहासमा गीत संगीतको रुचि र यसको प्रवद्र्धन गर्ने शासक वीरशमशेर जङ्गबहादुर राणा पहिलो शासक हुन । वि.सं. १९५२–१९६९ उनको शासनकाल हो । उनी नेपालका ८ औँ प्रधानमन्त्री (शासक) थिए । उनी संगीतप्रेमी र कलाप्रेमी थिए । शास्त्रीय संगीतप्रेमीः वीरशमशेरलाई भारतीय शास्त्रीय संगीत निकै मन पर्ने गरेको उल्लेख पाइन्छ । किनभने उनीले कलकत्ताबाट कानुन पढेर आएका थिए । उनी अङ्ग्रेजी बोल्न र लेख्न सक्थे । दरबारमा बाजागाजा, गायन–वादनको वातावरणलाई उहाँले प्रोत्साहन गरेको कुरा इतिहासमा उल्लेख छ ।      बीरशमशेरको शासनकालमा दरबारमा नाच–गान र बाजागाजाका कार्यक्रमहरू नियमित हुने गरेका थिए । भारतीय उमहाद्वीपमा रहेका अनेकौं दरबारका खासगरी लखनऊ र बनारसका कलाकारहरूलाई काठमाडौं बोलाएर प्रस्तुति गराउने चलन पनि सुरु भएको इतिहाकारले उल्लेख गरेको पाइन्छ ।  इतिहासकारहरूको दाबी अनुसार वीरशमशेरको सौखका कारण एक विशेष सांगीतिक समारोह उनले आयोजना गरेका थिए । म त भन्छु त्यो नै इतिहासको पहिलो सांगीतिक समारोह हो । यस अघि यो कुरा दावीका साथ इतिहासकारहरु भनेको र लेखेको मैले पढ्न पाएको छैन । यस बारे नेपाली गीत संगीत र चलचित्र जगतका विकिपीडिया प्रकाश सायमी सङ्ग छलफल गर्ने मेरो रहर र चाहना छ  ।      इतिहासकार पुरुषोत्तम शमशेरका अनुसार, पौष १९५६ वि.स. (सन् १८९९ र१९००) मा वीरशमशेरले बगदी (हालको बीरगञ्ज नजिक) मा एक अत्यन्त भव्य संगीत समारोह आयोजना गरेका थिए । स्मरण रहोस् वीरशम्सेर ले नै बस्ती बसाएको कारण शहरको नाम वीरगञ्ज भनिएको हो । उक्त गीत संगीत समारोहमा विभिन्न भारतीय उपमहाद्वीपभरिका करिब १०० जना गायन–वादन कला जानकारहरू सहभागी थिए । जसमा अन्ततः उस्ताद रहमत खान (ग्वालियर) लाई विजेता घोषित गरियो र मोती र गहना सहित पुरस्कार प्रदान गरियो । समारोहमा भाग लिन आएका अन्य कलाकारहरू र तिनका वाद्य वा संगीतशैलीहरूको सूचि पनि उपलब्ध छ, जसमा ड्रूपद, राग, जालतारङ, पखावज, ठुमरी, सितार, सारंगी, आदि शैलीका कलाकारहरू थिए ।      यसले पुष्टि गर्छ कि यो कुनै सामान्य मनोरञ्जनात्मक सभा मात्र नभई, सांगीतिक प्रतिभालाई उजागर गर्न र संरक्षण गर्न सपना गरिएको ऐतिहासिक संगीत समारोह थियो । अहिलेको भाषामा भन्दा यो नै भारतीय उपमहाद्वीप र नेपाल कै प्रथम सांगीतिक उत्सव थियो भन्दा हुन्छ । वीरशमशेरको उक्त संगीत समारोहमा प्रस्तुत भएका  गायनका प्रमुख शैलिहरू द्रुपद – गम्भीर र पुरानो शास्त्रीय शैली, मुख्यतया धर्म र भक्तिसँग सम्बन्धित थिए । राग र तालमा आधारित शास्त्रीय गायन, तत्कालीन समयमा लोकप्रिय थिए । ठुमरी – भावप्रवण, रागमा हल्का शास्त्रीय शैली, प्रायः प्रेम वा भक्तिको भाव व्यक्त गर्ने खालका थिए । तराना – शब्दभन्दा बढी ध्वनि (बोल, ताना) मा केन्द्रित गायन थिए । वाद्यवादनसितार – मेलोडिक वादनका लागि थिए । सारंगी – स्वर नजिकको ध्वनि दिने वाद्य । पखावज – द्रुपद गायनसँग प्रयोग हुने ताल वाद्य । तबला  प्रायः सबै गायनरवादनमा ताल दिने प्रमुख वाद्य । पानीले भरिएका कपहरूमा बजाइने दुर्लभ वाद्य थिए ।      