आखिर मृत्यु अन्तिम सत्य हो । यो जान्दाजान्दै, बुझ्दा बुझ्दै पनि हामी मृत्यु देखि भागिरहेका हुन्छौं । अर्को मर्दा ए त्यो मरेछ भन्छौं मानौ त्यो मरेछ भनेर हामी कहिल्यै नमर्ने जस्तो गर्छौ । एक निमेष पनि हामी मृत्यु प्रति सोच्ने र मृत्युको अभ्यास तिर जादैनौ यो एक मान्छेको स्वभाव हो ।मृत्यु चिन्तन हुन कि आफ्नैमा पर्नु पर्छ या आफैमा जटिल बिरामी वा ज्ञानी सन्त र महात्माहरुले मृत्युबारे हामीले भन्दा धेरै बुझेका हुन्छन् । यति धेरै लेख्नुका कारण कृष्णबुद्ध बजगाइलाई क्यान्सर जस्तो घातक रोग लागेको थियोे । उमेर हुँदाहुदै कृष्ण दाइ गए । उमेरमा अहिले जेन्जी पुस्ता केही पनि होइनन् कृष्णदाइका अघि । कहिल्यै नमर्ने योद्धा जस्तै थिए कृष्णदाई म उनलाई २०४७ देखि राम्रो गरि चिन्छु । त्यो भर्भराउदो उमेरमा पन्चायत ढ्लेको थियो । अहिलेको महेश बस्नेत जस्तैः गरि उभिएका थिए कृष्णदाइ राप्रपामा । २०५१ सालमा दाप्चामा सत्यमानसंगै गिरिजाप्रसाद कोइरालाबाट नेपाली काङ्ग्रेसको सदस्य लिएपछि उनको त्यो समाचार मैले कान्तिपुरमा लेखेपछि त्यही पत्रिका लिएर मलाई भेट्न मित्र एग्रो चारदोबाटोमा आएका थिए । पहिलो भेट मै उनि आफ्नो समाचार कान्तिपुरमा आउँदा औधी खुशी हुँदै भनेका थिए यो ज्यान काङ्ग्रेसका मर्न र मार्न तयार छ भन्दै मेरो पसलमा टेबुल ठोकेर बाहिरीएको हिजो जस्तै लाग्छ । ऊनी नेपाली काङ्ग्रेस रहेरै अन्तिम सास फेरे । कहिल्यै नमर्ने जस्तो ब्यबहर देखाउने कृष्णदाइले जीवनको अन्तिम घडीमामा उनमा मृत्युुबोध भयो होला किनभने सम्पन्न मुलुकमा भन्दा नेपालको सन्दर्भमा क्यान्सर रोग उपचारमा महँगो र उत्तिकै घातक रोग हो । कृष्णबुद्ध बजगाइ बारे म किन यति धेरै लेख्दैछु कि ऊनीसंग धेरै स्मृति छन् तर जीवनमा नबिर्सने दुई घटना छन् – पहिलो २०५६ को आमनिर्वाचन आउदै थियो । त्यो बेला शिवप्रसाद हुमागाइ नेपाली काङ्ग्रेसका उम्मेदवार थिए भने एमालेबाट केशव बडाल । जिल्लामा एउटा मात्रै पत्रिका निस्कन्थ्यो काभ्रे टाइम्स । जनप्रतिष्ठा बन्द भइसकेको थियो । अरु पत्रिका प्रकाशनमा आएकै थिएनन् । शिवप्रसाद हुमागाइसंग अन्तरवार्ता लिन गएको थिएँ । एमालेका उम्मेदवारको अन्तरवार्ता पछि मात्रै म अन्तरवार्ता दिन्छु भनेपछि म अन्तरवार्ता नलिइ फर्कन लाग्दा एउटा सर्त राखे शिव र त्यहाँ जम्मा भएका काङ्ग्रेसहरुले । कि अब एमालेका केशव बडालको अन्तरवार्ता नलिनु । अनि हाम्रा उम्मेदवारको अन्तरवार्ता छाप्नु । म मौन भएँ केशव बडालले बारम्बार ब्यस्तता देखाएकोले मलाई झोक