भजन र धार्मिक शैलीका भक्तिपरक भजन, जसले दरबारको धार्मिक अनुष्ठान सम्पन्न गर्न सहयोग हुन्थ्यो । उक्त समारोहमा उस्ताद रहमत खान (ग्वालियर घराना) विजेता घोषित भएका थिए । उनलाई हिरा मोती र सुनका गहना उपहार दिईएको थियो । वीरशमशेरपछि पनि धेरै राणा शासकहरूले गीत–संगीतलाई आफ्नो दरबार संस्कृतिको महत्वपूर्ण हिस्सा बनाए । संगीतप्रेम गर्नेमा देवशमशेर (वि.स..१९५७) उनी छोटो समय सत्तामा रहे पनि प्रगतिशील र कलाप्रेमी थिए । विद्यालय र पत्रपत्रिका सुरु गर्नेभन्दा अघि दरबारमा नाच–गान र कवितापाठलाई प्रोत्साहन गर्थे । प्रशासनिक सुधारकका रूपमा चिनिए पनि धार्मिक संगीत र भजन–कीर्तनमा रुचि राख्थे । त्यसपछि राणाहरूले दरबारमा भजनमण्डली र बाजागाजालाई संरक्षण गर्ने परम्परा प्रबलरूपमा भयो । –वि.स.२००५ –२००८) अन्तिम शक्तिशाली राणा प्रधानमन्त्री मोहन शम्शेरसम दरबारमा शास्त्रीय तथा दरबारी संगीतलाई निरन्तरता दिए । साथै, रेडियो नेपालको सुरुवाती चरणमा दरबारका संगीतज्ञहरूको योगदान पु¥याउने वातावरण पनि बन्यो । यसरी, राणा शासकहरूको शासन अवधिभर गीत–संगीतलाई दरबारमा कैद गरियो तर रेडियो नेपालको स्थापना पछि नेपाली गीत संगीत मौलाएको ठोकुवा गर्न सकिन्छ । राजा त्रिभुवन भन्दा राजा महेन्द्रले गीत संगीत बुझेका थिए उनले हप्ताको एक दिन दरबारको ग्यालरीमा गायक गायिका बोलाएर गाउन लगाउथे । यति कि गजलका उस्ताज गुलाम अलीलाई उनले आफ्नै रचनाको गीत गाउन लगाएका थिए । उनका गाजलरुपी ती ठूला ठूला आँखांंंंंं..... म मरे पनि मेरो देश बाँचिरहोस्ग जस्ता थुप्रै गीत अहिले पनि चर्चित छन । त्यसपछि राजा वीरेन्द्र भन्दा पनि रानी ऐश्वर्य गीत संगीतमा लगाव राख्थिन् उनका पनि थुप्रै गीत तारादेवीले गाएकी छिन् । जी शाह का रूपमा राजा ज्ञानेन्द्रको नाम आउँछ । उनका थुप्रै राष्ट्रिय गीत छन् । रेडियो नेपालको स्थापना र गीत संगीतको चरण      रेडियो नेपालको स्थापना –वि.सं. २००७ संगै  रेडियो नेपालले भजन, शास्त्रीय धुन, लोकगीत र दरबारी शैलीका संगीत बजाउँथ्यो । पछि कलाकारलाई गीत रचना, संगीत सिर्जना, र प्रसारण गर्ने अवसर दिलायो ।      यसले संगीतलाई दरबार वा मेला–महोत्सवबाट आमजनसम्म पु¥याउने ठूलो माध्यम बन्यो । रेडियो नेपालको  २००७–२०१७ प्रारम्भिक चरणका रूपमा लिन सकिन्छ । त्यतिबेला भजन–कीर्तन, शास्त्रीय र लोकधुन बढी प्रसारित हुन्थे । राष्ट्रियता जागरणका गीतहरू (देशभक्ति गीत) पनि  रेडियोमार्फत बज्न थाले । प्रारम्भिक चर्चित कलाकारः प्रथम गायिका मेलवा देवी नरसिंह गुरुङ, मदनकृष्ण श्रेष्ठ –(गायक), तारिणीप्रसाद कोइराला (कविरगीतकार) आदि । २०१७–२०३६ (राजनीतिक बन्दी र सांगीतिक उत्थान गरे) २०१७ सालपछि प्रजातन्त्र खारेज भई पञ्चायती व्यवस्था सुरु भयो रेडियोले पञ्चायतको भजन गायो त्यो बीचमा रायन रामेश मन्जुल जेबी टुहुरे, खुशिराम पाख्रीन जीवन शर्मा श्याम तमोट मणि थापा शम्भु राइ लोचन भट्टराई जस्ता जनकलाकार आए । गाउँ  गाउँ गए जनताका गीत गाए ,जनता जगाए । गाउँ  गाउँ बाट उठ बस्ती बस्तीबाट उठ......आमा दिदी बैनी हो कति बस्छौ सुख सधै प्यासी बनेर... जस्ता गीत ओठ ओठबाट गुन्जिए । न्याय समनताका गीतले गाउँ देखि शहर सम्म स्थान पायो ।      रेडियो नेपाल सरकारको प्रचार–प्रसारको माध्यम भए पनि यसै अवधिमा आधुनिक गीत–संगीत फस्टायो । २०४१ मा नेपाल टेलिभिजनको स्थापना भयो । त्यसपछि झन फिल्मी गीत संगीतले बजार पायो । धर्मराज थापाले लोकगीतलाई राष्ट्रियस्तरमा परिचित गराए भने नारायण गोपाल, गोपाल योन्जन नातिकाजी शिवशंकर मानन्धर भक्तराज आचार्य प्रेमध्वज प्रधान अरुणा लामा  तारादेवी स मिरा राणा ज्ञानु राणा बच्चु कैलाश हरिप्रसाद रिमाल पुष्प नेपाली आदिले आधुनिक नेपाली गीतलाई नयाँ उचाइ दिए । लोक गीतमा सर्व श्री झलकमान गन्दर्भ कुमार बस्नेत राम थापा जस्ता लोकप्रिय गायक आए ।      २०३६–२०४६ (लोकप्रिय संगीतको विस्तार) फिल्मी गीतहरूको उदय भयो (राजेश हमाल, भुवन केसी आदि अभिनीत फिल्ममार्फत आए । लोकदोहोरी र पॉप–फोक शैली विकसित हुन थाल्यो । प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, किरण खरेल दीपक जङम शम्भुजीत बास्कोटा अरुण थापा, शिलाबहादुर मोक्तान कुन्ति मोक्तान, सुक्मित गुरुङ्ग सुरेश अधिकारी रामकृष्ण ढकाल, अन्जु पन्त शर्मिला बर्देवाले लोचन भट्टराई सुक्मित गुरुङ उदय सोताङ मनिला सोताङ कुशुम गजमेर न्हुँयु बज्राचार्य हरि कर्माचार्य रामहरि न्यौपाने पछिल्लो कालमा सुगम पोखरेल प्रमोद खरेल कालीप्रसाद बास्कोटा मेलिना राई प्रकाश तिमल्सिना खेम सेनच्युरी तृश्णा गुरुङ्ग लगायतले गीत संगीतलाई फराकिलो बनाए । २०४६–२०६० (प्रजातन्त्र पुनस्र्थापना र विविधता) बहुदलीय प्रणालीपछि अभिव्यक्ति स्वतन्त्रतासँगै संगीत अझ विविधरूपमा मौलायो र हिन्दी गीतलाई बिस्तापित गर्न सक्षम भयो । नत्र शहर बजार बस भित्र सधै हिन्दी गीतको साम्राज्य थियो ।      पप–ब्यान्ड संस्कृति जन्मियो (२०४० को दशकको अन्त्य र २०५० को दशकमा स् ज्ञढठद्ध ब्म्, त्जभ क्जबमयधक, च्यदष्ल ल’ ीययशब आदि । निमा रुम्बा राजु लामा अनिल सिह सुगम पोखरेल जस्ता कलाकार आए । अमृत गुरुङको लोकप्रिय नेपथ्य ब्याण्ड लगायत देश भित्र विभिन्न ब्याण्डमा गायक कलाकार जन्मिए । लोकदोहोरी लोकप्रिय भयो । दोहरी रेस्टुरेन्ट खुलेर चम्किए । लोक गायकमा जयनन्द लामा हरिदेवी कोइराला मच्छेश्वर सापकोटा बुद्धि लामिछाने लोक मिया लालबहादुर खाती कोमल ओली लगायत थुप्रै लोक गायक गायिका योगदान अतुलनीय छ । आधुनिक र फिल्मी गीतले नयाँ स्वरुप पायो । २०६० पछाडि डिजिटल युग र ग्लोबलाइजेसन पायो । एफ.एम. रेडियोहरू र निजी  टेलिभिजनको उदय भयो । रेडियो नेपालको एकाधिकार अन्त्य भयो । म्युजिक भिडियो संस्कृति सुरु भयो । नयाँ पुस्ताका गायक–गायिकाले रेकर्डिङ स्टुडियोमार्फत आफ्नो गीत सजिलै सार्वजनिक गर्न थाले । नेप–हप, ¥याप, फ्युजन (लोकंपप, शास्त्रीय संगित लोकप्रिय भए । युट्युब, टिकटक आदि डिजिटल प्लेटफर्महरूले संगीतलाई विश्वव्यापी पहुँच दियो । अहिले भएका रियालिटी ‘शो’ ले जिनजी पुस्तालाई हाम्रो गीत संगीत थाम्ने पुस्ता बनायो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्