उठेको कुरा त्यहा व्यक्त गर्दा शिव हुमागाइ अझ मसंग खुले । एक पेज अन्तरवार्ता पनि प्रकाशित भयो । काभ्रेको तत्कालीन क्षेत्र नम्बर ३ मा काभ्रे टाइम्स काङ्ग्रेसी कार्यकर्ताले गाउँ गाउँ पुर्याएपछि एमालेका तर्फबाट मलाई केशव बडालको अन्तरवार्ता लिन फोन आयो । मैले अन्तरवार्ता लिएँ । प्रकाशित भएको दिन म खाजा खाएर नेवा किचनबाट निस्कदै थिएँ कृष्णदाइ राकेश तामाङ र केही युवा खाजा खान नेवा किचेन पस्न लाग्दै गर्दा एक्कसी कृष्णदाइले मेरो कठालो समातेर त लाई मारिदिम भनेर पछाडिबाट सर्ट च्यातिने गरि उचाले । राकेशदाइले पत्रकारलाई छुन हुन्न भने । किन नहुनु हामीले भन्दाभन्दै किन केशव बडालको अन्तरवार्ता लिएको उनले भने म पनि कडा –पत्रकारलाई यो गर त्यो गर भन्ने तपाईंहरुले भन्ने होइन काभ्रे टाइम्स न काङ्ग्रेसको न एमालेको यो त सम्पुर्ण पाठकको हो सबैको लिन्छु भनेपछि म आफ्नो पसल आएँ । चुपचाप बसे । अरु भए मलाई कुट्यो भनेर पत्रिकामार्फत लेख्थे होलान् मैले आफैंमाथि भएको त्यो दुव्र्यवहार आफ्नै पत्रिकामा लेखिन । पछि शिवले त्यो चुनाव जिते । चुनाव जितेको केही समय पछि कृष्णबुद्ध मेरो दुकानमा आएर भने मेरो त्यो व्यबहारप्रति भाइले एक शब्द काभ्रे टाइम्समा नलेखेकोमा धेरै आभारी छु भनेर गला मिलाए । दोस्रो घटना एक बिहान् कृष्णदाइ म कहाँ आएर गफ गरिरहेका थिए त्यही बेला बिज्ञापन दिन आइपुगेका थिए पुरुस्वतम श्रेष्ठ । पुरुस्वतमलाई छु ख पासा भनेर हात मिलाउन लाग्दा पुरुस्वतमले एक बग कृष्ण दाइ दिएर मैले हेर्दाहेर्दै कम्मरमुनीको अनारीमा निमोठीदिए । कृष्ण गुहार भन्दै आफ्नो सर्ट आफैंले च्यादै निस्किए । हाम्रा घरभेटी कृष्णगोपाल श्रेष्ठ छु जु म्याने भन्दै थिए कृष्णदाइ टाप ठोके । बुझ्दा पुरुस्वतमका राप्रपामा हुँदा अति मिल्ने दोस्त काङ्ग्रेसी भएकोमा पुरुस्वतमलाई चित्त नै बुझेको रहिन्छ । पछि कृष्णदाइसंग भेट हुँदा मैले सोधे –पुरुस्वतम किन त्यति रिसाएको तिमीसङ्ग दाइ ? दोस्ती तोडेकोले राप्रपा छोडेकोले । अनि त्यो दिन आफ्नो सर्ट आफैंले किन च्यातेको नि पुलिसलाई त्यस्ले पिट्यो भनेर प्रमाण देखाउन । भनेपछि तिमी कति बाठो दाइ ? परेन त बाठो हुन । म पेटका लाम्टा चुडिने गरि हास्न थाले ऊनी पनि मसंगै हास्न थाले । हामी दुई भेट्यो कि त्यही कुरा गथ्र्यौ । उनि रंगिला थिए । विवादास्पद पनि भए । समग्रको चरित्रमा ऊनी हक्की थिए । असली काङ्ग्रेस थिए । समाजसेवी थिए । भावपुर्ण हार्दिक श्रद्धाञ्जली कृष्णदाई। शोकाकुल परिवारप्रति गहिरो समवेदना ।
